BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अभिनेत्री मानन्धरको पिएचडी गर्ने अठोट

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २०, २०७८, ३:५५ मध्यान्ह
in FEATURE, चलचित्र
karishma manandhar
76
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । भनिन्छ, मानिसले सच्चा मनले चाहेर कुनै पनि कार्यमा लाग्ने हो भने असम्भव छैन । यसको एउटा गतिलो उदाहरण हुन् अभिनेत्री करिष्मा मानन्धर । अभिनेत्री मानन्धरले र्भखरै कक्षा १२ को परिक्षा सकाएकी छन् । किलेज लाग्दा छोरी समानका सहेलीहरुसँग नियमित कलेज जाने अभिनेत्री मानन्धरले कलेज बिदा हुदा घरमै बसेर परिक्षाको तयारी गरेकी थिइन् ।

‘सदाबहार नायिका’ को रुपमा अभिनेत्री मानन्धरले लामो समय नेपाली चलचित्र नगरीमा एकछत्र राज गरिन् । १४ वर्षको उमेरबाट नै चलचित्र नगरीको यात्रा थालेकी अभिनेत्री मानन्धरको पहिलो चलचित्र ‘सन्तान’ हो । चलचित्र ‘सन्तान’मा अभिनेत्री मानन्धरले बालकलाकारका रुपमा अभिनय गरेकी थिइन् । चलचित्र ‘सन्तान’मा अभिनय गर्नु भन्दा पहिले उनको नाम बुनु केसी थयो । हिरोनी बन्नका लागि बुनु नाम नसुहाउने भन्दै उनकी छिमेकी दिदी अञ्जली श्रेष्ठले उनको नाम करिष्मा राखिदिएकी थिइन् ।

‘सन्तान’मा अभिनय गरेपछि बिस्तारै उनलाई चलचित्र नगरीले मोहनी लगाउन थाल्यो । धेरैले उनको अभिनयको तारिफ गर्न थाले । उनलाई अध्ययन भन्दा अभिनय नै प्यारो लाग्न थाल्यो । उनी भन्छिन् ‘त्यसबेला धेरैले मेरो अभिनयको प्रशंसा गरेकै कारण मैले आफ्नो भविश्य चलचित्र नगरीमा नै देख्न थालेकी थिएँ ।’ उनी कक्षा ७ मा अध्ययन गर्दै गर्दा पढाइलाई बिट मार्दै चलचित्र नगरीमा होमिएकी थिइन् । पछि चलचित्र ‘कस्तुरी’मा अभिनय गरेपछि करिष्मा निर्माता बिनोद मानन्धरसँग बिवाह बन्धनमा बाधिएकी थिइन् । बिनोद त्यस समयका नाम चलेका निर्माता थिए । उनी चलचित्र ‘कस्तुरी’निर्माण गर्ने निर्माताहरु मध्यकै एक निर्माता थिए ।

karishma manandhar

करिष्मा केसी नामले चिनिदै गरेकी अभिनेत्री करिष्माले बिवाह पछि आफुलाई श्रीमानकै थरबाट चिनाउन थालिन् । उनलाई बिवाह फाप्यो, अन्तत उनी त्यसताका निर्माण हुने नेपाली चलचित्रहरुमा एकछत्र राज गर्न थालिन् । बिस्तारै उनी चलचित्र निर्माणमा पनि लागेकी थिइन् । उनले त्यसताका नै झण्डै ७५ लाखको लगानीमा चलचित्र ‘बाबु साहेब’ निर्माण गरेकी थिइन् । तर, जसरी अभिनेत्रीका रुपमा उनलाई दर्शकले रुचाएका थिए, त्यसरी उनले निर्माण गरेको चलचित्रलाई भने रुचाएनन् ।

ब्यावसायिक रुपमा चलचित्र ‘बाबु साहेब’असफल बन्न पुग्यो । आफुले निर्माण गरेको चलचित्र असफल बनेपछि निराश बनेकी अभिनेत्री मानन्धर अन्तत सबै कुरालाई पाखा लागाउदै अमेरिका तिर लागिन् । उनी भन्छिन्, ‘कहिलेकाही समयले मानिसलाई चलाउदो रहेछ । त्यसबेलाको समयले मलाई अमेरिका जा भनेको भएर होला, सायद म नेपाली चलचित्र नगरीबाट अलग भएर अमेरिका गएको ।’

