BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

वोर्ड अध्यक्षको निर्णय अन्तिम चरणमा, भुवन भन्दा अरुण सक्षम ?

विशेष अनलाइन by विशेष अनलाइन
साउन ३, २०७९, २:५७ मध्यान्ह
in FEATURE, चलचित्र
वोर्ड अध्यक्षको निर्णय अन्तिम चरणमा, भुवन भन्दा अरुण सक्षम ?
141
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदको चयनको काम अन्तिम चरणमा पुगेको बताएको छ । मन्त्रालयले १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेसँगै अब छनौट कार्य अन्तिम चरणमा पुगेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै अरुण कुमार प्रधान,भुवन केसी, सम्झना उप्रेती रौनियार सहितका १० उम्मेदवारको सूची सार्बजनिक गरेको हो।

प्रधान,केसी र रौनियार सँगै दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारको रुपमा छन् । अब छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने छ । त्यस पश्चात भने चलचित्र विकास बोर्डले नयाँ अध्यक्ष प्राप्त गर्ने छ । आवेदकमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। तीन जना मध्यबाट पनि मन्त्रिपरिषद्ले एक जनालाई वोर्ड अध्यक्षमा नियुक्त गर्ने छ।

१० जनाले आवेदन दिए पनि वोर्ड अध्यक्षका लागि केसी, प्रधान र रौनियारको प्रतिष्पर्धा देखिएको छ । यिनै तीन मध्यबाट एकजना बोर्ड अध्यक्ष नियुक्त हुनसक्ने सम्भावना धेरै देखिन्छ। केसी प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । उनी नेपाली कांग्रेस प्रवेश गर्दै गर्दा चलचित्र विकास वोर्डको अध्यक्ष पाउनुपर्ने माग राखेर प्रवेश गरेको चर्चा छ । तर, धेरै जसो नेपाली चलचित्रकर्मी नै केसी अवसरवादीका साथै बिवादित व्यक्ति भएका कारण विकास वोर्डको अध्यक्ष बन्न अयोग्य भएको बताउने गरेका छन् ।

यता अर्का प्रतिस्पर्धी प्रधान सञ्चारमन्त्री ज्ञानेद्रबहादुर कार्कीको निर्वाचन क्षेत्रका हुन्। उनी लामो समयदेखि कांग्रेस राजनीतिमा प्रत्यक्ष संलग्न छन्। उनको परिवारै कांग्रेसमा आबद्ध रहेको र निर्वाचनको समयमा प्रधानको समर्थन आवश्यक पर्ने भएकाले कार्की प्रधानलाई नियुक्त गर्नुपर्ने प्रेसरमा छन्। उनलाई बोर्डमा नियुक्त गर्न कार्कीलाई दबाब दिन हरेक दिनजसो कांग्रेसका स्थानीय नेताहरू कहिले घर त कहिले मन्त्रालय पुग्ने गरेका छन्।

काठमाण्डौ भन्दा बाहिर रहेर पनि चलचित्र गतिविधीमा निकै सकृय प्रधानलाई चलचित्र विकास वोर्डको योग्य उमेद्धारकारुपमा हेरिएको छ । अर्की प्रतिस्पर्धी रौनियार प्रकाशमान सिंह निकट हुन्। उनी पनि कांग्रेसको राजनीतिमा प्रत्यक्ष संलग्न छिन्। सिंहले भने प्रधानमन्त्रीलाई भेटेरै वोर्ड अध्यक्ष रौनियारलाई बनाउन माग गरेका छन् ।

भुवन केसी किन अयोग्य ?
वोर्ड अध्यक्षका लागि सुरुवातबाट नै भुवन अयोग्य रहेको चर्चा थियो । उमेर र योग्यता बाधक बन्न सक्ने भन्दै चलचित्र वृत्तमा भुवनको आवेदन अस्वीकृत हुनसक्ने अनुमान गरिएको थियो । तर मन्त्रालयको सूचीमा उनी पनि सामेल भएपछि भुवन पनि प्रतिस्पर्धामा सामेल भने भएका छन् । तर नेपाली कांग्रेस निकटकै केही नेता तथा चलचित्रकर्मीहरुले भुवन वोर्ड अध्यक्ष हुन योग्य नभएको बताउदै आएका छन् । पटक पटक बिवादमा परेका कारण पनि विवादित व्यक्ति वोर्ड अध्यक्ष बन्दा त्यसको प्रत्यक्ष प्रभाव चलचित्र क्षेत्रमा पर्नसक्ने धेरैको बुझाइ छ ।

भुवन एक समय बुटिक सञ्चालन गर्ने एक विवाहित युवतीको प्रेममा थिए। ती युवती र भुवन सार्वजनिक कार्यक्रममा धेरैजसो सँगै देखिन्थे। उनीहरूको प्रेम चर्चाले चलचित्र नगरी एकताका निकै तातिएको थियो । तिनै युवतीसँग गाडी चढेर नगरकोट डेटिङ हिँडेका भुवनलाई कोटेश्वरमा ती युवतीका श्रीमानले हेलमेटले कुटेको खबर सार्वजनिक भएको थियो।

