बिशेष अनलाइन । महंगो पारिश्रमिक तथा बलिउड कलाकारलाई अभिनय गराउने भनिएपछि चर्चामा आएको चलचित्र ‘एक्स नाइन’मा मोडल नीति शाह चलचित्र ‘एक्स नाइन’मा अनुबन्धित भएकी छन् । चलचित्रका निर्माता तथा निर्देशक मुकुन्द भट्टले शाहसँग लिखित सम्भौता गरेका हुन् । सम्भौता पछि सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्दै निर्देशक भट्टले चलचित्रमा शाह अनुबन्धित भएको पुष्टि गरेका हुन् ।
अभिनेता अनमोल केसीलाई ७० लाख रुपैयाँमा अनुबन्ध गरिएको भनिएको चलचित्र ‘एक्स नाइन’मा अभिनेत्री नीति शाहलाई १० लाख रुपैयाँ पारिश्रमिक दिने सहमति भएको बताइएको छ । चलचित्रको निर्माण घोषण पहिला नै चलचित्रको मुख्य पुरुष पात्रमा अनमोल केसी अनुबन्धित भइसकेका छन् ।
अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’को छायांकन सकिएपछि चलचित्र ‘एक्स नाइन’को छायांकन सुरु हुने निर्माण युनिटले जनाएको छ । चलचित्रको छायांकन क्यानडामा गर्ने तयारी भइरहेको बताइएको छ। चलचित्र ‘एक्स ९’मा अभिनेता अनमोल केसीसँगै अभिनेता सौगात मल्ल,पुष्प खड्का,राज कटुवाल लगायतको पनि अभिनय रहने छ । पहिलो पटक नेपाली दर्शकले अनमोल,पुष्प र सौगातलाई एउटै पर्दामा हेर्दै छन् ।
‘एक्स ९’ उही चलचित्र हो जसमा बलिउड स्टार सुनिल सेट्टीको समेत अभिनय रहने छ । चलचित्र ‘एक्स ९’ मा बलिउड अभिनेता सेट्टीलाई सुरुवातमै अफर गरिएको चर्चा चलेको थियो । तर, अभिनेता सेट्टीले महंगो पारिश्रमिक माग गरेपछि उनको स्थानमा बलिउडकै अर्का स्टार अभिनेता सोनु सुदलाई अफर गरेको खबर समेत बाहिरिएको थियो । अन्तत, निर्माण युनिट चलचित्र ‘एक्स ९’मा मुख्य भिलेनका रुपमा बलिउड अभिनेता सेट्टीलाई नै सम्झौता गर्न सफल भएको थियो ।
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्रका कार्यकारी निर्माता दिनेश भट्ट हुन् । चलचित्रको कथा मुकुन्द भट्ट र किंङ योगीले तयार पारेका हुन्। राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री चलचित्रका निर्माता हुन् ।
Discussion about this post