बिशेष अनलाइन । मौलिक रियालिटी सो ‘दोहोरी च्याम्पियन’को पहिलो उपाधी प्रकाश पराजुली र मीना बुढाथोकीको टीमले जितेको छ । शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा बालचन्द्र बराल र शोभा कार्कीको टीमलाई पछि पार्दै प्रकाश र मिनाको टिमले उपाधी जितेको हो । बालचन्द्र बराल र शोभा कार्कीको टीमले भने दोस्रो स्थानमा चित्त बुझाएका छन् ।
नेपालकै मौलिक दोहोरी प्रस्तुत हुने उक्त शो मा प्रथम भएसँगै प्रकाश र मीनाको टीमले नगद २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । यता दोस्रो भएसँगै बालचन्द्र र शोभाको टीमले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन प्राप्त गरेका छन् । तृतीय हुने सबिन आर्चाय र रिता राउतको टिमले ३ लाख प्राप्त गरेका छन् भने सान्त्वना हुने राजेन्द्र पाठक र मिना नेपालको टीमले २ लाख पाएको छ ।
लोक गायक बद्री पंगेनी र गायिका प्रीति आलेले संचालक गर्दै आएको शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राती ८ः५० मा प्रसारण हुँदै आएको थियो । ‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि।जी। र गायक तथा गीतकार चन्द्र शर्मा थिए । निर्णायक रहेको स्पर्धामा डिजिटल अडिसनमा ३५ टिम छानिएका थिए । त्यसपछि फिजिकल अडिसनमार्फत २४ टिम छानिएका थिए ।
शो सुरुवात हुदैगर्दा प्रतिष्पर्धीको मजाक उडाएको भन्दै शो का निर्णायक चन्द्र शर्मा बिवादमा तानिएका थिए । सामाजिक सञ्जालमा कतिपयले ‘दोहोरी च्याम्पियन’ बहिष्कार गर्ने समेत बताएका थिए । पहिलो सिजनको समाप्त भएसँगै छिटै दोस्रो सिजनका साथ आउने घोषणा समेत गरिएको छ ।
Discussion about this post