BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पछिल्लो पुस्ताका कलाकार, कस्को पारिश्रमिक कति ?

विशेष अनलाइन by विशेष अनलाइन
साउन १, २०७८, ६:५२ मध्यान्ह
in FEATURE, चलचित्र
पछिल्लो पुस्ताका कलाकार, कस्को पारिश्रमिक कति ?
109
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली चलचित्र नगरी कोरोना भाइरसका कारण थलिएको छ । सहजरुपले छायांकन हुन समेत नसकेको अवस्थामा प्रदर्शनका लागि तयार भएका चलचित्रहरुसमेत कहिलेबाट प्रदर्शन हुन्छन् भन्ने अत्तोपत्तो छैन । नेपाली चलचित्र नगरी अब झण्डै १५ वर्ष पछाडी धकेलिएको चलचित्र पण्डितहरुले बताउने गरेका छन् । नेपाली निर्माताहरु चलचित्र निर्माणमा लगानी गर्नु बालुवामा पनि जस्तै भएको व्याख्या गर्न थालेका छन् । कतिपय चलचित्र भवनहरु कोरोना महामारीकै कारण सधैका लागि बन्द भइसकेका छन् ।

चलचित्र नगरी कहाली लाग्दो अवस्थामा भए पनि चलचित्रका कालाकारहरु भने आफ्नो पारिश्रमिकमा अडिक देखिएका छन् । चलचित्र नगरीको अवस्था जेजस्तो भए पनि आफ्नो पारिश्रमिक घटाएर काम नगर्ने पक्षमा कलाकारहरु छन् । पछिल्लो पुस्ताका धेरै पारिश्रमिक लिएर काम गर्ने केही कलाकारहरुका बिषयमा आज हामीले चर्चा गरेका छौँ ।

अनमोल केसी
नेपाली चलचित्र नगरीमा पछिल्लो समय पारिश्रमिक धेरै लिने अभिनेता तथा अभिनेत्रीहरुको प्रतिष्पर्धा नै हुने गरेको छ । बिभिन्न सञ्चार माध्यमहरुमा आएका खवरहरुलाई सत्य मान्ने हो भने धेरै परिश्रमिक लिने पहिलो कलाकारमा पर्छन अभिनेता अनमोल केसी । उनले एउटा चलचित्रमा अभिनय गरे बापत ५० लाख रुपैया मारिश्रमिक लिने गरेका छन् । नेपाली चलचित्र ‘एक्स ९’का लागि त निर्देशक मुकुन्द भट्टले ७५ लाख पारिश्रमिक सहित अफर गरेको चर्चा छ।

Anamol kc

नेपाली चलचित्र इतिहासकै सबै भन्दा धेरै पारिश्रमिक लिएर काम गर्न अभिनेता अनमोल केसी पनि तयार देखिएका छन् । अभिनेता केसी होम प्रोडक्शनमा निर्माण हुने चलचित्रलार्य स्थागित गर्दै चलचित्र ‘एक्स ९’मा काम गर्न तयार भएको बताइएको छ । यस चलचित्रमा बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको चर्चा छ ।

प्रदिप खड्का
अनमोल पछि धेरै पारिश्रमिक लिने कलाकारमा पर्छन् अभिनेता प्रतिप खड्का । सञ्चार माध्यमहरुमा आएका समाचारलाई सत्य मान्ने हो भने अभिनेता खड्काले एउटा चलचित्रमा काम गरेबपत ३० देखि ४० लाख सम्म पारिश्रमिक लिने गरेका छन् । अभिनेता अनमोल केसी र अभिनेता प्रदिप खड्कालाई एक अर्काका प्रतिष्पर्धीकारुपमा समेत व्याख्या गर्ने गरिएको छ ।

Pradip Khadka

कतिपय अवस्थामा व्यवहारले पनि त्यस्तै देखाउने गरेको छ । अभिनेता अनमोल केसीले काम नगरेका कतिपय चलचित्रहरुमा प्रदिप खड्कालाई र कतिपय प्रदिपले नगरेका चलचित्रहरुमा अभिनेता अनमोललाई अफर गर्ने गरिएका उदाहारणहरु छन् । यसैले पनि प्रदिप र अनमोललाई एक अर्काको बिकल्पका रुपमा हेर्ने गरिएको छ ।

