बिशेष अनलाइन । हाँस्य कलाकार पल्पसा डंगोलले आफ्ना लागि आर्थिक संकलन नगर्न अनुरोध गरेकी छन् । पल्पसाले आफूलाई पैसाको नभइ किड्नीको आवश्यकता परेको बताउदै आर्थिक संकलन नगर्न आग्रह गरेकी हुन् । सुरुवातमा उपचारका लागि ५० लाख भन्दा माथि रकम लाग्न सक्ने कुरा बताइएको थियो । अस्पतालबाट उक्त रकम लाग्न सक्ने बताएपछि रकम संकलन अभियान सुरु गर्ने बिषयमा छलफल भएको थियो ।
तर, डाक्टरले १५ देखि २० लाख रुपैयाँ मात्र लाग्ने बताएपछि रकम संकलन नगर्ने र उक्त रकम पल्पसा आफैले तिर्न सक्ने बताएकी छन् । पल्पसाले आफुलाई रकम भन्दा पनि किड्नीको आवस्यकता रहेको बताएकी छिन् । हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले पनि पल्पसाका लागि आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने बिषयमा छलफल भैरहेको छ । तर, हाल सम्म किड्नी दिने ब्यक्तिको टुंगो लागको छैन ।
पल्पसाको दुबै मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउन अभियान सुरु गरिएको थियो । बिभिन्न कलाकारहरुले नै उक्त अभियानको सुरुवात गरेका थिए । दुबै मृगौला फेल भएपछि पल्पसा काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् ।
Discussion about this post