BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

संक्रमित भन्छन् : घरमा समस्या भए इटहरी उपमहानगरले निर्माण गरेको आईसोलेसन आउनुस्

विशेष अनलाइन by विशेष अनलाइन
असार १०, २०७८, ५:२१ मध्यान्ह
in FEATURE, अन्य
संक्रमित भन्छन् : घरमा समस्या भए इटहरी उपमहानगरले निर्माण गरेको आईसोलेसन आउनुस्
61
SHARES
Share on FacebookShare on Twitter

अंशु अधिकारी । सुनसरीको इटहरी ५ घर भएका बलबहादुर कार्की उमेरले ७० पुगे । हट्टाकट्टा ज्यान भएका उनीलाई केही समय अघि सामान्य ज्वरो आउने, शरीर दुख्ने खान मन नलाग्ने जस्ता समस्या देखियो । केही दिन घरेलु औषधी उपचार गरे । तर निको नभएपछि कोरोना हो की भन्ने लागेर इटहरीमा रहेको क्षेत्रीय रङ्गशालामा पिसिआर परिक्षण गरे । ३ दिनपछि रिपोर्ट पोजेटिभ देखियो । उनीमात्रै हैन उनकी श्रीमति उमाको पनि परिक्षण गर्दा पोजेटिभ आयो ।

दुवै जनालाई कोरोना देखिएपछि के गर्ने? कहाँ बस्ने भन्ने बारे समस्या भयो । डाक्टरले उनीहरुलाई इटहरी उपमहानगरले निर्माण गरेको आईसोलेसन बस्न सल्लाह दिए । लगत्तै उनीहरु कस्तो होला खान पाइने हो हैन भन्दै आईसोलेसन आए । तर उनीहरुले सोचे भन्दा फरक आईसोलेसन देखिपछि दम्पती नै मख्ख परे । विहान चना चिउरा, अण्डा लगायतको नास्ता, तातो खाना, दिउँसो नास्ता र .बेलुका खाना खान पाउँदा उनीहरु खुसी छन् ।

बलबहादुर घरमा एक्लै बस्नु भन्दा यहाँ सबैसँग गफ गर्दै दिन काट्न पाउँदा आफुँमा देखिएको ज्वरो, शरीर दुख्ने, खान मन नलाग्ने जस्ता समस्या हटेको बताउँछन् । उनी भन्छन् ‘ मलाई त यहाँ आनन्द छ । हाम्रा लागि कल्याण छ । एकदम खुसी छु । मत भन्छु मिस, यदि कोरोना लाग्यो घरमा छुट्टै चर्पी छैन, कोठा छैन, आफुँ सुरक्षित छु जस्तो लाग्दैन भने इटहरीको आइसोलेसनमा आउनु । एकदम ढुक्क ।’
उनकी श्रीमती पनि आईसोलेसन सेन्टरले आफ्नो चित्त बुझेको बताउँछिन् । ‘हाम्रा लागि यो घर भन्दा राम्रो छ । यहाँ भन्दा राम्रो सरकारले के पो गर्नु हैन मिस ?’ उनी भन्छिन् ।

त्यस्तै इटहरी ९ घर भएकी लक्ष्मी श्रेष्ठ आईसोलेसनमा भएको सेवाको वर्णन गर्दै घरमा भन्दा यहाँ राम्रो रहेको बताउँछिन् । गत २० गते आमाछोराको कोरोना परिक्षण गर्दा पोजेटिभ आएपछि उनीहरु आईसोलेसनमा बस्दै आएका छन् । ‘घरमा बस्दा दिकदार लाग्थ्यो होला तर यहाँ त धेरै जना छौं गफ गर्यो नेट चलायो बस्यो दिन काटेको थाहा नै हुदैन’ श्रेष्ठ भन्छिन् । आफुँ डाक्टरको सल्लाह बमोजिम आईसोलेसनमा बसेको बताईन् । सुरुमा सामान्य ज्वरो आयो । अहिले सबै ठिक भयो लक्ष्मी बताउँछिन् । अहिले छोरालाई पनि कुनै समस्या नभएको उनको भनाई छ । इटहरी १३ खनारका शुसिल कन्दरा पनि आईसोलेसनमा भएको सेवाबारे सन्तुष्ट छन् ।

उनीसगैं बुवालाई पनि गत जेष्ठ १९ गते कोरोना भाईरसको परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । घरमा दुई जनालाई देखिएपछि अन्यलाई नसरोस भनेर आईसोलेसन सेन्टरमा बस्न आएको कन्दराको भनाई छ । बुवालाई निमोनिया देखिएको थियो । अहिले धेरै सुधार भएको उनले बताए । ‘स्वास्थ्यकर्मीले संकटको बेला देखाएको मानविय ब्यबहारले कोरोनालाई पराजित गर्ने साहस बढेको उनले बताए । हामी त सामान्य ज्वरो आउँदा केही काम नगरी बसेका छौं खाका छौं तर यि हामीलाई उपचारमा खटिएका स्वास्थ्यकर्मीको खटाई हेर्दा म कोरोना सहजै जित्छु ।’ कन्दराको कथन छ ।

