BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पछिल्लो पुस्ताका कलाकार, कस्को पारिश्रमिक कति ?

विशेष अनलाइन by विशेष अनलाइन
साउन १, २०७८, ६:५२ मध्यान्ह
in FEATURE, चलचित्र
पछिल्लो पुस्ताका कलाकार, कस्को पारिश्रमिक कति ?
108
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली चलचित्र नगरी कोरोना भाइरसका कारण थलिएको छ । सहजरुपले छायांकन हुन समेत नसकेको अवस्थामा प्रदर्शनका लागि तयार भएका चलचित्रहरुसमेत कहिलेबाट प्रदर्शन हुन्छन् भन्ने अत्तोपत्तो छैन । नेपाली चलचित्र नगरी अब झण्डै १५ वर्ष पछाडी धकेलिएको चलचित्र पण्डितहरुले बताउने गरेका छन् । नेपाली निर्माताहरु चलचित्र निर्माणमा लगानी गर्नु बालुवामा पनि जस्तै भएको व्याख्या गर्न थालेका छन् । कतिपय चलचित्र भवनहरु कोरोना महामारीकै कारण सधैका लागि बन्द भइसकेका छन् ।

चलचित्र नगरी कहाली लाग्दो अवस्थामा भए पनि चलचित्रका कालाकारहरु भने आफ्नो पारिश्रमिकमा अडिक देखिएका छन् । चलचित्र नगरीको अवस्था जेजस्तो भए पनि आफ्नो पारिश्रमिक घटाएर काम नगर्ने पक्षमा कलाकारहरु छन् । पछिल्लो पुस्ताका धेरै पारिश्रमिक लिएर काम गर्ने केही कलाकारहरुका बिषयमा आज हामीले चर्चा गरेका छौँ ।

अनमोल केसी
नेपाली चलचित्र नगरीमा पछिल्लो समय पारिश्रमिक धेरै लिने अभिनेता तथा अभिनेत्रीहरुको प्रतिष्पर्धा नै हुने गरेको छ । बिभिन्न सञ्चार माध्यमहरुमा आएका खवरहरुलाई सत्य मान्ने हो भने धेरै परिश्रमिक लिने पहिलो कलाकारमा पर्छन अभिनेता अनमोल केसी । उनले एउटा चलचित्रमा अभिनय गरे बापत ५० लाख रुपैया मारिश्रमिक लिने गरेका छन् । नेपाली चलचित्र ‘एक्स ९’का लागि त निर्देशक मुकुन्द भट्टले ७५ लाख पारिश्रमिक सहित अफर गरेको चर्चा छ।

Anamol kc

नेपाली चलचित्र इतिहासकै सबै भन्दा धेरै पारिश्रमिक लिएर काम गर्न अभिनेता अनमोल केसी पनि तयार देखिएका छन् । अभिनेता केसी होम प्रोडक्शनमा निर्माण हुने चलचित्रलार्य स्थागित गर्दै चलचित्र ‘एक्स ९’मा काम गर्न तयार भएको बताइएको छ । यस चलचित्रमा बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको चर्चा छ ।

प्रदिप खड्का
अनमोल पछि धेरै पारिश्रमिक लिने कलाकारमा पर्छन् अभिनेता प्रतिप खड्का । सञ्चार माध्यमहरुमा आएका समाचारलाई सत्य मान्ने हो भने अभिनेता खड्काले एउटा चलचित्रमा काम गरेबपत ३० देखि ४० लाख सम्म पारिश्रमिक लिने गरेका छन् । अभिनेता अनमोल केसी र अभिनेता प्रदिप खड्कालाई एक अर्काका प्रतिष्पर्धीकारुपमा समेत व्याख्या गर्ने गरिएको छ ।