उनी नेपाली चलचित्र नगरीबाट अलग भएर अमेरिका गए पनि बेलाबेलामा उनलाई एउटै कुरा बारम्बार खट्कीने गथ्र्यो । जब कलाकारहरुको अध्ययनको कुरा मिडियामा आथ्यो उनी निराश हुने गर्थिन् । ‘जब मिडियमा कलाकारको पढाइको विषयमा समाचार आएको देख्थेँ, कसैले आफ्नो टाउकोमा घनले हानेको जस्तो महशुस हुन्थ्यो’ अभिनेत्री मानन्धरले भनिन् । करिब १४ वर्षको अमेरिकाको बसाइ अन्त्य गर्दै नेपाल फर्किएकी अभिनेत्री मानन्धर पुनः चलचित्र निर्माणमा नै लागेकी थिइन् । उनले अमेरिकाबाट फर्किएर चलचित्र ‘फागु’निर्माण गरिन् । तर, त्यो पनि व्यावसायिक रुपमा असफल बन्न पुग्यो ।

karishma manandhar

लामो समय पछि निर्माण गरेको चलचित्रले पनि आफुलाई साथ नदिएपछि अभिनेत्री मानन्धर राजनिति तर्फ आकर्सित भइन् । त्यसपछि उनी डाक्टर बाबुराम भट्टराईको तत्कालिन् पार्टी ‘नयाँ शक्ति’ मार्फत राजनीतिमा होमिएकी थिइन् । कलाकारिता र राजनिति दुबैलाई अघि बढाउदै गर्दा उनी ‘नयाँ शक्ति’ की केद्रिय सदस्य बनेकी थिइन् । राजनितिमा राम्रो अनुभव नहुदै पार्टीले आफुलाई महत्वपुर्ण जिम्मेवारी दिदा निकै उत्साहित भएकी थिइन् करिष्मा ।

‘नयाँ शक्ति’ पार्टीको एक कार्यक्रममा एक पिएचडी होल्डर महिला नेताले आफुलाई पाढाइकै कुरा निकालेर होच्याएको करिष्मा बताउछिन् । उनी भन्छिन् ‘ति महिलाले म प्रति लक्षित गर्दै ‘हाम्रा पार्टीमा नपढेका बेकामे कलाकार पनि छन्’ भनेर टिप्पणी गरेकी थिइन् । उनको त्यो कुराले मेरो मन दुख्यो । मैले त्यतिबेलै उनलाई जवाफ दिदै मैले चाहेँ भने तपाईले जस्तै पीएचडी गर्न सक्छु तर, तपाईंले मैले जस्तो नाम कमाउन सक्नुहुन्न, भनेकी थिएँ ।’

तिनै महिलाको भनाइ र डाक्टर बाबुराम भट्टराईको प्रेरणाका कारण आफुले अध्ययन सुरु गरेको अभिनेत्री मानन्धरको भनाई छ । मानन्धरले कक्षा ८ बाट नै अध्ययन सुरु गरेकी थिइन् । उनले काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलबाट अध्ययन सुरु गरेकी थिइन् । त्यस समय उनी सातामा पाँच दिन स्कुल जान्थिन् भने दुई दिन पार्टीको काममा सकृय हुने गर्थिन् । अभिनेत्री मानन्धर सोही स्कुलबाट २०७५ सालको एसइइमा बी प्लस ग्रेडमा उत्तीर्ण भएकी थिइन् ।

karishma manandhar

एसइइ उत्तिर्ण भएपछि उनी ललितपुरको गोदावारीमा रहेको किटनी कलेजमा कक्षा ११ मा अध्ययन गर्न थालिन् । बिध्यालय जादाका सुरुवाती दिन सम्झिदै करिष्मा भन्छिन् ‘सुरुसुरुमा आफ्नो छोरी भन्दा साना भाइबैनीहरुसँगै बसेर अध्ययन गर्न निकै सकस हुने गथ्र्यो । तर, दैनिक बिध्यालय जान थालेपछि भने बिस्तारै सहज महशुष हुन थाल्यो । साना भाइबैनीहरु पनि बिस्तारै आफुसँग नजिक भएपछि थप सहज महशुष हुृन थाल्यो ।’ कलेजमा भने त्यस्तो असहज केही पनि नभएको करिष्मा बताउछिन् ।

करिष्मा खाली समयमा बिभिन्न पुष्तक अध्ययन गरेर समय व्यतित गर्ने गर्छिन् । करिष्मा भन्छिन् ‘मलाई प्रेमकथा साथै कसैको सफल जीवनी पढ्न मन पर्छ । जीवनीमा एउटा मान्छेको संघर्ष सँगै उस्को इतिहास र उ बाँचेको समाजको चित्र बुझ्न पाइन्छ ।’ अभिनेत्री मानन्धरले अबको बाँकी समय अध्ययनमा नै ब्यतित गर्ने सोच बनाएकी छन् । ‘भोलीको दिन के हुन्छ कसैले देखेको छैन । तर, मेरो उद्देश्य अबको बाँकी जिवन अध्ययनमा लगाउनु नै हो । र मैले पीएचडी गर्ने योजना बनाएकी छु ।’

अध्ययनकै क्रममा राजनितिबाट अलग भएकी अभिनेत्री मानन्धर हाल मुन्द्रेको कमेडी क्लबमा अध्यक्षको भुमिकामा प्रस्तुत हुदै आएकी छन् । अभिनेत्री मानन्धर समाजसेवामा समेत उत्तिकै सक्रिय छिन् ।

 

Tags: करिष्मा मानन्धर
Previous Post

हिन्दी चलचित्रको मुख हेर्दै नेपाली निर्माता, चलचित्र प्रदर्शन अनिश्चित

Next Post

लघुचलचित्र ‘छोरी’को ट्रेलर सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
chhori

लघुचलचित्र ‘छोरी’को ट्रेलर सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।