कन्दरा जस्तै सोही स्थानमा उभिएका इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत विरेन्द्र चौधरी (नाम परिवर्तन) सेन्टरमा भएको तातो पानीको ब्यबस्था, अक्सिजन सिलिन्डिर, पर्याप्त पानी, शौचालय, इन्टरनेट, गर्मी हुँदा पखां त्यस्तै खानाको प्रबन्ध देख्दा हाम्रा लागि सबै सेवा दिएको बताउन्छन् । झापा घर भएका चौधरी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिए आफ्नो घर, कोठामा यदि एक्लै बस्न डर लागे आईसोलेसन सेन्टरमा आउन सुझाव दिन्छन् । उनी यहाँ आएपछि एकअर्कालाई आफ्नो विराम सुनाउँदा पनि मन हल्का हने बताउँछन् । विहान बेलुका शारिरीक ब्यायाम गर्न गानाको समेत ब्यबस्था भएकाले मनमा कुनै नकारात्मक सोच नै नआउने उनको बुझाई छ ।

हाल आईसोलेसनमा ३ महिला र ११ जना पुरुष गरी १४ जना कोरोना संक्रमित बस्दै आएका छन् । कोरोनाको दोश्रो भेरियन्ट देखिएसगैं इटहरी उपमहानगरले ५० बेडको सेन्टर गत बैशाख ३० गतेबाट सञ्चालनमा ल्याएको हो । दोश्रो लहर यता उक्त सेन्टरमा ८८ जना कोरोना संक्रमित बसेको आईसोलेसन सेन्टर इन्चार्ज शिब कुमार झाले जानकारी दिए । त्यस्तै ५२ जनाले कोरोना जितेर घर फर्किएका छन् । हाल सम्म स्वास्थ्यमा केही समस्या भएका २२ संक्रमितलाई विभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको इन्चार्ज झाले बताए ।

हाल सम्म ८८ संक्रमित मध्ये कुनै संक्रमितको पनि मृत्यु नभएको समेत बताए । त्यस्तै होमआईसोलेसनमा बसेका ७ जना संक्रमितलाई समस्या देखिएपछि आईसोलेसनमा ल्याएर उपचार गराएपछि ठिक भएको झाको भनाई छ । इन्जार्ज झा होमआईसोलेसन बसेका वा कुनै कोभिडको लक्षण दखिए तुरुन्त डाक्टरको सल्लाह लिन आग्रह गर्छन् । दोश्रो भेरियन्टले मानिसलाई एक दुई दिनमै गाह्रो बनाउने भएकाले केही समस्या भए डाक्टरले भनेबमोजिम सुरक्षित रहन समेत इन्चार्ज झाले आग्रह गरे ।

६ बेडको कोभिड अस्पताल सञ्चालन
इटहरी उपमहानगरले उक्त सेन्टरमा ६ वेडको कोभिड अस्पताल समेत तयार गरेको छ । कुनै संक्रमितलाई स्वासप्रश्वासमा समस्या आए वेडमा राखेर उपचार गर्न सकिने इन्चार्ज झाले जानकारी दिए । पहिलो कोरोना भाईरसको संक्रमण भन्दा दोश्रो अझ खतरा रहेकाले तयारी अबस्थामा राखिएको उनको भनाई छ । अक्सिजन सहितको सुविधा सम्पन्न अस्पतालमा आज सम्म कुनै संक्रमित राखेर उपचार भने गरिएको छैन । सबै संक्रमितको अबस्था सामान्य रहेकाले अस्पतालमा राख्न नपरेको झाले जानकारी दिए ।

आईसोलेसन सेन्टर, ल्याव परिक्षण, कोभिड अस्पतालमा गरी जम्मा ९ जना स्वास्थ्यकर्मीले आफ्नो ज्यानको प्रवाह नगरी ड्युटी मिलाएर सेवा दिईरहेका छन् । संक्रमितलाई कुनै समस्या आई अस्पताल भर्ना गर्नु पर्ने वा संक्रमितलाई आईसोलेसनमा ल्याउन लान उपमहानगरका दुई वटा एम्बुलेन्स तयारी अबस्थामा राखिएको छ ।

के के छन् ? आईसोलेसन सेन्टरमा सुविधा
पहिलो संक्रमण दरमा दोश्रो संक्रमण बढी खतरा रहेकाले उपमहानगरले ३० पुरुष र २० महिला अट्न सक्ने ५० वेडको आईसोलेसन तयार गर्यो । फ्रि इन्टरनेट, तातो चिसो पानी, छुट्टाछुट्टै शौचालयको उपमहानगरले ब्यबस्था गरेको छ । त्यस्तै सुरक्षाका लागि सिसि क्यामेरा समेत जडान गरिएको छ । संक्रमितको स्वास्थ्यमा ध्यान दिदैं माछामासु, अण्डा तथा फलफुल समेत दिने ब्यबस्था गरिएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिईन् । संक्रमितलाई अक्सिजन चाहिए तत्काल अस्पताल जानु नपर्ने गरी सुरुबाटै अक्सिजन सहितको बेड सञ्चालनमा ल्याइएको उनको भनाई छ ।

Tags: अंशु अधिकारीआईसोलेसनइटहरी उपमहानगर
Previous Post

मेस्सी र रोनाल्डोप्रति प्रमोद खरेलको रोचक टिप्पर्णी, हाम्रो पुस्ता भाग्यमानी हो

Next Post

संक्रमितको अनुभव : बराहक्षेत्र आईसोलेसन सेन्टरमा कुनै कुराको कमि छैन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
संक्रमितको अनुभव : बराहक्षेत्र आईसोलेसन सेन्टरमा कुनै कुराको कमि छैन

संक्रमितको अनुभव : बराहक्षेत्र आईसोलेसन सेन्टरमा कुनै कुराको कमि छैन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।