BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

यी कलाकार, जसले डिप्रेशनलाई परास्त गरे

विशेष अनलाइन by विशेष अनलाइन
साउन २१, २०७८, १२:२४ मध्यान्ह
in FEATURE, अन्य
यी कलाकार, जसले डिप्रेशनलाई परास्त गरे
121
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । मनोरञ्जन नगरी धेरैको रहरको क्षेत्र हो । यो क्षेत्रमा स्थापित हुन धेरैले हदैसम्मको संघर्ष गरेका उदाहरणहरु प्रसस्तै छन् । कतिपय त यो क्षेत्रमा स्थापित हुन संघर्ष गर्दा गर्दै हार खाएर यो क्षेत्रबाट नै बिस्थापित भएका छन् । मनोरञ्जन नगरीलाई अन्य क्षेत्र भन्दा संवेदनशिल क्षेत्र मानिन्छ ।

सानो सानो कारणले पनि याहाँ स्थापित भएका कतिपय कलाकारहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएका छन्,कतिपय बिस्तापित भएका छन् भने कतिपय डिप्रेशनको सिकार भएका छन् । केही समय अघिमात्र डिप्रेशनको सिकार भएर कलाकार जेनी कुवरले आत्महत्याको बाटो रोजेकी थिइन् ।

कलाकार जेनी कुवर जस्तै डिप्रेशनको सिकार भएका कतिपय कलाकारहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् भने केही त्यस्ता कलाकारहरु पनि छन्, जस्ले डिप्रेशनलाई परास्थ गर्दै नियमित काममा फर्किएका छन् । हास्य कलाकार केदार घिमिरे, अभिनेत्री श्वेता खड्का,नम्रता श्रेष्ठ, कलाकार निरु खड्का गायिका ज्योति मगर यसको ज्वलन्त उदाहरण हुन् ।

केदार घिमिरे
सबैलाई हसाइराख्ने कलाकार हुन् केदार घिमिरे अर्थात् माग्ने बुढा । माग्ने बुढा पनि डिप्रेशनलाई जित्ने कलाकारमा पर्छन् भन्दा धेरैलाई बिस्वास नलाग्न सक्छ,तर यो सत्य हो । कुरा चलचित्र छक्का पञ्जाको छायाकंनको समयको हो । चलचित्र ‘छक्का पञ्जाको छायाकंनका क्रममा सेटमै माग्ने बुढा पेट दुखेर बिरामी परेका थिए । पेट दुखेपछि उनी केही समय सामान्य रुपमा आराम गरेर बसे । तर, बिस्तारै उनको पेट दुखाइले ठूलो रुप लियो । सामान्य मानिएको पेट दुखाइ उनको टाउको दुखाई बन्न पुग्यो । सामान्य उपचार गर्दा ठिक नभएपछि उनी तनाबमा परे । त्यसको उपचारकै क्रममा उनले आफूलाई डिप्रेशन भएको थाहा पाए । सुरुमा त उनलाई आफू डिप्रेशनमा गएको बिस्वास लागेन । तर, डाक्टरले डिप्रेशन भएको बताए पछि उनी बिस्वास गर्न बाध्य भए ।

सबैसँग हासी खुशी रहन रुचाउने माग्ने बुढालाई डिप्रेशन भएपछि भने अचम्मको लक्षण देखिन थाल्यो । उनलाई होहल्लामा बस्न मन नलाग्ने, मान्छेहरुसँग कुरा गर्नै मन नलाग्ने हुन थाल्यो । अलिकति हल्ला सुन्ने बित्तिकै उनलार्ई झर्को लाग्ने गर्थ्यो । पटक पटक भुईँचालो आएको अनुभूति हुन थाल्यो । गाडीमा हिँड्दा दुर्घटनाको डर लागिरहन्थ्यो भने सही र गलत सहजै छुट्याउन नसक्ने अवस्थामा पुगिसकेका थिए माग्ने बुढा ।