भुवनकी पहिलो श्रीमती विजया केसी एक छोरा र एक छोरीका साथ अमेरिकामा बस्छिन्। सुस्मितासँग भुवनले प्रेम विवाह गरेका थिए । सुस्मिता भुवनकी दोस्रो श्रीमती हुन् । करिब १० वर्षपछि दुवै कानूनी रूपमा अलग भए । अभिनेता अनमोल केसी उनै सुस्मिताका छोरा हुन् ।

पछि भुवन अभिनेत्री जिया केसी सँग जोडिए । उनीहरूले आफ्नो सम्बन्ध सार्वजनिक रूपमा खुलाएनन् । तर सार्वजनिक कार्यक्रममा धेरैजसो सँगै देखिन थाले । पछि यी दुवै लिभ इन रिलेशनसिपमा रहेको सार्वजनिक भयो । हाल पनि भुवन र जिया साथै रहदै आएका छन् ।

कोरोनाकालमा साम्राज्ञीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गर्दै नेपाली चलचित्र उद्योगमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको सार्वजनिक गरेकी थिइन्। उक्त ब्यानर मध्य एक भुवन केसीको रहेको उनले पछि सार्वजनिक गरेकी थिइन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहाले जापानमा भएको अवार्ड कार्यक्रममा भुवन आफूसँग टाँसिन आएको पनि आरोप लगाइन् । त्यसपछि केसी मानहानि भयो भन्दै काठमाडौं जिल्ला अदालत गएका थिए। अदालतमा मेलमिलापको प्रयास नभएको हैन, तर मेलमिलाप नभएपछि यो मुद्दा चलिरहेको छउक्त मुद्दा हालसम्म पनि टुङ्गो लागिसकेको छैन।

करिव २ बर्ष अघि क्यानाडाबाट सामाजिक सञ्जालको स्कृनशट शेयर गर्दै एक महिलाले भुवनको विरुद्ध मि टु अभियान चलाईन्। फेसबुक भिडियो मै आफैले बोलेर केसीको बदनियत र दुर्व्यवहार बारे खुलेरै बिरोध गरेकी थिइन् । उक्त कुराले पनि एक पटक चलचित्र नगरी निकै तताएको थियो ।

अरुण प्रधान कति योग्य ?
बाल्यकाल देखि नै अभिनय तथा चलचित्र क्षेत्रमा रुचि राख्ने प्रधानको कला यात्राको सुरुवात नाटकबाट भएको थियो । प्रधानले वि सं २०४६ सालमा नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तिको दिन सडक नाटक अध्यारोको आवाज निर्देशन तथा अभिनय गर्दै कला यात्राको सुरुवात गरेका थिए ।

स्टेज नाटक, बृत्तचित्र, म्युजिक भिडियो, टेलिचलचित्रहुँदै ठूलोपर्दाको चलचित्रसम्मको यात्रा तय गरेको। निर्माणसंगै अभिनय, लेखन, निर्देशनमा उनको राम्रो अनुभव छ ।उनले महानायक राजेश हमालको श्रीमती मधु भट्टराईलाई पहिलो पटक म्युजिक भिडियोमा मोडलको रुपमा डेब्यु गराएका थिए । २०५३ सालमा नेपालमै पहिलो पल्ट ‘पुर्वान्चल क्षेत्रीय नाटक महोत्सव’ गरेका थिए ।

सुनसरी जिल्लाको इनरुवामा स्थाइ घर भइ हाल धरानमा बसोवास गर्दै आएका प्रधानले काठमाण्डौ भन्दा बाहिर रहेर पनि नेपाली चलचित्रको विकासमा महत्वपूर्ण योगदान दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका छन् । २ पटक चलचित्र विकास बोर्डको सदस्य बनिसकेका प्रधान चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत हुन् । प्रधानले यतिबेला महासंघको दोश्रो कार्यकालको नेतृत्व सम्हालीरहेका छन् ।

बिभिन्न प्राकृतिक प्रकोपका कारण समस्यामा परेका चलचित्रकर्मीलाई उनकै नेतृत्वमा खाद्यान्न तथा लत्ता कपडाहरु वितरण गरिएका प्रसस्तै उदाहरणहरु छन् । प्रधानले दर्जन भन्दा धेरै चलचित्रसँग सम्बन्धित संघसस्थाहरुको अभिभावकत्व ग्रहण गर्दै आएका छन् । यसैले पनि प्रधान अहिले प्रदेश १ का चलचित्रकर्मीहरुको अभिभावकको रुपमा उदाएका छन् ।

Previous Post

घर घर “प्रेम गीत ३”को प्रचार

Next Post

अनमोलको जोडी बन्दै नीति

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
अनमोलको जोडी बन्दै नीति

अनमोलको जोडी बन्दै नीति

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।