बिशेष अनलाइन । कोरोना मुक्त भएर पनि स्वास्थ्यमा समस्या देखिएर घरमै आराम गरेर बसेका कोच दीप ‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किएका छन् । उनी लगायत शो का अन्य कोच प्रमोद खरेल र तृष्णा गुरुङ साथै केही प्रतिस्पर्धीलाई पनि कोरोना संक्रमण भए पछि शो नै स्थगित भएको थियो ।
पछि अन्य कोच र प्रतिस्पर्धीहरुलाई ठिक भए पनि कोच दीपलाई निकै गर्हो बनाएको थियो । भाइरसबाट संक्रमित भएपछि कोच दीप करिव २ साता अस्पतालमा बसेका थिए । अस्पतालको उपचार पछि घर फर्किए पनि उनी शो मा फर्किन असहज महशुस भए पछि घरमै आराम गर्दै थिए ।
कोच दीपको अनुपस्थितीमा गायक राजेश पायल राई कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’को कुर्सीमा बसेका थिए । कोच दीपको अभाव २ हप्ता राजेश पाएल राईले पूरा गरेका थिए ।
तर, अब भने दीप श्रेष्ठ सेटमा फर्किएको यो शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् ।
‘द भ्वाइस अफ नेपाल’ उत्कृष्ट १२ मा पुगेको छ । अब, हरेक टिममा ३-३ जना प्रतिष्पर्धी रहेका छन् । अब भने दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरु बाहिरिनेछन् र हरेक टिमबाट १-१ जना अघि बढ्ने छन् ।
Discussion about this post