इटहरी / मोवाइल चार्ज गर्न खोज्दा मोबाइलको पावर बैंक पड्किएर घाइते भएका हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् । उनलाई उपचारका लागि स्टार अस्पताल भर्ना गरिएको बताइएको छ ।
त्रिपाठीको अहिले अस्पतालको इमर्जेन्सी वाडमा उपचार भइरहेको छ । उनी खतरा मुक्त भएको बुझिएको छ ।
पछिल्लो समय ‘कुरि कुरि’ सिरियरमा अभिनयरत त्रिपाठी नेपाली जादुगरको रुपमा समेत चर्चित रहेका छन् । उनले केही चलचित्रहरु समेत निर्माण गरिसकेका छन् ।
Discussion about this post