kedar ghimire

यतिसम्म की उनले आफू डिप्रेशनमा रहेको बेला केही कला क्षेत्रकै साथीहरुलाई नराम्रो व्यवहार समेत गर्न पुगेका थिए। उनी भन्छन् त्यस समय दिमागले के के सोच्यो थाहा छैन । केही व्यक्तिहरुलाई त गलत कुराहरु लेखेर म्यासेजमा पठाएको पनि उनी बताउँछन् । उनी आफू डिप्रेशनबाट झण्डै पागलपनको अवस्थामा पुग्न लागेको बताउँछन् ।

डिप्रेशनका समयमा परिवार,आफन्त तथा साथीभाइहरुको साथ अत्यन्तै महत्वपूर्ण हुने अनुभव माग्ने बुढासँग छ । बिस्तारै परिवारको सहयोग, आफन्त तथा साथीभाइहरुको साथ र औषधिको उचित प्रयोगबाट उनी डिप्रेशनबाट बाहिर आए । डिप्रेशनबाट बाहिर आउन उनलाई चलचित्र नगरीका उनका निकट साथीहरुले महत्वपूर्ण साथ दिएका थिए।

श्वेता खड्का
डिप्रेशनको सिकार भएर पुन नियमित जिवनमा फर्किएकी अर्की कलाकार हुन् अभिनेत्री श्वेता खड्का । अभिनेत्री खड्का त डिप्रेशनको चरम बिन्दुमा पुगेकी थिइन् । विवाहको एक महिना पुरा हुन नपाउदै श्रीमान् श्रीकृष्ण श्रेष्ठलाई गुमाउनु उनको जीवनको सबैभन्दा ठूलो चोट थियो । सोही कारणले गर्दा उनी एक वर्ष भन्दा बढी नै डिप्रेशनको सिकार बन्न पुगेकी थिइन् ।

नेपाली समाज अझै पनि पित्रीसताद्मक छ । विवाह लगत्तै श्रीमानको निधन हुँदा अभिनेत्री श्वेताले धेरै आरोपहरुको सामना गर्नुपरेको थियो । उनलाई सम्पत्तिका लागि बिहे गरेकी हो भन्ने सम्मको आरोप लाग्यो । उनी सेतो वस्त्रमा छँदै घरमा सम्पत्तिकै नाउँमा झगडा भएको समेत सुनिन् । उनकालागि त्यो अर्को सम्हालिनै नसक्ने चोट थियो। श्वेताको चर्किएको घाउमा नुन खुर्सानी छर्नेहरु धेरै नै थिए ।

श्रीमानको निधनपछि ४५ दिनसम्म एउटा कोठामा आफूलाई कैद गरेर बसेकी श्वेता त्यसपछि आमाबासँगै बस्न पुगिन् । त्यही समयदेखि श्वेतामा डिप्रेशन सुरु भैसकेको थियो । एक वर्षसम्म चरम डिप्रेशनमा थिइन् श्वेता । त्यसको ठिक एक वर्षपछि भूकम्प गयो । श्वेताले हजारौँ मृत्यु देखिन् । मनमा चोट भए पनि उनले हजारौँ मृत्युलाई सकारात्मक नजरबाट हेरिन् । उनले अन्तत जीवनमा मरिलानु केही नरहेको महशुष गरिन्।

sweta khadka

उपचारको लागि अमेरिका पुगेकी उनले उपचारका क्रममा बिभिन्न नेपाली चलचित्रहरु हेर्न थालिन् । किताब पढ्न सुरु गरिन् । कसरी हुन्छ आफुलाई ब्यस्त राख्न थालिन् । उनले बिस्तारै आफुलाई सहज महशुष गर्न थालिन् । त्यसपछि उनलाई थाहा भयो, संसारमा दुःखी उनी मात्रै छैनन् । त्यसपछि उनलाई बाँच्नुपर्छ भन्ने लाग्यो । उनले भूकम्प पीडितको सहयोगार्थ अमेरिकामा चलचित्रको च्यारिटी गरिन् । त्यहाँ उनले दुखेको मन लुकाएर हाँसेको नाटक गर्नुपर्थ्यो ।

