BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

एउटै ट्रकले उडाइदियो निशाको सफल कलाकार बन्ने सपना

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २८, २०७८, ५:३७ मध्यान्ह
in FEATURE, अन्य
एउटै ट्रकले उडाइदियो निशाको सफल कलाकार बन्ने सपना
280
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय सामाजिक सञ्जालमा मोडल निशा घिमिरेको निकै चर्चा छ । विशेषत केही समय अघिको सुन्दर तस्वीर र अहिलेको दर्दनाक तस्वीर जोडेर उनको चर्चा भइरहेको छ ।

करिब आधा दशकअघि घिमिरे चलचित्र नगरीमा आफुलाइ स्थापित गरेर सफल कलाकारको परिचय दिने सपनाका साथ चलचित्र नगरीमा होमिएकी थिइन् । अन्ततः घिमिरे अचानक जीवन र मृत्युको दोसाँधमा पुगेकी छिन् ।

काठे लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निस्ठुरीको फोटोजस्ता करिब दुई दर्जन भन्दा धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी घिमिरेले भोजपुरी चलचित्र “मधेसी पुत्र २” मा काम गरिसकेकी थिइन् । उनले केही टेलिसिरियलहरुमा समेत आफ्नो अभिनय कौशलत प्रस्तुत गरिसकेकी थिइन् ।                        Nisha Ghimire

उनले एउटैमात्र सपन देखेकी थिइन्, चलचित्र नगरीमाइ आफुलाइ स्थापित गरेर पैसा कमाउने । उनले देखेको सपना साकार बन्दै गएको थियो । उनी कलाकारिता क्षेत्रमा स्थापित हुँदै गएकी थिइन् ।                                                                    आफुलाई अझै निखार्ने र यो क्षेत्रमा अझै राम्रो गर्ने सोचले उनी अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी पुगेकी थिइन् ।                                                                Nisha Ghimire

उनले कोर्स सुरुवात गरिसकेकी थिइन् । उनले त्यहीँ काम गर्न समेत सुरु गरेकी थिइन् । तर देहरादुनमा उनी धेरै समय खुशी बन्न असमर्थ भइन् । त्यहाँ पुगेको करिब डेढ महिनापछि कार दुर्घटनामा परी उनी गम्भीर घाइते हुन पुगिन्। उनी चढेको कारलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिएपछि उनी अचेत बनेकी बन्न पुगिन् । त्यस्को केही समय पछिमात्र उनको उपचारको होस आएको थियो । होस फर्किए पनि त्यो दुर्घटनापछि उनी न बोल्न सक्छिन्, न त हिँडडुल गर्न नै । उनलाई खाना खान समेत साहारा चाहिन्छ ।

उनको परिवार दिनरात उनको उपचारमा जुट्यो । डाक्टरले नियमित उपचार गरे ४-५ वर्षमा ठीक हुन्छ भनेका थिए । उपचारको क्रममा केही सुधार पनि देखिएको थियो । उपचार गर्दा गर्दै भएको धनसम्पत्तीबाट उठिबास लाग्यो । आर्थिक अभाव हुन थालेपछि डाक्टरले भनेअनुसार उपचार गर्न असमर्थ भए । नियमित उपचारको अभाव हुन थालेपछि उनको स्वास्थ्य झन् बिग्रँदै जान थाल्यो । शारीरिक अशक्तताका कारण उनको शरीरमा हाड र छालाबाहेक केही देखिँदैन। भर्खरै २३ वर्ष लागेकी कलाकार घिमिरे ६०-७० वर्षकी वृद्ध महिला जस्तो देखिन्छिन्।            Nisha Ghimire

दुर्घटना हुनु अघिल्लो दिन मात्र निशाले घरमा फोन गरेकी थिइन् । उनले फोन गरेर केही पैसा पठाइदिन्छु घर व्यवहार चलाउदै गर्नु भनेर भनेकी थिइन् । तर त्यस्को भोलिपल्ट फोननै आएन । छोरीसँग दैनिक कुरा हुनेगरेको थियो । त्यो दिन फोन नआएपछि निशाका पिताले आफै छोरीलाई फोन गरे । कत्ति गर्दा पनि फोन उठेन, पछि उतैबाट फोन आयो र दुर्घटनामा परेर निशालाई हस्पिटलमा भर्ना गरिएको खवर प्रहरीले गर्‍यो ।

दुर्घटनाको खबर पाएको दुई दिनमा पिता प्रेमप्रसाद देहरादुन पुगे । दुर्घटनामा परेर निशाको टाउकोमा ठुलो चोट लागेको रहेछ। देहरादुनको निजी अस्पतालमा १८ दिनसम्म आइसियुमा राखेर उपचार गर्दा पनि उनको स्वस्थ्यमा सोचेअनुसारकि सुधार हुन सकेको थिएन । अन्ततः पिता प्रेमप्रसादले छोरीलाई नेपाल नै ल्याउने तय गरे ।                                                              Nisha Ghimire

भारतबाट नेपाल ल्याएर उनलाई ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । करिब साढे दुई महिना ट्रमा सेन्टरको उपचार पछि उनलाई बनेपास्थित स्पाइनल इन्जरी रिह्याबिलिटेसन सेन्टरमा सारिएको थियो । गत वर्ष कोरोना महामारीका कारण डेरामै ल्याएर राखिएको निशाका बाबुले बताए।

हालसम्म निशाको उपचारमा करिब ३५ लाख भन्दा माथि खर्च भइसकेको परिवारले जानकारी दिएको छ । केही कलाकर्मीहरुले व्यक्तिगत रुपमा केही रकम सहयोग गरे पनि कला क्षेत्रबाट खासै सहयोग नभएको प्रेमप्रसादको भनाइ छ । पछिल्लो समय भने सामाजिक सञ्जालमा उनको उपचारका लागि रकम उठाउन अभियान नै संचालन भएको छ ।                  Nisha Ghimire

नियमित उपचार नपाएर मृत्युको मिखमा पुगेकी घिमिरेको सामाजिक सञ्जालमा चर्चा बढेपछि भने उनको उद्धार भएको छ । नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । अहिले घिमिरेलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक जाँचको क्रममा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ। अस्पतालका अनुसारका उनका अन्य अंगमा ठूलो समस्या देखिएको छैन। उनको उपचारमा संलग्न चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् ।                                                          Nisha Gimire

निशाको उपचारमा लाग्ने सम्पुर्ण खर्च नर्भिक अस्पतालले नै बेहोर्ने बताएको छ । छोरीको उद्धार गर्ने नर्भिक अस्पताल संचालकलाई निशाका बुवा प्रेम प्रसादले भगवानको दोश्रो रुप भनेका छन् । अब भने छोरी ठिक हुन्छे भन्ने आशा पलाएको उनले प्रतिक्रिया दिएका छन् ।

Tags: Newsनिशा घिमिरे
Previous Post

‘मिस नेपाल नर्थ अमेरिका’ मा सहभागी हुन जादै शृंखला,सदीक्षा र मनिता

Next Post

स्वतन्त्र र स्वर्ग जस्तो नेपाल भन्ने देश थियो भन्ने दिन आउदैछ -करिष्मा मानन्धर

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
स्वतन्त्र र स्वर्ग जस्तो नेपाल भन्ने देश थियो भन्ने दिन आउदैछ -करिष्मा मानन्धर

स्वतन्त्र र स्वर्ग जस्तो नेपाल भन्ने देश थियो भन्ने दिन आउदैछ -करिष्मा मानन्धर

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।