BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

असार १५ मा दही चिउराको महत्व

विशेष अनलाइन by विशेष अनलाइन
असार १५, २०७९, ११:३९ बिहान
in FEATURE, अन्य
असार १५ मा दही चिउराको महत्व
83
SHARES
Share on FacebookShare on Twitter

दयाराम दाहाल । नेपाली समाजमा असार १५ एउटा पर्वका रुपमा विकास हुदै गएको छ । बिशेष त किसानहरुका लागि असार महिनाले निकै महत्व राख्छ । ‘मानो खाएर मुरी उब्जाउने समय’का रुपमा असार महिनालाई लिइन्छ । खेतमा धान रोपाइ गर्ने कामको चटारोले थकित भएका किसानको शरीरमा शीतलता हुनका साथै शक्ति सञ्चय हुन्छ भन्ने विश्वासका साथ दही चिउरा खाने परम्परा रहेको छ । तर पछिल्लो समय असार १५को स्वरुप फेरिएको छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका,नेपाल भन्दा बाहिर बसोवास गर्दै आएका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँन थालेका छन्। यसलाई सामाजिक सञ्जालले थप रोचक बनाएको छ ।

पारिवारिक भेटघाट गर्ने अवसरका रुपमा पनि असार १५ लाई लिन थालिएको छ । आफ्नै जिम्मेवारीमा रहेर कार्यसम्पादन गरिरहेका पारिवारिक सदस्य,आफन्त,साथीभाइसँग भेटघाट गरि एकआपसमा सद्भाव प्रकट गर्दै दही चिउरा केरा आप जस्ता परिकारहरु खाने र रामाइलो गर्दै सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गर्ने संस्कारले पनि यस पर्वको महत्व थप बढाएको छ । नेपाल सरकारले पनि यस दिनलाई धान दिवसका रुपमा मनाउदै आएको छ ।

रोपाईं गरी दही चिउरा खानाले गति परिन्छ भन्ने जनविश्वास रहेकाले आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाएर असार १५ मनाउने गर्छन । परम्परालाई फर्किएर हेर्ने हो भने असार १५ लाई हाल मनाउने भन्दा केही फरक पाउन सकिन्छ ।

असारमा रोपाइँ गर्ने र रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने परापूर्वकाल देखि चल्दै आएको प्रचलन हो । उक्त समयमा रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन थियो । तर समयक्रमले यसलाई असार १५ मा पुर्‍याएको हो । हाल भने रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने गरिन्छ । धान नरोप्ने नेपालीहरुले पनि असार १५ मा दही चिउरा खाएर रमाइलो गर्ने परम्पराको विकास हुदै गएको छ ।

परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसीयालीमा भोजस्वरुप दहीचिउरा खाने चलन रहेको थियो । रोपाइँमा सबै जना खेतमै व्यस्त हुने हुँदा छुट्टै रमाइलो हुने गथ्र्यो । निमेक दिएर वा पर्म गरेर वरपरका छरछिमेकीहरुलाई समेत डाकेर धान रोप्ने गरिन्थ्यो । त्यस क्रममा एकापसमा पानी छ्याप्ने, हिलो छ्याप्ने, गराहरूमा बीउ फ्याँक्दा बाउसे, रोपाहारहरूलाई भिजाएर रमाइलो गर्ने गरिन्थ्यो । त्यसका साथै रमाइला असारे भाकाहरुले सुनमा सगन्ध थप्ने गर्दथ्यो । रोपाइँमा असारे भाकाको छुट्टै महत्व रहेको छ ।

नेपाली संस्कृतिमा दहीलाई निकै लाभदायिक मानिन्छ । कुनै पनि शुभकार्य गर्दा, शुभकार्यका लागि घरबाहिर जादा, कतै लामो यात्रामा निस्कदा वा कुनै पनि महत्वपूर्ण कार्य गर्नुअघि दहीमा अक्षता मुछेर निधारमा रातो टीका लगाउदा कार्य सफल हुन्छ भन्ने विश्वास गरिन्छ । शुभकार्यमा निस्कदै गर्दा दहीमा मुछिएको रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गर्ने परम्परा रहेको । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेथिए भन्ने कथन रहेको छ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्ने विस्वास गरिन्छ ।

दयाराम दाहाल,इटहरी

Previous Post

नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’मा काम गर्दै ब्रह्मानन्दम

Next Post

प्रसाद २ बन्ने, निश्चलको स्थानमा अपर्णको इन्ट्री

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
प्रसाद २ बन्ने, निश्चलको स्थानमा अपर्णको  इन्ट्री

प्रसाद २ बन्ने, निश्चलको स्थानमा अपर्णको इन्ट्री

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।