BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कलाकारको गाडी मोह, खरिदमा बनेन लकडाउन बाधक

विशेष अनलाइन by विशेष अनलाइन
साउन ५, २०७८, १०:५० बिहान
in FEATURE, अन्य
कलाकारको गाडी मोह, खरिदमा बनेन लकडाउन बाधक
302
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली चलचित्र नगरी ठप्प छ । चलचित्र नगरीलाई पुन पुरानै अवस्थामा फर्काउन सहज नभएको चलचित्र पण्डितहरु बताउछन् । कतिपय कलाकारहरु त कलाकारिता क्षेत्रबाट नै लाखापाखा लाग्न थालिसकेका छन् । चलचित्र कहिलेबाट प्रदर्शन हुन्छ यसै भन्न सक्ने अवस्था छैन । धेरै चलचित्र भवनहरु कहिल्यै नखुल्ने गरी बन्द भइसकेका छन् ।

केही कलाकारहरु यो विसम परिस्थितिमा पनि आफुलाई व्यस्त राख्न सफल भएका छन् । यसको ज्वलन्तउदाहरण हो पछिल्लो समय प्राय सेलिब्रेटी आफ्नै कारमा गुड्ने गरेका छन् ।

केही कलाकारहरुले त लकडाउनकै समयमा गाडी किन्न सफल भएका छन् । यसले गर्दा पनि उनीहरुको आम्दानीको स्रोत चलचित्र क्षेत्र वा कलाकारिता क्षेत्र मात्रैे हैन भन्ने उदाहरण प्रस्तुत भएको छ ।

pushpa khadka

केही दिन अघिमात्र अभिनेता पुष्प खड्काले नयाँ गाडी गरिद गरेका छन् । अभिनेता खड्काले ७० लाख खर्च गरेर सेतो रंगको क्रेटा गाडी खरिद गरेका छन् । पुष्पले यसै क्षेत्रमा काम गरेर कैलालीमा घर समेत बनाइसकेका छन् । पछिल्लो समय नेपाली दर्शकको रोजाइमा पर्दै गएका कलाकार खड्का निकै संघर्ष पछिको सफलता भएको बताउछन् । उनले अभिनय गरेका ‘तिम्रो मेरो साथ, मनसँग मन, कृष्णलीला’ छायांकन भइसकेका छन् ।

अन्य केही चलचित्रहरुमा पनि उनलै लिखित सम्झौता गरिसकेका छन् । केही चलचित्रहरुमा मौखिक कुराकानी भइरहेको पुष्प बताउछन् । मैले कार किन्नुलाई सफलता मनेको छैन । यसले थप संघर्ष थपिएको छ । अभिनेता पुष्पले भनेका छन् ।

swostima khadka

केही समय अगाडी अभिनेत्री स्वस्तिमा खड्काले पनि गाडी किनेर सार्वजनिक गरेकी थिइन् । कोरोना महामारीका कारण अधिकांश कलाकार काम बिहिन बनेका बेला अभिनेत्री खड्काले भने कार किनेकी थिइन् । उनले आफुले किनेको रातो कलरको कारसगै खिचिएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

आफुमा मेहेनतको भुत भए बिसम् परिस्थितिले समेत फरक नपार्ने उदाहरण अभिनेत्री खड्काले प्रस्तुत गरेकी थिइन् । कार किनेपछि आफु अत्यन्तै हर्षित भएको उल्लेख गर्दै उनले कारलाई कडा मेहेनत पछिको सफलता बताएकी थिइन् ।

prakash saput

केही समय अघिमात्र आफ्नै गाडीमा सवार गर्न थालेका अर्का कलाकार हुन् गायक प्रकाश सपुत । प्रकाशले केही समय अघिमात्र हुन्डाइ कम्पनीको नयाँ कार किनेका थिए । सेतो रंगको ‘क्रेटा’ कार किनेका प्रकाशले कारको मूल्य ४९ लाख रुपैयाँ रहेको बताएका छन् ।

आफूलाई देखावटी कुरामा विश्वास नभए पनि कलाकारले आफ्नै मिहिनेतले प्रगति गरेको विषयले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्ने प्रकाश बताउछन् । ‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’ उनले भनेका थिए । गायक प्रकाश सपुतले गाडी भन्दा पहिले करिव २ बर्ष अगाडि काठमाडौंमा घर किनेका थिए ।

Ritesh jung Khatri

प्रदेश १ को इटहरीमा रहेर कलाकारिता क्षेत्रमा क्रियाशील रहेका कलाकार हुन् रितेशजंग खत्री । कलाकार खत्रीले पनि केहीदिन अघिमात्र गाडी खरिद गरेका छन् । उनले आफ्नो घरायसी प्रयोजनका लागि गाडी खरिद गरेको बताएका छन् ।

चलचित्र छायांकन तथा अन्य बिभिन्न प्रयोजनमा सहयोग होस भन्ने उद्देश्यले गाडी खरिद गरेको खत्रीको भनाई छ । कलाकार खत्रीले २६ लाखमा सुजुकीको एस प्रेसो भि एक्स आइ मोडलको गाडी गरिद गरेका हुन् ।

Tags: पुष्प खड्काप्रकाश सपुतरितेशजंग खत्रीस्वस्तिमा खड्का
Previous Post

विवाहको तयारीमा सौगात र सृष्टि ?

Next Post

पल्पसाले भनिन् मेरा लागि आर्थिक संकलन नगर्नुस्

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
Palpasa Dangol

पल्पसाले भनिन् मेरा लागि आर्थिक संकलन नगर्नुस्

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।