श्वेता बिस्तारै सामान्य हुन थालिन् । निर्माण र होटेल व्यवसाय सम्हाल्न थालिन् । माझी बस्तीको निर्माणमा जुटिन् । क्यान्सर पीडितलाई सहयोग गर्न थालिन् र अन्तत उनले जीवनलाई सामान्य बनाउन सफल भइन् । डिप्रेशनलाई परास्त गरेछि उनले चलचित्र ‘कान्छी निर्माण गरिन् । चलचित्र कान्छीले सफल ब्यापार समेत गर्यो । अभिनेत्री श्वेता हाल बिजयन्द्र सिंह रावतसँग बैवाहिक जिवनमा रमाइरहेकी छिन् ।

नम्रता श्रेष्ठ
डिप्रेशनको शिकार भएकी अर्की अभिनेत्री हुन्, नम्रता श्रेष्ठ । अभिनेत्री श्रेष्ठले आफू डिप्रेशनमा गएको कुरा स्वीकार गर्न गाह्रो भएको बताउँदै यो कुरा अरुलाई सेयर गर्न पनि गाह्रो भएको बताउँछिन् । उनले आफू डिप्रेशनमा भएको समयमा तीन पटकसम्म आत्महत्याको प्रयास गरेको समेत बताएकी छिन् ।

आफूले गरेका हरेक कामहरु चित्त नबुझ्ने, जे गरे पनि नराम्रो गरिरहेको जस्तो लाग्ने, होहल्लामा बस्न मन नलाग्ने, मान्छेहरुसँग कुरा गर्नै मन नलाग्ने हुन थाल्यो । अलिकति हल्ला सुन्ने बित्तिकै उनलार्ई झर्को लाग्ने हुन थाल्यो। चलचित्र ‘क्लासिकमा काम गर्दैगर्दा आफूलाई चलचित्रमा गरेको काम मनै नपर्ने भएको र हरेक रातहरु रोएर बितेको उनले बताएकी छिन् ।

namrata shrestha

उनले सबैभन्दा गाह्रो पीडा दिमागको हुने भन्दै यदि मान्छे दिमागी हालतमै ठिक छैन भने बाँच्नुको कुनै अर्थ नरहने पनि बताइन् । उनले त्यस समय डिप्रेशनबाट मुक्ति पाउनका लागि साथीभाइ तथा परिवारसँग सल्लाह मागेकी थिइन् । परिवारको सहयोग, आफन्त तथा साथीभाइहरुको साथ र औषधिको उचित प्रयोगबाट नै उनी डिप्रेशनलाई परास्त गर्न सफल भएकी थिइन् । डिप्रेशनलाई परास्त गर्दै अन्तत उनी निययित कार्यमा फर्किन सफल भएकी थिइन् । डिप्रेशनबाट बाहिर आएपछि उनले केही चलचित्रहरुमा समेत काम गरिसकेकी छिन् भने अफनै लगानीमा चलचित्र जायरा निर्माण समेत गरिसकेकी छिन् ।

ज्योति मगर
लोक गायिका ज्योति मगर सधै बिन्दासमा रहने गर्छिन् । हुन त लोक गायिका मगर विवादमा समेत तानिइरहने गायिकामा पर्छिन् । उनको पहिरन र स्टेज कार्यक्रममा उनले गर्ने प्रस्तुतिका कारण दर्शकको उनीप्रति हेर्ने नजर बेग्लै छ । गयिका मगर पनि डिप्रेशनको सिकार भएकी थिइन् भन्दा धेरैलाई बिस्वास नलाग्न पनि सक्छ, तर यो सत्य हो ।