Pradip Khadka

कतिपय अवस्थामा व्यवहारले पनि त्यस्तै देखाउने गरेको छ । अभिनेता अनमोल केसीले काम नगरेका कतिपय चलचित्रहरुमा प्रदिप खड्कालाई र कतिपय प्रदिपले नगरेका चलचित्रहरुमा अभिनेता अनमोललाई अफर गर्ने गरिएका उदाहारणहरु छन् । यसैले पनि प्रदिप र अनमोललाई एक अर्काको बिकल्पका रुपमा हेर्ने गरिएको छ ।

पल शाह
धेरै पारिश्रमिक लिएर काम गर्ने तेश्रो अभिनेताका रुपमा लिइन्छ अभिनेता पल शाहलाई । उनले एउटा चलचित्रमा काम गरेको २५ देखि ३० लाख सम्म पारिश्रमिक लिने गरेको बताइन्छ । सामाजिक सेवामा समेत निकै सकृय अभिनेता शाह म्युजिक भिडियोहरुमा पनि उत्तिकै व्यस्त हुने गरेका छन् । अभिनेता शाह म्युजिक भिडियो हुदै नेपाली चलचित्रमा प्रवेश गरेका हुन् ।

पछिल्लो समयको सामाजिक कामको सकृयताका कारण पनि अभिनेता शाहले राम्रो फ्यान फलोइङ कमाएका छन् । अभिनेता शाहलाई रियल हिरोकारुपमा समेत चित्रण गर्ने गरिएको छ ।

सम्रज्ञी राज्यलक्ष्मी शाह
यता पछिल्लो पुस्ताका अभिनेत्रीहरुमा भने सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह । बिभिन्न मिडियामा आएका खवरहरुलाई सत्य मान्दा अभिनेत्री शाहले एउटा चलचित्रमा काम गरेको १५ लाखसम्म पारिश्रमिक लिने गरेकी छन् । अभिनेत्री शाहलाई नेपाली चलचित्र नगरीकी एक सफल नायिकाका रुपमा चिनिन्छ ।

Samragi RL Shah

अभिनेता भुवन केसीले निर्देशन गरेको चलचित्र ड्रिम्स बाट चलचित्र नगरीमा उदाएकी अभिनेत्री शाहले अभिनय गरेका अधिकांश चलचित्रहरु सफल भएका छन् । अभिनेत्री शाह बिभिन्न कारणले चर्चामा पनि आइरहने गर्छिन् ।

पुजा शर्मा
अभिनेत्री शाहसँगै धेरै परिश्रमिक लिने अर्की अभिनेत्री हुन् पुजा शार्मा । अभिनेत्री शर्माले पनि एउटा चलचित्रमा काम गरेको पारिश्रमिक १५ लाख सम्म नै लिने गरेको चर्चा हुने गरेको छ । नेपाली चलचित्र नगरीमा छुट्टै फ्यान फलोइङ कमाएकी अभिनेत्री शर्मा धेरै जसो आफ्नै प्रोडक्शनमा निर्माण भएका चलचित्रहरुमा काम गर्ने गर्छिन् ।

Puja Sharma

अभिनेत्री शर्मा चलचित्र निर्माता समेत बनिसकेकी छन् । बिभिन्न कारणले चर्चामा आइरहने अभिनेत्री शर्मा र अभिनेत्री सम्राज्ञी बिचको सम्बन्ध त्यति सुमधुर नरहेको नेपाली चलचित्र नागरीमा चर्चा हुने गरेको छ । अन्य अभिनेता तथा अभिनेत्रीहरुले भने चलचित्रको भुमिका अनुसार पारिश्रमिक लिने गरेको बताइन्छ ।

Tags: अनमोल केसीपल शाहपुजा शर्माप्रदिप खड्कासम्रज्ञी राज्यलक्ष्मी शाह
Previous Post

अभिनेत्री रेखा थापाको पहिलो पारिश्रमिक १ रुपैया

Next Post

विवाहको तयारीमा सौगात र सृष्टि ?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
Next Post
saugat malla and sristi shrestha

विवाहको तयारीमा सौगात र सृष्टि ?

Discussion about this post

ताजा अपडेट

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
0

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
0

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
0

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।