BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मनोज गजुरको जन्मदिन आज

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २९, २०७८, ५:२८ मध्यान्ह
in FEATURE, राेचक घाेचक
मनोज गजुरको जन्मदिन आज
90
SHARES
Share on FacebookShare on Twitter

इटहरी / हाँस्य कलाकार मनोज गजुरेलको आज जन्मदिन परेको छ। उनको वास्तविक नाम भने मायानाथ गजुरेल हो । सामाजिक सञ्जालमा उनलाई कलार मात्रै नभएर विभिन्न क्षेत्रका उनका शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन् । उनी नेपालकै पहिलो कमेडि रियालिटी शो कमेडी च्याम्पियन को निर्णायकमा रहदै आएका छन् । कोरोना भाइरसका कारण हाल शो स्थगित रहेको छ ।

मध्यम वर्गीय परिवारमा जन्मिएका हास्यकलाकार गजुरेलले आफुलाई कलाकारिता क्षेत्रमामा स्थापित गर्न धेरै संघर्ष गरेका छन् । मनोज गजुरेलको जन्म वि .स २०३१ साल बैशाख २९ गते पिता स्व. भवानीप्रसाद गजुरेल र माता इन्द्रमाया गजुरेलको कोखबाट भएको थियो ।

उनी १ नम्बर प्रदेशको ताप्लेजुङ जिल्ला स्थित मामाङ्खे गाउँमा जन्मिएका थिए । गजुरेल सातजना सन्तान मध्ये कान्छा हुन्। उनका ४ जना दिदीहरू र २ जना दाइहरू छन्। ६ महिनाको हुँदा आफ्नो बाबुलाई गुमाउन पुगेका उनले पारिवारिक कारणले कहिले आमासँग, कहिले काकासँग त कहिले आफन्तसँग थुप्रै ठाउँमा बसाइँसराइ गर्नु पर्यो। यसरी गजुरेल ताप्लेजुङ, पाँचथर, झापा हुँदै अन्तत काठमाडौँमा आएका थिए ।

गजुरेलको प्रारम्भिक शिक्षा श्री गणेश मावि मा शिशु कक्षाबाट सुरु भएको थियो । त्यस समय उनी मावली घरमा बस्दै आएका थिए । उनको विद्यालय किस्सा निकै रोचक छ । उनी सात वर्षको हुँदा उनको परिवार झापाको दमकमा बसाइँ सरेर गएपछि उनको पढाइ पनि त्यतै सर्यो । ताप्लेजुङ, पाँचथर, झापा, मोरङ र काठमाडौँ गरि उनले स्कुल जिवनमै १० वटा स्कुल परिवर्तन गरेका थिए र ११ औ स्कुलबाट एस एल सी उतिर्ण गरेका थिए ।                                                  उनले एस एल सी काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयबाट द्वितीय श्रेणीमा उत्तीर्ण गरेका थिए । उनले रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौँबाट स्नातक तह उत्तीर्ण गरेका छन् ।

सानैदेखि ठट्टा गर्ने स्वभावका गजुरेलको कलाकारितामा प्रवेश पनि सानै उमेरमा नै भयो। उनले विसं २०४० सालमा झापाको शतासीधाममा दशैँको अवसरमा प्रदर्शित नाटक खेलेर कला क्षेत्रमा प्रवेश गरेका उनी थिए । वि सं २०४५ मा हिमालय माध्यमिक विद्यालय, दमक, झापाको अतिरिक्त कृयाकलापमा हास्यव्यङ्ग्य प्रस्तुति गरेर पुरस्कृत भएपछि उनलाइ कलाकारिता क्षेत्रप्रति आकर्षण बढेको थियो । केही स्टेज कार्यक्रमहरुमा प्रस्तुति दिए पछि भने गाउँघरका पूजाआजा तथा अन्य साँस्कृतिक कार्यक्रमहरूमा उनको खोजी हुन थाल्यो।

वि सं २०४५ को अन्त्यतिर काठमाडौँ आएपछि रेडियो नेपालको बालकार्यक्रममा नियमित कविता वाचनमा भाग लिन थाले। उनी पढ्ने पद्मोदय माविको नजिकैका रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पसलगायत अन्य क्याम्पसमा उनी भन्दा सिनियर दाइहरूले उनको प्रस्तुतिको डिमण्ड गर्न थाले ।

बिस्तारै उनी मञ्चहरूमा जम्न थाले, विद्यार्थी संगठनहरूको कार्यक्रमहरूमा उनको माग हुन थाल्यो। क्याम्पस भन्दा बाहिरका विभिन्न कार्यक्रम हरुमा पनि उनलाइ प्रस्तुतिका लागि निम्तोआउन थाल्यो । यसरी नै बिस्तारै उनी हास्यव्यङ्ग्य कलाकारको रूपमा स्थापित हुन थाले ।                  विसं २०५२ सालमा रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम कुरा गर्यो कुरैको दुःख बाट उनको लोकप्रियता झन चुलिन थाल्यो । उनले रेडियो नेपालबाट प्रसारण हुने गुडनाइट एफएम मा पहिलो रेडियो प्रस्तोताको अनुभव लिएका थिए। विसं २०५३ सालदेखि साङ्ग्रिला च्यानलबाट प्रसारण हुने रमाइलो साङ्ग्रिला कार्यक्रम चलाएर उनी टेलिभिजन कार्यक्रममा देखिन थाले। उक्त कार्यक्रमले उनको लोकप्रियता निक्सी बढ्न थाल्यो ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको हाउभाउ सहितको नक्कलक्स कारण उनले अन्तर्राष्ट्रिय स्तरमा समेत छाप छाड्न सफल भएका छन् । अमेरिकी अनलाइन सीबिएस न्युजले समेत उनलाई विश्वका १८ कमेडियनको सूचीमा राखेको छ।

यसरी विश्वलाई हसाउन सफल कलाकार गजुरेल स्वयमको भने परिवारिक अवस्था हसिलो बन्न सकेन । उनी विसं २०५२ सालमा मिना ढकालसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । तर उनको हाल सम्बन्धविच्छेद भइसकेको छ । मनोज र मिनाबाट दुई सन्तान मिरोज र मेमोरी छन । हाल उनी दोस्रो बिवाहाको तयारीमा रहेको बताइएको भए पनि उनले बिवाहा कोसग र कहिले गर्छन् भन्ने बिषयमा भने सार्वजनिक भएको छैन ।

Tags: मनोज गजुरेलमनोज गजुरेल जन्मदिनमायानाथ गजुरेल
Previous Post

कोरोना मुक्त भए गायक प्रकाश सपुत

Next Post

गर्भावस्थामा खुलेकी अभिनेत्री प्रियंका

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

पुस ३०, २०८२, १:४७ मध्यान्ह
​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
Next Post
गर्भावस्थामा खुलेकी अभिनेत्री प्रियंका

गर्भावस्थामा खुलेकी अभिनेत्री प्रियंका

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

by विशेष अनलाइन
पुस ३०, २०८२, १:४७ मध्यान्ह
0

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।