बिशेष अनलाइन । भनिन्छ, अभिनय गर्नु मात्र कलाकारको धर्म हैन । कलाकारलाई समाजको ऐनाका रुपमा लिने गरिएको छ । समाजमा आइपरेका बिभिन्न सामाजिक कार्यमा समेत कलाकारहरुको सकृयता हुने गरेको छ ।
बिभिन्न प्राकृतिक प्रकोप,समाजमा आइपरेका बिभिन्न किसिमका घटनाहरुमा कलाकारहरुले दिल खोलेर सहयोग गर्नुका साथै अभियान चलाउने गरेका छन् । यसै बिच कलाकार तथा समाजिक अभियान्ता रितेश जंग खत्रीले छुर्पी पाकाउन उमाल्दै गरेको पानीमा अचानक परेका ५ वर्षे बालक दिप्सन राईलाई आर्थिक सहयोग गरेका छन् ।
सामाजिक कार्यमा सकृय, केन्द्रिय चलचित्र कलाकार संग (FAAN) का सदस्य समेत रहेका खत्रीले अस्पतालमै पुगेर २० हजार नगद सहयोग गर्नुका साथै बालकको उपचारका लागि आर्थिक सहयोग जुटाउन अभियान सुरु गरिएको जानकारी दिएका छन् । खत्रीले आफ्नी स्वर्गिय आमाका नामबाट खडा गरिएको संस्था भवानीमाया स्मृति प्रतिष्ठानका तर्फबाट आर्थिक सहयोग गरिएको बताएका छन् ।
इलाम जिल्ला साबिकको आमचोक ७ हालको फाकफोकथुम १ घर भएका देउकुमार राइका छोरा कार्तिक १४ गते बिध्यालय जानेक्रममा अचानक छुर्पी पाकाउनका लागि उमालेको पानीमा परेका थिए । बक्षा १ मा अध्ययन रत दिप्सनको कम्मर भन्दा मुनिको भाग पाकोको छ । हाल उनको बिराटनगर स्थित म्याक्स इन्टरनेस्नल अस्पतालमा उपचार भइरहेको छ ।
देउकुमार राइको परिवारले दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउदै आएको थियो । आर्थिक अभावका कारण बालकको उपाचारमा समस्या भइरहेका बालकका बुबा देउकुमारले बताएका छन् । परिवारको नाजुक अवस्था देखेर नै आफुले आर्थिक सहयोग गरेको र उपचारका लागि अभियानको थालनी गरेको कलाकार तथा समाजसेबी खत्रीले बताएका छन् ।
उनले सबैलाई आफुले सकेको सहयोग गरिदिन आग्रह समेत गरेका छन् । सहयोग गर्न चाहानेले बालकको बुबा देउकुमार राईको मोवाइल नम्वर ९८६१९९१९३९ , यस अभियानका अभियान्ता समेत रहेका रितेश जंग खत्रीको मोवाइल नम्वर ९८०८५५१२४७ मा सम्पर्क गर्न सकिने छ ।
Discussion about this post