बिशेष अनलाइन । खुल्लम खुल्ला प्यारमा रमाएको जोडी हो अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको जोडी । नेपाली चलचित्र नगरीमा यो जोडीलाई सालिन जोडीकारुपमा चित्रण गर्ने गरिएको छ । पछिल्लो समय बिभिन्न सञ्चारमाध्यममा आएका खवरहरुलाई सत्य मन्ने हो भने उनीहरु हाल लिभिङ टुगेदरमा रहेका छन् । सुरुवातमा यो जोडीले पनि आफ्नो प्रेम लुकाउन नखोजेको भने हैन । तर, उनीहरु यो प्रसंगमा असफल रहे, या भनौँ उनीहरु प्रेममा रहेको दर्शकले थाहा पाइहाले ।
तर हाल भने उनीहरु सामाजिक संजाल मार्फत एक अर्काप्रतिको प्रेम बिभिन्न माध्यमले बाहिर ल्याउने गर्दछन् । उनीहरु अब बिवाहको तयारीमा रहेको बताइन्छ । हुन त केही समय अगाडि नै यो जोडीले विवाह गर्ने तयारीमा नगरेको हैन । तर, कोरोना भाइरसका कारण जारी लकडाउनका कारण उक्त योजनालाई पछि सारिएको बताइन्छ । अब लकडाउन खुकुलो हुदै गएपछि यो जोडी विवाहको तयारीमा जुटेको बताइएको छ।
अभिनेता सौगातले पनि यो वर्ष विवाह गर्ने योजना रहेको पुष्टि गरेका छन् । चलचित्र नगरी अभिनेता सौगत र अभिनेत्री सृष्टि दुबैका लागि सोचे जस्तो सफल भने बन्न सकेको छैन । अभिनेता सौगतको अभिनय रहेको चलचित्र लुट पछि अन्य चलचित्रहरुले सोचेजस्तो व्यापार गर्न सकेको छैन भने यता अभिनेत्री सृष्टिको पहिलो चलचित्र गाजलु पछि अन्य चलचित्रहरुले दर्शकको मन जित्न सकेको छैन । तर दुबैको अभिनयको भने तारिफ हुने गरेको छ ।
पछिल्लो समय अभिनेता सौगात अभिनयको सँगै चलचित्र निर्माणमा पनि सक्रिय छन् । सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘सेक्रेट्स अफ राधा’मा उनको समेत लगानी रहेको छ ।
Discussion about this post