बिशेष अनलाइन । पछिल्लो समय निकै चर्चामा रहेको रियालिटी शो हो कमेडी च्याम्पियन सिजन–२ । कमेडी च्याम्पियन अब अन्तिम चरणमा पुगिसकेको छ । फाइनलमा ३ प्रतिष्पर्धीहरुबिच उपाधीका लागि भिडन्त हुदैछ । ताप्लेजुङका भरतमणी पौडेल, गोर्खाका सन्तोष थापा र भारतका विक्की अग्रवाल उपाधीका लागि अन्तिम चरणमा प्रतिष्पर्धामा रहेका छन् । यतिबेला उनिहरु आफुलाई च्याम्पियन बनाउनका लागि भोट माग्नमा ब्यस्त छन् ।
यसै बिच नेपाली कांग्रेसका युवा नेता तथा पुर्व स्वस्थ्य मन्त्री गगन थापाले भरतमाणी पौडेललाई भोट गर्न अपिल गरेका छन्। भरतमणी अध्ययन गर्दै आएको जिपी कोइराला मेमोरियल कजेज उनलाई जिताउन अभियान नै चलाउँदै आएको छ । अभियान अन्तरगत नै कलेजले एक कार्यक्रमको आयोजना गर्दै नेता थापालाई बोलाएको थियो ।
कार्यक्रममा बेल्दै थापाले आफु हालसम्म कमेडी च्याम्पियन सिजन–२ का कुनै प्रतिष्पर्धीका पक्षमा यसअघि नखुलेको तर अब भने भरतमणिलाई भोट माग्ने बाहना मिलेको अभिब्यक्ती दिएका थिए ।
पहिले कमेडी च्याम्पियन नहेरे पनि पछिल्लो समय भने आफुले अधिकांश एपिशोड हेर्ने गरेको नेता थापाले उल्लेख गरेका छन्। कार्यक्रम हेरिसकेपछि भने भरतमणी नै बिजेता बनिदियोस भन्ने लागेको नेता गापाले बताएका छन् । “पहिले यो कुरा सार्वजनिक रुपमा भन्ने आँट नगरे पनि जिपी कलेजको विद्यार्थी भनेर थाहा पाइसकेपछि मलाई अब निर्धक्क भोट माग्ने बाहना मिलेको छ” थापाले भने । उनले जिपी कलेजको व्यवस्थापन समितिमा आफू रहेको उल्लेख गर्दै आफ्नो कलेजका विद्यार्थीलाई भोट माग्नु बाहना नभएर नैतिक दायित्व भएको बताएका छन् ।
“मलाई मनैदेखि कमेडी च्याम्पियन बनोस भनेर कामना गरेको भरतमणी हाम्रै कलेजको विद्यार्थी भन्ने थाहा भएपछि म खुुलेर भोट माग्छु, सबैले भोट गर्नुहोला,” थापापले भने, “म भरतमणी कमेडी च्याम्पिएन बनेको हेर्न चाहन्छु ।” कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता भिमशेनदास प्रधानले भरतमणीलाई ५० हजार सहयोगसहित शुभकामना दिएका थिए । उनले पनि भरतमणीका लागि लाई भोट माग्ने बताएका थिए ।
Discussion about this post