BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

भाद्र महिनामा जो चर्चाको पात्र बने

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २, २०७८, ५:५८ मध्यान्ह
in FEATURE, अन्य
भाद्र महिनामा जो चर्चाको पात्र बने
117
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कोरोना त्रास कम हुदै गएपछि बिस्तारै मनोरञ्जन नगरी चलमलाउन थालेको छ । चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्न थालिएको छ । छायांकनका लागि बाँकी रहेका चलचित्रहरुको छायांकन सुरु हुन थालेको छ । कोरोना कहर बिचमा चुप बसेका निर्माता तथा निर्देशकहरु पनि बिस्तारै चलचित्र निर्माणमा अग्रसर देखिन थालेका छन् । बिस्तारै चलमलाउदै गएको मनोरञ्जन नगरीमा भाद्र महिनामा बिभिन्न कारणले केही कलाकर्मीहरु चर्चाको शिखरमा रहे । यसै बिच हामीले भाद्र महिनामा चर्चामा रहेका केही कलाकर्मीहरु र चर्चाको विषय उठान् गरेका छौँ ।

santosh panta

सन्तोष पन्त
भाद्र महिनामा निकै चर्चामा रहेका कलाकार हुन् सन्तोष पन्त । ‘कमेडी च्याम्पियन सिजन २’मा प्रतिष्मर्धीका रुपमा रहेका विक्कीको प्रस्तुतिमा टिप्पर्णी गरेपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको थियो । उक्त एपिशोडमा विक्कीले फरक गर्ने प्रयास स्वरुप ‘माइम एक्ट’ गरेका थिए । यो एपिशोडमा उनले मानिस निदाएको बेला पनि मानिसको मन कसरी सक्रिय रहन्छ भनेर मोनोलक सहित प्रस्तुत गरेका थिए । विक्कीको आफ्नो नयाँ थिम दर्शक र निर्णायकका लागि नयाँ स्वाद हुने सोचका साथ प्रस्तुति दिएका थिए ।

उनको प्रस्तुतीबाट हाँसोको फोर्रा न आए पनि सन्तोष पन्त बाहेकका निर्णायकहरुले उनको प्रस्तुतीलाई उत्कृष्ट प्रतिकृया दिनुका साथै उठेर सम्मान प्रकट गरेका थिए । तर, निर्णयक मध्यका एक सन्तोष पन्तले विक्कीको प्रस्तुतीको प्रतिकृया दिदै आफुले विक्कीको प्रस्तुती नबुझेको प्रतिकृया दिएका थिए ।

निर्णायक सन्तोष पन्तको उक्त प्रतिकृया पछि विक्की निकै भावुक बनेका थिए भने उनको आँखा आँसुले भरिएको थियो । शोमा अतिथिका रुपमा आएका हास्य कलाकार किरण केसीले पनि विक्कीको प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए । ‘शोमा सबै प्रस्तुतिले हँसाउँछ भन्ने छैन । तपाईको प्रस्तुति उत्कृष्ट थियो । खुसी लाग्यो ।’केसीले भनेका थिए ।

विक्कीलाई दिएको प्रतिकृयाका कारण सामाजिक सञ्जालमा निर्णायक सन्तोष पन्त आलोचित बनेका थिए । उनलाई अधिकांश दर्शकले नकारात्मक प्रतिकृया दिएका थिए। कलाकारिताका दृष्टीले पन्त उत्कृष्ट भए पनि निर्णय गर्ने क्षेमतामा निकै कमजोर भएको प्रतिकृया दर्शकबाट आएको थियो ।

richa sharma

ऋचा शर्मा
‘कमेडी च्याम्पियन’की निर्णायक तथा अभिनेत्री तथा ऋचा शर्मा शर्मा पनि भाद्र महिनामा चर्चामा रहेका कलाकारहरु मध्यकी एक हुन् । पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी अभिनेत्री शर्मा केही दिन पहिलेबाट नै ‘कमेडी च्याम्पियन’बाट बिदा भएकी थिइन् । ऋचाले छोरालाई जन्म दिएपछि सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो नै लागेको थियो ।

सन्तान जन्मिएको केही दिनपछि नै अभिनेत्री शर्माले सामाजिक सञ्जालमा एक स्टाटु अपडेट गर्दै आफु परिपक्क भएको महशुष बल्ल भएको उल्लेख गरेकी थिइन् । अभिनेत्री शर्माले छोरालाई पुरुष मात्र नभएर एउटा असल मान्छे बनाउने उद्देश्य आफुमा रहेको समेत बताएकी थिइन् । उक्त स्टाटसमा नै अभिनेत्री शर्माले आफ्नो सान्तानको नामाकरण गरिएको विषयमा पनि उल्लेख गरेकी थिइन् ।

२०७६ मंसिर २१ गते दिपेक्ष राणासँग प्रेम विवाह गरेकी शर्माले छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिएकी थिइन् ।

bishnu majhi

बिष्णु माझी
तिज गित चरी जेलैमा निकै लोकप्रिय भए पछि गायिका बिष्णु माझी भाद्र महिनामा चर्चाको पात्र बनिन् । उनले गाएको गितले सबैको नजर तानेपछि पुन मिडियामा बिष्णु माझीको खोजी हुन थाल्यो । उनका शुभचिन्तकहरुले चासो व्यक्त गरेपछि राष्ट्रिय मानव अधिकार आयोगको समेत यस बिषयमा ध्यानाकर्षण भएको थियो।सामाजिक सञ्जालमा भएको उनको चर्चा अन्तत जिल्ला प्रशासन कार्यलय हुदै प्रहरीसम्म पुग्यो । राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे वुझ्न निर्देशन दियो। बिष्णु माझीको अवस्था बुझ्न प्रहरी उनको माइति खोज्दै स्याङ्जाको चापाकोट पुग्यो ।

