BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगितामा नेपाल चलचित्रकर्मी महासंघका ६ चलचित्र उत्कृष्ट २० मा

विशेष अनलाइन by विशेष अनलाइन
माघ ५, २०७८, १२:३८ मध्यान्ह
in FEATURE, चलचित्र
जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगितामा नेपाल चलचित्रकर्मी महासंघका ६ चलचित्र उत्कृष्ट २० मा
104
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाल चलचित्र निर्देशक समाजको आयोजनामा जातीय विभेदविरुद्धको लघु चलचित्र निर्माण प्रतियोगितामा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का ६ लघु चलचित्र अन्तिम २० मा छनौट भएका छन् ।

अन्तिम २० मा पर्न सफल ६ लघु चलचित्र अन्तर्गत नेपाल चलचित्रकर्मी महासंघको प्रस्तुति तथा उपाध्यक्ष प्रकाश सुब्बाको निर्देशनमा निर्माण भएको “देउतालाई नचढने फुल“, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ सदस्य तथा निर्देशक समाज प्रदेश १ का सचिव बिनोद पुडासैनीको निर्देशनमा निर्माण भएको “भगवान सबैको”, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ सदस्य नगेन्द्र राई को निर्देशनमा निर्माण भएको “हि इज माइ गड”, रहेका छन् ।

यस्तै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का सदस्य तथा निर्देशक समाज प्रदेश १ का कोषाध्यक्ष राजु चौधरी को निर्देशनमा निर्माण भएको “आइ एम नट ह्युमन”, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ कार्यसमिति सदस्य तथा मैथिली चलचित्रकर्मी संघ अध्यक्ष सन्तोष सरकारको निर्देशनमा निर्माण भएको “फु”,नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का सदस्य केशव जीको लेखन तथा रोहित खनालको निर्देशनमा निर्माण भएको “चेत”, अन्तिम २० मा पर्न सफल लघु चलचित्रहरु हुन् ।

नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँगको सहकार्यमा जातीय विभेदविरुद्ध लघु चलचित्र निर्माण प्रतियोगिता आयोजना गरेको थियो । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनलाई कलात्मक शैलिमा प्रस्तुत गर्ने उद्देश्य सहित २० लघु चलचित्रलाई प्रारम्भिक चरणमा छनौट गरेको हो ।

निर्देशक समाज र युनडीपीले ३ मिनेट भित्रमा जातिय बिभेद समेटिएका कथा प्रस्तुत गर्नुपर्ने नियम सहित सूचना प्रकाशित गरिएको थियो । कानुन न्याय,तथा संसदीय व्यवस्था मन्त्रालयका सह सचिव फणिन्द्र गौतम, वरिष्ठ कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले प्राप्त लघु चलचित्रबाट उत्कृष्ट २० चलचित्र छनौट गरेका हुन् । चलचित्र निर्देशक समाजका महासचिव पराजुलीका अनुसार प्राप्त ५६ लघु चलचित्रहरुबाट उत्कृष्ट २० छनौट गरिएको हो ।

उत्कृष्ट २० मा छनौट हुन सफल अन्य लघु चलचित्रहरुमा वाशिष्ठ प्रधानको ‘दि बास्केट’, सुरेन्द्र प्रजापतिको ‘शून्य’, सुदन सिंह ठकुरीको ‘सेम’, सराना श्रेष्ठको ‘सामना’, बालकृष्ण बंशीको ‘पुमावाङगु म्हगास’, हाफटाइम क्रिएसनको ‘पीडा’, रनधीर श्रेष्ठको ‘परी’, राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’, अतीन श्रेष्ठको ‘म स्वयं नेपाली’ साफुको ‘म म नै हुँ’ आशिष शर्मा पंगेनीको ‘क ख ग घ’,मेरियन राजभण्डारीको ‘गंगा’ प्रतीक सिंहको ‘ब्याटल अगेन्स्ट डिस्क्रिमिनेसन’, शर्मा क्रिएसनको ‘अछोप’,रहेका छन् ।

उत्कृष्ट २० मा पर्न सफल लघु चलचित्रहरुलाई अपलोड गरिएको मितिले दुइ हप्तासम्म दर्शकको अवलोकनका लागि सामाजिक सञ्जालमा राखिएको छ । चलचित्रले पाउने भ्युज तथा प्रतिक्रिया एवम् निर्णायकको निर्णयका आधारमा विजेता चलचित्रको घोषणा गरिने आयोजकले जानकारी दिएको छ । दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत राखिएको छ भने ५० प्रतिशत निर्णयमा निर्णायकको भुमिका रहने छ । प्रतियोगितामा पहिलो हुने लघु चलचित्रले नगद २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

Previous Post

कलाकार नआए पछि दर्शकले जलाए स्कारपियो,स्टेजमा समेत आगजनी

Next Post

कीर्तिमानी गीतकार डा. धर्मराज उपाध्यायलाई कोरोना संक्रमण पुष्टि

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
कीर्तिमानी गीतकार डा. धर्मराज उपाध्यायलाई कोरोना संक्रमण पुष्टि

कीर्तिमानी गीतकार डा. धर्मराज उपाध्यायलाई कोरोना संक्रमण पुष्टि

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।