बिशेष अनलाइन । सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा तोडफोड भएको छ। भारतिय कलाकार खेसारी लाल यादव आउने व्यापक प्रचार प्रसार पछि अन्तत उनी नआउने भएपछि आक्रोशित बनेका दर्शकले स्टेज तथा सावारी साधनमा आगजनी गरेका हुन् ।
आयोजकले आज माघ ४ गते अन्तिम दिन कलाकार यादव आउने भन्दै प्रचारप्रसार गरेको थियो । यादवको प्रस्तुति हेर्न दर्शक बिहानै देखि पर्खाइमा रहेका थिए । तर, अन्तत उनी नआए पछि यादवको पर्खाइमा रहेका दर्शक आक्रोशित बनेका थिए । आयोजकले झुटो प्रचारप्रसार गरी कार्यक्रमको टिकट विक्री गरेर ठगि गरेको भन्दै महोत्सवमा तोडफोड भएको हो। बर्जु गाउँपालिका ६ चिमडीमा रहेको बर्जु ताल परिसरमा पुस २३ गते बाट महोत्सवमा सुरु भएको थियो ।
बढ्दो कोरोनाको तेस्रो लहरका कारण सुनसरी प्रशासनले पुस २७ गते बाट महोत्सवमा रोक लगाएको भए पनि सुनसरी प्रशासनको नियमलाई अटेर गर्दे सामाजिक विकास केन्द्रको अगुवामा महोत्सव जारी नै रहेको थियो। यादवलाई हेर्न आज विहानै देखि सर्वसाधारणको भिड लागेको भए पनि अन्तिम समयमा उनी नआउने आयोजकले जानकारी गराएको थियो।
कलाकार यादवको प्रस्तुति हेर्न नपाएपछि दर्शकहरु आक्रोशित बन्दै स्टेजका साथै ४ वटा स्कारपियोमा समेत आगो लगाएका छन् । ४ वटै स्कारपियो भारतिय भएको बताइएको छ । कार्यक्रम हेर्नकालागि सुनसरीका विभिन्न स्थानबाट सर्वसाधारणहरुको भिड लागेको थियो । विहान करिब ११ बजे देखि नै यादवको कार्यक्रम हेर्न टिकट काटेर कुरिरहेका सर्वसाधारण ४ बजे सम्म पनि उनको प्रस्तुति हेर्न नपाउदा आक्रोशित बनेका थिए ।
Discussion about this post