पल शाह
धेरै पारिश्रमिक लिएर काम गर्ने तेश्रो अभिनेताका रुपमा लिइन्छ अभिनेता पल शाहलाई । उनले एउटा चलचित्रमा काम गरेको २५ देखि ३० लाख सम्म पारिश्रमिक लिने गरेको बताइन्छ । सामाजिक सेवामा समेत निकै सकृय अभिनेता शाह म्युजिक भिडियोहरुमा पनि उत्तिकै व्यस्त हुने गरेका छन् । अभिनेता शाह म्युजिक भिडियो हुदै नेपाली चलचित्रमा प्रवेश गरेका हुन् ।

पछिल्लो समयको सामाजिक कामको सकृयताका कारण पनि अभिनेता शाहले राम्रो फ्यान फलोइङ कमाएका छन् । अभिनेता शाहलाई रियल हिरोकारुपमा समेत चित्रण गर्ने गरिएको छ ।

सम्रज्ञी राज्यलक्ष्मी शाह
यता पछिल्लो पुस्ताका अभिनेत्रीहरुमा भने सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह । बिभिन्न मिडियामा आएका खवरहरुलाई सत्य मान्दा अभिनेत्री शाहले एउटा चलचित्रमा काम गरेको १५ लाखसम्म पारिश्रमिक लिने गरेकी छन् । अभिनेत्री शाहलाई नेपाली चलचित्र नगरीकी एक सफल नायिकाका रुपमा चिनिन्छ ।

Samragi RL Shah

अभिनेता भुवन केसीले निर्देशन गरेको चलचित्र ड्रिम्स बाट चलचित्र नगरीमा उदाएकी अभिनेत्री शाहले अभिनय गरेका अधिकांश चलचित्रहरु सफल भएका छन् । अभिनेत्री शाह बिभिन्न कारणले चर्चामा पनि आइरहने गर्छिन् ।

पुजा शर्मा
अभिनेत्री शाहसँगै धेरै परिश्रमिक लिने अर्की अभिनेत्री हुन् पुजा शार्मा । अभिनेत्री शर्माले पनि एउटा चलचित्रमा काम गरेको पारिश्रमिक १५ लाख सम्म नै लिने गरेको चर्चा हुने गरेको छ । नेपाली चलचित्र नगरीमा छुट्टै फ्यान फलोइङ कमाएकी अभिनेत्री शर्मा धेरै जसो आफ्नै प्रोडक्शनमा निर्माण भएका चलचित्रहरुमा काम गर्ने गर्छिन् ।

Puja Sharma

अभिनेत्री शर्मा चलचित्र निर्माता समेत बनिसकेकी छन् । बिभिन्न कारणले चर्चामा आइरहने अभिनेत्री शर्मा र अभिनेत्री सम्राज्ञी बिचको सम्बन्ध त्यति सुमधुर नरहेको नेपाली चलचित्र नागरीमा चर्चा हुने गरेको छ । अन्य अभिनेता तथा अभिनेत्रीहरुले भने चलचित्रको भुमिका अनुसार पारिश्रमिक लिने गरेको बताइन्छ ।

Tags: अनमोल केसीपल शाहपुजा शर्माप्रदिप खड्कासम्रज्ञी राज्यलक्ष्मी शाह
Previous Post

अभिनेत्री रेखा थापाको पहिलो पारिश्रमिक १ रुपैया

Next Post

विवाहको तयारीमा सौगात र सृष्टि ?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १६, २०८२, ४:५० मध्यान्ह
चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

मंसिर १६, २०८२, ३:५० मध्यान्ह
चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

मंसिर १५, २०८२, ७:५५ मध्यान्ह
Next Post
saugat malla and sristi shrestha

विवाहको तयारीमा सौगात र सृष्टि ?

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

by विशेष अनलाइन
मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
0

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
0

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

by विशेष अनलाइन
मंसिर १६, २०८२, ३:५० मध्यान्ह
0

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।