बिशेष अनलाइन । पछिल्लो समय निकै रुचाइएको रियालिटी शो हो ‘कमेडी च्याम्पियन’ । हालसम्म ‘कमेडी च्याम्पियन’को टप ६ छनौट भइसकेका छन् । ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन सकिन नपाउदै यसको निर्माण युनिट अर्को कमेडी शो को तयारीमा जुटेको छ । ‘कमेडी क्याफे’ नाम दिइएको उक्त शो को निर्देशन पनि ‘कमेडी च्याम्पियन’कै निर्देशक विशाल भण्डारीले गर्न लागेका हुन् ।
‘कमेडी च्याम्पियन’ सकिना साथ नयाँ कमेडी शो ‘कमेडी क्याफे’ दर्शकमाझ ल्याउने यो टिमको तयारी छ । ‘कमेडी क्याफे’मा अधिकांश ‘कमेडी च्याम्पियन’को पहिलो र दोस्रो सिजनका प्रतिस्पर्धीहरु सहभागी हुने बताइएको छ । ‘कमेडी च्याम्पियन’ भन्दा बाहिरका एक वा दुइ जना मात्रै सहभागी गराउने तयारी भएको निर्देशक भण्डारीले जानकारी दिए ।
निर्देशक भण्डारीका अनुसार ‘कमेडी क्याफे’मा एक्लै लै नभइ एक जोडीले प्रस्तुती दिनेछन् । ‘कमेडी क्याफे’मा दर्शकको भोटीङको पनि आवस्यका नपर्ने र शो बाट अन्तिमसम्म कुनै पनि जोडी बाहिरिने छैन । उक्त शो १२ हप्ता सम्म चल्ने छ । १२ हप्तासम्म निर्णायकले दिने अंकको आधारमा एक जोडी विजेता घोषित हुने निर्देशक भण्डारीले जानकारी दिएका छन् ।
‘शोको निर्णायक कसलाई बनाउने भन्ने विषयमा टुंगो लागेको छैन । हालसम्म निश्चित भइनसकेको भए पनि हिमालयन टेलिभिजनबाट नै शो सर्वजनिक गर्ने निर्माण युनिटको योजना छ ।
Discussion about this post