इटहरी / वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उपचारको क्रममा काठमाडौं न्यूरो अस्पताल सुन्धारामा बिहिबार दिउँसो प्रधानको निधन भएको अस्पतालले पुष्टि गरेको छ । ८४ वर्षको उमेरमा प्रधानको निधन भएको बताइएको छ । संगीत क्षेत्र का विभिन्न ब्यक्तित्वहरुले पनि प्रधानको मृत्युमा दु:ख ब्यक्त गरेका छन ।
उनिहरुले प्रधानको निधनलाई नेपाली गीत संगीत क्षेत्रको अतुलनीय क्षतिका रुपमा व्याख्या गरेका छन । उनिहरुले संगीत ब्रह्माण्डको एक महत्वपुर्ण पिण्डको अवशान भएको बताएका छन ।
प्रधानको संगीतको क्षेत्रको योगदानलाई नेपाली गीत संगीतले कहिल्यै नबिर्सिने र सधै अमर रहने गायक प्रमोद खरेलले बताएका छन । प्रधान लामो समयदेखि न्यूरो सम्बन्धि रोगले पीडीत भएको बताइएको छ ।
प्रधानको जन्म वि.सं.१९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट भएको थियो ।
Discussion about this post