विशेष अनलाइन । “याक्थुङ सिने अवार्ड-२०८१” कार्यक्रम धरानमा सम्पन्न भएको छ । याक्थुङ चलचित्रकर्मीहरुको साझा संस्था याक्थुङ चलचित्रकर्मी संघ, नेपाल केन्द्रिय कार्यलयको आयोजनामा मंगलबार भएको “याक्थुङ सिने अवार्ड-२०८१” कार्यक्रम धरानमा लालिगुरास नगरपालिका तेह्रथुमका मेयर अर्जुन मावोहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सिने अवार्ड कार्यक्रममा कोशी प्रदेशका बिभिन्न पालिकाका लिम्बु जनप्रतीनिधीहरु, बिभिन्न उच्च ओहोदाका व्यक्तित्वहरु, पुर्व मिस नेपाल माल्विका सुब्बा,चर्चित निर्देशक लेखक उपेन्द्र सुब्बा, नायिका परिक्षा लिम्बु लगायतको उपस्थिती रहेको थियो ।
“याक्थुङ सिने अवार्ड-२०८१” कार्यक्रमको पहिलो संस्करणमा लिम्बु चलचित्र ‘चे’ ले सर्वोत्कृष्ट फिचर चलचित्र अवार्ड र ‘खोक्पा’ ले सर्वोत्कृष्ट लघु चलचित्र अवार्ड जितेको छ । २०८०/८१ सालभित्र निर्माण भएका बिसुद्द लिम्बु कथा र लिम्बु चलचित्रकर्मीहरुले निर्माण गरेको लघु चलचित्र र फिचर चलचित्रलाई अवार्ड प्रदान गरिएको हो ।
“याक्थुङ सिने अवार्ड-२०८१” कार्यक्रममा मुख्य जुरी रहेका चर्चित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाबिद्द तथा कलाकार याशेली योङ्हाङ, निर्माता तथा याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बोले बिबिध बिधाहरुमा अवार्ड छुट्याइ याक्थुङ चलचित्रकर्मीहरुलाई प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा चलचित्र तर्फ र लघु चलचित्र तर्फ फरक फरक बिधाहरुमा अवाड प्रदान गरिएको छ । चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्रदान गरिएको हो । लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिएको हो ।
अवार्ड विजेताको सूचीः
चलचित्र तर्फ
निर्देशक दिनेश माङमु – युक्पुङ
नायक – किशोर सम्बाहाम्फे – माङ्गेना
नायिका – बिमला खजुम – चे
नव नायक – राज श्रेष्ठ – सिकुम
नव नायिका – निसाम तुम्बापो – लोजिमा
चरित्र अभिनेता – सिडी बेघा – हाङनान्द
चरित्र अभिनेत्री – डम्बर कुमारी पयाङ्बो – सुगुप
सोदुङ्ना लेम्मुहाङ अवार्ड – प्रेम सुब्बा
तिगेन्जङना अवार्ड – मिना हुक्पा चोङवाङ
सोसियल चोइस चलचित्र – सुगुप
सोसियल लघु चलचित्र – खोक्पा
लघु चलचित्र तर्फ :
उत्कृष्ट चलचित्र – खोक्पा
उत्कृष्ट निर्देशक – प्रकाश लिम्बु – खोक्पा
नायक – तिरज लिम्बु – खोक्पा
नायिका -बिमला थोक्लिहाङ -इछिङ
अभिनेता – कर्ण सम्बाहाम्फे – इछिङ
अभिनेत्री – मिना हुक्पा चोङवाङ
Discussion about this post