BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

राठी केबल पुर्वाञ्चल लिटिल स्टार ३ को अडिसन हुदै, प्रितमको गीतमा अभिनय गर्ने मौका

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक ९, २०७८, ६:०१ मध्यान्ह
in गीत संगीत
राठी केबल पुर्वाञ्चल लिटिल स्टार ३ को अडिसन हुदै, प्रितमको गीतमा अभिनय गर्ने मौका
59
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कोरोना महामारी अन्त्य नभए पनि पछिल्लो समय जनजिवन भने सामान्य बनिसकेको छ । सार्बजनिक यातायात, होटल व्यवसाय, चलचित्र उधोग संगै मनोरंजन स्थलहरु पनि यतिबेला सुचारु भैसकेको छ । यस्तैमा पछिल्लो समय मौलाउदै गएको ब्युटि प्याजेण्टहरु पनि धमाधम हुन थालिसकेका छन् । युवा तथा बालबालिकालाई लक्षित गर्दै गरिने यस्ता प्याजेण्टहरु अहिले गाउगाउमा पुगिसकेको अवस्था छ ।

यस्तैमा बालबालिकाको सौन्दर्यता संगै लुकेको प्रतिभालाई उजागर गर्ने हेतुले संचालन भएको पुर्वाञ्चल लिटिल स्टार तेश्रो संसकरण पुन सुरु हुने भएको छ । कोरोना महामारीको दोश्रो लहरको चपेटामा परेको यो प्याजेण्टको पहिलो चरणको अडिसन सम्पन्न भैसकेको छ ।

अब आयोजक दोश्रो अडिसनको लागि तयारिमा जुटेको छ । पहिलो र दोश्रो सिजन सफलता पुर्वक सम्पन्न भएको पुर्वाञ्चल लिटिल स्टारको यो संस्करण भने केहि बृहत हुने भएको छ । यो संस्करणको सेमिफिनाले प्रदेश १ को ४ ठाउमा हुने छ । जहाबाट छानिएका उत्कृष्ठलाई फ़ाईनल प्रतिष्पर्धामा लगिने छ । ४ ठाउबाटै छानिएका उत्कृष्ठ प्रतिष्पर्धीबाट एक बृहत कार्यक्रमको आयोजना गरि पुर्वाञ्चल लिटिल स्टार तेश्रो संस्करणको बिजेता घोषणा गरिने आयोजकले जनाएको छ । साईमन फिल्मस एण्ड इण्टरटेन्मेण्ट मुम्बईले आयोजना गरेको यो प्याजेण्टको साईमन राजबंशीले व्यवस्थापन हेर्नेछन ।

तेश्रो संस्करणका बिजेताले ५१ हजार नगद पुरस्कार वा २ लाख बराबरको म्युजिक एल्बमको मौका पाउने छन् । त्यस्तै यो संस्करणको मुख्य आकर्षण भनेको प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दि गीतको अफ़िसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने हो । जसको लागि गीत पनि तयार भैसकेको साईमन राजबंशीले जानकारी गराए । गीतमा लोकप्रिय बालगायका प्रितम आचार्यले स्वर दिएका छन् ।

उनले यसअघि भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटिसकेका छन् । यस्तै उनलाई स्वरमा अस्मिता कार्कीले साथ् दिएकि छन् । उनि पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन् । सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल T-Series ‘टि-सिरिज’ सार्बजनिक गरिने छ ।

यस्तै यहि आयोजक कम्पनि साईमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको चलचित्र प्रधान द लिडरुमा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउने छन् । जुन चलचित्र नेपालि, हिन्दि, राजबंशी र भोजपुरी गरि ४ भाषामा तयार हुदै छन् । यस चलचित्रका लागि नेपालि अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ अन्नु कपुर लगायतका कलाकारहरुको समेत अभिनय रहने आयोजकले जनाएको छ । तेश्रो संस्करणको अडिसन यहि कार्तिक १३ गते हुदै छ । ४ ओटै ठाउमा एकै दिन अडिसन गर्न लागिएको आयोजकले जनाएको छ ।

इटहरीमा पुर्वलाईन मिलन चोकमा अवस्थित पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको सभाहलमा अडिसन हुदै छ । यस्तै धरानमा महेन्द्रपथमा अवस्थित मुनाल सांस्कृतिक कला केन्द्रको सभाहल, बिराटनगरमा जलजला चोकमा अवस्थित डेजल म्युजिक एण्ड फिटनेसको सभाहल र बिर्तामोडमा भद्रपुर रोडको अन्नपुर्ण चोकमा अवस्थित साइ प्यालेसमा अडिसन तय गरिएको छ ।

सम्पूर्ण ठाउमा १२ बजेर ३० मिनेट देखि ४ बजेसम्म अडिसन हुनेछ भने बिस्तृत बुझ्नको लागि ९८११३५९८४७ नम्बरमा सम्पर्क गर्न सकिनेछ । पुर्वाञ्चल लिटिल स्टार तेश्रो संस्करणलाई राठी केबलले मुख्य प्रायोजन गरेको छ ।

Previous Post

पारससँगको भेटपछि भरतमणिले भने ठूलो प्रसंशक भएँ

Next Post

को बन्ला पहिलो ‘दोहोरी च्याम्पियन’?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘जारी २’ ट्रेलरको क्रेज : दुई दिनमै १० लाख भ्युज

‘जारी २’ ट्रेलरको क्रेज : दुई दिनमै १० लाख भ्युज

कार्तिक १२, २०८२, १०:२५ मध्यान्ह
अनमोल र आँचलको ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक

अनमोल र आँचलको ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक

अशोज ६, २०८२, ९:३० मध्यान्ह
नायरा प्रसाईको बाल रक–पप गीत ‘विभिन्न जात–जाती’ सार्वजनिक

नायरा प्रसाईको बाल रक–पप गीत ‘विभिन्न जात–जाती’ सार्वजनिक

भदौ १२, २०८२, ९:२४ मध्यान्ह
लिल क्लाउडको ‘बेबी गर्ल’मा प्रियाना आचार्य (मुन्नी) को बोल्ड अवतार

लिल क्लाउडको ‘बेबी गर्ल’मा प्रियाना आचार्य (मुन्नी) को बोल्ड अवतार

भदौ ८, २०८२, १२:२३ मध्यान्ह
रचना दाहालको नयाँ गीत ‘हे भगवान’ सार्वजनिक हुँदै

रचना दाहालको नयाँ गीत ‘हे भगवान’ सार्वजनिक हुँदै

साउन २३, २०८२, ९:४५ मध्यान्ह
‘राधा रानी लागे’ले रचेको कीर्तिमान: सिम्पल खरेल नेपाली डिजिटल संगीतको शिखरमा

‘राधा रानी लागे’ले रचेको कीर्तिमान: सिम्पल खरेल नेपाली डिजिटल संगीतको शिखरमा

साउन २१, २०८२, १२:११ मध्यान्ह
Next Post
को बन्ला पहिलो ‘दोहोरी च्याम्पियन’?

को बन्ला पहिलो ‘दोहोरी च्याम्पियन’?

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।