विष्णुको माइतीघरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी लामो समयदेखि माइतीघर नआएको प्रहरीले बताएको थियो । नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्को सुपरहिट गीत दिएकी गायिका माझी लामो समयदेखि सार्वजनिक रुपमा देखिएकी छैनन् । गायिका माझीले एउटा गित गाए बापत २ लाख रुपैया पारिश्रमिक लिने गरेको बताइएको छ ।

sudarshan thapa

सुदर्शन थापा र सुप्रिया कटुवाल
भाद्र महिनामा चर्चामा रहेको अरु २ नाम हुन् सुदर्शन थापा र सुप्रिया कटुवाल । आफ्नो जन्मदिनको अवसर पारेन निर्देशक सुदर्शन थापाले मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेपछि उनीहरुको एकाएक चर्चा चुलिएको थियो । बिशेष गरी निर्देशक थापाको नाम अभिनेत्री पुजा शर्मासँग जोडीएर आउने गरेका कारण पनि नेपाली दर्शकका लागि सुदर्शन थापाको यो कदम गतिलो सरप्राइज थियो ।

सुदर्शन र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । प्रेम कथामा आधारित चलचित्र निर्देशनमा माहिर मानिएका निर्देशक थापा एक समय अभिनेत्री पुजा शर्मासँग प्रेममा रहेको चर्चा हुने गरेको थियो । अभिनेत्री पुजाले आफ्नो हातको ट्याटुमा एस लेखेका कारण पनि उनको प्रेमसम्बन्ध निर्देशक सुदर्शन थापासाग रहेको व्याख्या हुने गरेको थियो ।

चलचित्र ‘मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका सफल चलचित्र निर्देशन गरेका सुदर्शनले केही चलचित्रहरुमा अभिनय समेत गरेका छन् । अभिनयमा जम्न नसकेका सुदर्शन चलचित्र निर्देशनमा भने दर्शकको नजरमा परेका निर्देशक हुन् । सुदर्शन र सुप्रियाको बिहे भने असोज २२ गते तय गरिएको छ ।

bharatmani paudel, santosh thapa & bikki agrawal

भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा
‘कमेडी च्याम्पियन २’ अन्तिम चरणमा पुगेका कारण पनि भाद्र महिनामा यस शो र यसमा रहेका टप ३ प्रतिष्पर्धीहरुको चर्चाले राम्रै स्थान पायो । ‘कमेडी च्याम्पियन २’ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा प्रतिष्पर्धामा रहेका छन् । तीन प्रतिष्पर्धीहरु मध्य उपाधी कस्ले जित्ला भन्ने बिषयनै सबैको नजर छ ।

भरतमणी पौडेल उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका हुन्, भने विक्की अग्रवाल र सन्तोष थापालाई प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्म ल्याएको हो । यि तीनमध्ये एकले उपाधि उठाउने छन् । नेपाली दर्शकलाई पेट मिचिमिचि हसाउन सफल भरतमणीका ‘घरबेटी र डेराबाल’, ‘डाक्टर साहेब’, ‘जेष्ठ नागरिकमा हुने पिडा’, ‘पत्रकारको कथा’, ‘पुर्व युबराज पारसको क्यारिकेचर’ लगायतका प्रस्तुतीले दर्शकको मन जित्न सफल भएका छन् ।

यस्तै विक्कीका ‘यहाँनीर दुख्छ हो’, ‘एयर होस्टेज–बस कन्डक्टर’, ‘हरिमाया भाउजू’, ‘फिल्म डाईरेक्टर’, ‘रावणको पुनर्जन्म’, ‘पेन्टोमाईम’ लगायतका प्रस्तुतिले नेपाली दर्शकको मन जित्न सफल भएका छन् ।उनको ‘पेन्टोमाईम’ प्रस्तुतीमा निर्णायक सन्तोष पन्तको आलोचना समेत भएको थियो । जस्ले विक्कीको लोकप्रियतामा भने निकै फाइदा पुगेको देखिएको छ ।

यता सन्तोष थापाका ‘अङ्ग्रेजी टिचेर’, ‘महोत्सवको कथा’, ‘डेलिभरी ब्वाईको पीडा’, ‘मपनी व्यापारी’, साथै फाइनलमा आफ्नै पिडा प्रस्तुत गर्ने ‘भरत–विकीको चेपुवा’ लगायतका प्रस्तुति दर्शकमाझ निकै लोकप्रिय बनेका थिए ।

https://www.youtube.com/watch?v=aIsdawngENg

Tags: ऋचा शर्माबिष्णु माझीभरतमणी पौडेलविक्की अग्रवालसन्तोष थापासन्तोष पन्तसुदर्शन थापा र सुप्रिया कटुवाल
Previous Post

प्रदर्शनको तयारीमा ‘हिजो आजका कुरा’

Next Post

प्रतिमा केसि र राग पौडेलको आवाजमा ‘भन्देउ हजुर’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
प्रतिमा केसि र राग पौडेलको आवाजमा ‘भन्देउ हजुर’

प्रतिमा केसि र राग पौडेलको आवाजमा ‘भन्देउ हजुर’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।