BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कलाकारको दशैं

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २८, २०७८, १२:४० मध्यान्ह
in FEATURE, अन्य
कलाकारको दशैं
78
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली हिन्दुहरुको ठुलो पर्व बिजय दशमी सबैको घर घरकमा भित्रिसकेको छ । बिशेष कोरोनाको त्रास पूर्णरुपमा नसकिए पनि २०७७ सालको दशैं भन्दा यस वर्षको दशैमा केही हर्षोल्लास देखिएको छ । आफ्नो कर्म गर्नका लागि घर भन्दा टाढा रहेका ब्यक्तित्वहरु आफ्नो परिवारका साथ चाड मनाउनका लागि आफ्नो घर फर्किने गरेका छन् । यसैबिच नेपाली कलाकारहरुले पनि आ आफ्नै शैलिमा दशै मान्ने तयारी गरेका छन् ।

प्रमोद खरेल (गायक)
गायक प्रमोद खरेल दशैं मनाउनाका लागि आफ्नो गृहजिल्ला झापा आइसकेका छन् । उनी यसवर्षको दशैं आफ्नो परिवारका साथ झापामा नै मनाउदै छन् । कुनै बिषेश परिस्थति भन्दा बाहेक उनी दशैं मनाउन प्रत्यक वर्ष झापा आउने गर्छन् । कोरोनाका त्रास हुदैगर्दा पनि काठमाण्डौ,कैलाली, चितवन लगायतका केही स्थानमा दशैं विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिएर उनी सोमबार झापा आएका हुन् ।

परिवारका साथ रमाइलो गरेर दशैं मनाउने मुडमा छन् प्रमोद । परिवारसँग दशैं मनाउने इच्छाले देश बाहिरबाट कार्यक्रमका लागि आएको अफर अस्वीकार गरेर झापा फर्किएको प्रमोदले बताएका छन् ।

जितु नेपाल (हास्य कलाकार)
हास्य कलाकार जितु नेपालले दशैंको खास योजना बनाएका छैनन् । घर परिवारको सागमै रहेर दशैं मनाउने जितुको योजना रहेको छ । यस वर्ष कार्यक्रम पनि त्यति धेरै भएको छैन । त्यसैले पहिला जस्तो व्यस्तता पनि नभएको जितुको भनाइ छ । घरमा बुढी आमा हुनुहुनछ । आमा साथै दाजु भाउजुको हातको टीका थाप्ने, आफ्ना छोराछोरीलाई टिका लागाइदिने र ससुरालीमा सासुआमा र बाहिर केही आफन्त, साथीभाइका बुबाआमाको हातबाट टीका थाप्ने जितु नेपालको योजना छ।

दशैंमा बिशेष पिङ खेल्न जितुलाई अत्यन्तै मन पर्छ । त्यसैले कतै गएर भए पनि पिङ खेल्ने जितुको योजना रहेको छ । सधै काममा व्यस्त हुदा परिवारलाई पर्याप्त समय दिन नसकिएको भन्दै जितुले दशैलाई परिवारको साथ मै रहेर रमाइलो गर्ने, खानपानमा रमाउने लगायतका योजनाहरु बनाएका छन् । जितुले आफ्नो गच्छे अनुसार दशै मनाउन, स्वस्थ र सर्तक रहन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

रचना रिमाल ( गायिका)
गायिका रचना रिमाल पनि आफ्ना परिवारका साथमा रहेर दशैंै मनाउनका लागि झापा स्थित आफ्नो घर फर्किसकेकी छन् । बिभिन्न स्टेज कार्यक्रममा निकै ब्यस्त रहेकी रचना कार्यक्रमकै दौरान झापा आएकी थिइन् । सोही मौकामा उनी परिवारका साथमा रमाइलो गर्ने योजनामा रहेकी छन् ।

पछिल्लो समय युवापुस्तामा लोकप्रिय बनेकी गायिका रिमाल दशै लगत्तै काठमाण्डौ फर्किने बताउछिन् । बिभिन्न गित रेकर्ड तथा केही स्टेज कार्यक्रमहरुको अफरलाई थाँति राख्दै आफ्नो परिवारका साथ दशैं मनाउन उनी झापा आएकी हुन् । बुवा आमाको हातबाट टिका थापेर पिङ खेल्ने र रमाइलो गर्ने उनको योजना रहेको छ ।

स्वस्तिमा खड्का (अभिनेत्री)
अभिनेत्री स्वस्तिमा खड्कालाई यसवर्ष दशैं को खासै फिल आएको छैन । उनको आफन्त बितेका कारण यसवर्ष अभिनेत्री स्वस्तिमा खड्काले दशैं मनाउँने कुनै योजना बनाएकी छैनन् । स्वस्तिमालाई दशैंको सबै भन्दा महत्व लाग्ने र मन पर्ने पक्ष भनेको नै रातो टिका लगाउने हो । तर, टीका नभएका कारण यसवर्ष धेरै उत्साह नरहेको स्वस्तिमा बताउछिन् ।

दशैं मा यस्तो गरौला भन्ने योजना बनाएको छैन । तर, अन्य समयमा सबै आफ्नै काममा व्यस्त भइन्छ । त्यसैले दशैं को मौकामा घर परिवारसँगै बसेर दशैं बिताउँने, एक अर्कालाई समय दिने योजना बनाएको स्वस्तिमाले सुनाइन् ।

आँचल शर्मा (अभिनेत्री)
अभिनेत्री आँचल शर्मालाई पनि यस वर्ष स्वस्तिमा खड्कालाई जस्तै भएको छ । यस वर्ष खासै हर्ष नभएको उनी बताउछिन् । आफन्त बितेका कारण जुठो बारिरहेको उनी बताउछिन् । आँचल शर्मालाई दशैं भने मन पर्ने पर्वहरु मध्यको एक हो । बिशेषगरी बर्ष दिनमा एकपटक आउने भएका कारण पनि यस्को छुट्टै महत्व रहेको उनी बताउछिन् ।

हुन त चाडवाड सबै वर्ष दिनमा एक पटक नै आउछन् । तर, दशैं के महत्व बिशेष हुन्छ । यस चाडमा धेरै टाढाबाट पनि आफ्ना परिवारका साथ मनाउन भनेर घर फर्किन भएका कारण पनि आँचल दशैलाई बिशेष मान्छिन् । अभिनेत्री शर्माले आफ्नो आर्थिक अवस्थालाई मध्यनजर गरेर मात्र सोही अनुसारको दशैं मनाउन र आफुसँग जे जस्तो छ त्यसैमा सनतुष्ट भएर दशै मान्न आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेकी छन् । ।

Tags: कलाकारको दशैं
Previous Post

अनमोलकी नयाँ हिरोइन् बन्दैछिन् आग्या ?

Next Post

नेपाली चलचित्र ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीले काम गर्ने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
नेपाली चलचित्र ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीले काम गर्ने

नेपाली चलचित्र ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीले काम गर्ने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।