बिशेष अनलाइन । कुनैबेला दशैताका तछाड मछाड हुने चलचित्र बजार यतिबेला निकै शान्त देखिएको छ । बिशेषगरी दशै आउदै गर्दा दीपक दीपाको चलचित्र हेर्ने नेपाली दर्शकलाई बानी नै परिसकेको थियो । तर, कोरोना भाइरस सरु भए यता कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन् । सधै दशैमा चलचित्र प्रदशैन गर्ने दीपक दीपका टिमले त अहिले सम्म चलचित्र निर्माणको तयारी सम्म पनि गरेको देखिदैन ।
धेरैले नेपाली चलचित्र नगरीलाई पुरानै लयमा फर्काउनका लागि ठुला र सफल ब्यानरका चलचित्रहरु प्रदर्शनमा ल्याउनुपर्ने धारणा राख्दै आएका छन् । चलचित्र बिकास बोर्डले सुरुवातमा प्रदर्शनमा आउने चलचित्रहरुलाई हौसला प्रदान गर्दे ७ लाख नगद दिने घोषणा गरिसकेको छ । तरपनि ठुला ब्यानरका चलचित्रहरु यस अवस्थामा प्रदर्शनमा आउन तयार देखिएका छैनन् । करोडौको लगानीमा निर्माण भएका चलचित्र ७ लाख पुरस्कार पाउने लोभमा कसरी जुवा खेल्न सकिन्छ ? एक निर्माताले नाम नखुलाउने सर्तमा बिशेष अनलाइनसँग भने ।
दशैलाई मध्यनजर गर्दै असोज २१ गते घटस्थापनाका दिन देखि चलचित्र हल सञ्चालनमा ल्याउने निर्णय भइसकेको छ । तर, कुन चलचित्र प्रदर्शनका लागि तयार हुन्छ अहिले सम्म यकिन हुन सकेको छैन । मंगलवार चलचित्र विकास बोर्डले एक पत्रकार सम्मेलनको आयोजना गर्दै हल खुल्ने र सुरुमा प्रदर्शन हुने नेपाली चलचित्रलाई बोर्डले दिने राहतको जानकारी गराएको गाराइएको थियो ।
ए मेरो हजुर ४, प्रेमगीत ३, म यस्तो गित गाउछु २ लगायतका केही ठुला ब्यानरका चलचित्रहरु निर्माण सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न भएर पनि चलचित्र प्रदर्शनका लागि भने निर्माण युनिट हालकै अवस्थामा तयार देखिएका छैनन् । उनीहरु भने हिन्दी चलचित्रको मुख ताकिरहेको देखिन्छ । नेपाली चलचित्र हलहरुमा हिन्दी चलचित्र प्रदर्शनमा आए दर्शक हलमा आउन थाल्ने र बिस्तारै चलचित्र प्रदर्शनमा ल्याउने उनीहरुको भित्री आसय छ ।
Discussion about this post