ज्योति मगर चर्चित भएसँगै उनलाई मानसिक रुपमा पनि तनाव सुरु भयो । कारण उनको पहिरनलाई लिएर दर्शकले उनको बारेमा नराम्रो प्रतिक्रिया गर्नु । दर्शकले आफ्नो बारेमा गरेका नराम्रा कमेन्टहरुले ज्योति डिप्रेशनमै गएकी थिइन् ।

jyoti magar

दिनभरि हाँसेर घर पुग्ने ज्योतिले धेरै रात रोएर बिताएकी छिन् । दर्शकको नराम्रो प्रतिक्रियाले आफु डिप्रेशनमै पुगेको ज्योतिले बताएकी छिन् । त्यो समयमा उनले आफूलाई केही न केही काममा व्यस्त राखेर डिप्रेशनबाट बाहिर ल्याएको उनी बताउछिन् । आफुलाई जे जसरी हुन सक्छ त्यसरी व्यस्त राख्न कोसिस गर्नु र सकारात्मक सोच राख्नु नै डिप्रेशनको सबैभन्दा महत्वपूर्ण औषधी रहेको ज्योतिको भनाई छ ।

निरु खड्का
हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट ‘निर्मली’ को रुपमा दर्शकको मन जित्न सफल भएकी कलाकार हुन् निरु खड्का । उनी पनि एक समय डिप्रेशनको सिकार बन्न पुगेकी थिइन् ।

उनले एक समय आफू डिप्रेशनमा पुगेको र त्यसलाई आफूले जित्न सफल भएको बताएकी छिन् । त्यसको मुख्य कारण हो २०७२ सालमा गएको महाभूकम्प । महाभूकम्पले नेपालमा त तहस नहस बनाएको थियो नै त्यसले गर्दा उनको जीवनमा पनि कालो बादल छायो । निरुले भूकम्पको झट्काकै कारण आफू लामो समयसम्म डिप्रेशनमा रहेको बताएकी छिन् ।

Niru khadka

त्यसताका उनी कामबाट पूर्ण रुपमा हराएकी थिइन् । निरु डिप्रेशनमा हुँदा उनलाई जिन्दगी नै भार लाग्ने गर्थ्यो । मनमा विभिन्न नकारात्मक कुराहरु मात्रै आउँथे भने कता कता आत्महत्या गर्न मन लाग्ने समेत हुने गरेको थियो। त्यतिमात्र नभएर केही काममा ध्यान नजाने, अरुलाई देख्दा पनि रिस उठ्ने, नकारात्मक ख्यालहरु बढी आउने, बाँच्न मन नलाग्ने यस्ता धेरै कुराहरु निरुले महसुष गरेकी थिइन् ।

चिकित्सक, परिवार र नजिकका साथीभाइको सहयोगमा उनले डिप्रेशनलाई परास्त गर्न सफल भएकी थिइन् । यी सबैले आफूलाई उर्जा दिएका कारण आफू डिप्रेशनबाट बाहिर आएको निरु बताउँछिन् । डिप्रेशनलाई परास्त गर्दै उनी पूर्णरुपमा स्वस्थ भएर नियमित काममा फर्किसकेकी छिन् । डिप्रेशनलाई परास्त गरेपछि उनी नियमित ध्यान गर्ने गर्छिन्

Tags: केदार घिमिरेज्योति मगरनम्रता श्रेष्ठनिरु खड्काश्वेता खड्का
Previous Post

ड्रिमहाई नेपालले मिडिया अवार्ड आयोजना गर्ने

Next Post

मायालुको माया पाउने आशा गर्दै प्रमोद

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

पुस ३०, २०८२, १:४७ मध्यान्ह
​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
Next Post
मायालुको माया पाउने आशा गर्दै प्रमोद

मायालुको माया पाउने आशा गर्दै प्रमोद

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

by विशेष अनलाइन
पुस ३०, २०८२, १:४७ मध्यान्ह
0

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।