BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कोरोना कहरमा शिक्षा

शैक्षिक सत्र सुचारु राख्ने पूर्वतयारी कमजोर

विशेष अनलाइन by विशेष अनलाइन
असार १२, २०७८, ४:२० मध्यान्ह
in FEATURE, अन्य
कोरोना कहरमा शिक्षा
96
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल । कोरोना कहरको दोस्रो लहरले विद्यालय बन्द हुँदा इटहरी वडा नं. २ का रोशन बराल आफ्नो पढाईं अनलाइनमार्फत पूरा गरि रहेका छन् । रोशनलाईं विद्यालय जान नपाएपनि आफ्नै घरको कोठालाई कक्षाका रूपमा परिणत गरी सिक्ने अवसर अनलाइन शिक्षाले दिलाएको छ ।

गत साल कोरोना भएका बेला लकडाउनले लथालिङ् बनेको पठनपाठन लयमा नफर्किँदै यो शैक्षिकसत्र दोस्रो लहरको कोरोनाले अस्तव्यस्त बन्यो । जसले गर्दा अब उत्तम बैकल्पिक शिक्षणको खोजी भइरहेको छ। रोशनका अनुसार अनलाइन कक्षा त्यति प्रभावकारी छैन । इन्टरनेटको समस्या आइरहन्छ । तर, पनि बिकल्प केही नहुँदा दुःखसुखको सारथी नै अनलाइन बनेको छ ।

कोरोना संक्रमणले शिक्षक–विद्यार्थीबीचको भौतिक सम्बन्ध छुटाए पनि अनलाइन शिक्षाले जोड्न सहयोग गरेको छ। अनलाइन कक्षाले प्रविधिसँग नजिक बनाएको छ । कक्षा ११ मा अध्ययनरत इटहरी वडा नं. ८ की समिक्षा निरौला अनलाइन कक्षा हुँदा कक्षामा निरन्तर सहभागी हुने गर्छिन । अनलाइन मार्फत कक्षामा सहभागिता हुँदा भने समिक्षाले जहिल्यै समस्या झेल्नुपर्छ । उनी भन्छिन् ‘अनलाइन कक्षामा निरन्तर सहभागिता हुने गर्छु । तर, बेला बेलामा नेटमा समस्या आइदिन्छ । कहिले आफ्नैमा त कहिले सरको नेटमा समस्या आउने गर्छ ।’

इटहरी वडा नं. २ मा सञ्चालित महेन्द्र माध्यामिक विद्यालयले कोरोना महामारीको पहिलो लहरदेखि नै अनलाईन कक्षालाई प्रथमिकता दिँदै आएको छ । ‘अनलाइन कक्षा प्रत्यक्ष शिक्षा जस्तो प्रभावकारी नै त हुन सक्दैन तर अध्ययनमा मन लगाउने विद्यार्थीका लागि भने ठीकै छ,’ प्रधानाध्यापक मेदन घिमिरेले भने ।

उनका अनुसार विद्यालयमा अध्ययन गर्ने सवै विद्यार्थीलाईं सकेसम्म समेट्ने प्रयास गरिएको छ। सबैलाई सहज होस् भनेर कक्षा अनुसार फेसबुकमा ग्रुप बनाएको पनि उनले जानकारी दिए । साना कक्षाका विद्यार्थीका लागि पनि रेडियो तथा टेलिभिजनमा अनलाईन कक्षा सञ्चालन हुने समय अविभावकलाई जानकारी गराएर निगरानी गर्न आग्रह गरिएको घिमिरेले बताए ।

इटहरी वडा नं. २० मा सञ्चालित जनसहयोग माध्यामिक विद्यालयले पनि अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै ११ र १२ कक्षामा अनलाइनमार्फत पठनपाठन गर्दै आएको छ । कक्षा १ देखि १० सम्मका लागि पनि अनलाइन कक्षाको तयारी भइरहेको सहायक प्रधानाध्यापक योगेन्द्र निरौलाले बताए । ‘बैकल्पिक शिक्षा सञ्चालन भइरहेको भए पनि त्यसमा सबै विद्यार्थीको सहभागिता हुन सकेको छैन,’ उनले भने ।

विपत्तका बेलामा पनि प्रविधिसँग जोडिएर पठनपाठनलाई निरन्तरता दिने र शैक्षिक सत्रलाई सुचारु राख्ने पूर्वतयारी र प्रक्रियाहरू अत्यन्तै कमजोर देखिएका छन । इटहरी वडा नं. ५ का सिरोधन चौधरी दैनिक ज्याला मजदुरी गरेर भए पनि छोरालाई बोर्डिङ् स्कुलमा पढाउने गरेका थिए । तर, कोरोनाले गर्दा उनलाई रोजीरोटीकै समस्या छ । छोराको स्कुलमा अनलाइन कक्षा भइरहेको छ । ‘राम्रो मोवाइल र नेट चाहिन्छ भन्छन,’ उनले भने, ‘बिहान-बेलुका खान नै धौं-धौं छ । कसरी छोराका लागि मोवाइल र नेट जोड्नु ?’

आर्थिक रुपले कमजोर विद्यार्थीलाई अनलाइन कक्षामा आउनै पर्छ भनेर कर लगाउनु जाजय नहुने निजी विद्यालयकै शिक्षक बताउँछन् । ‘आर्थिक अवस्था कमजोर भएकालाई जर्वरजस्ती गर्न मिल्दैन । अनलाइन सुविधा भएकै विद्यार्थी पनि कहिले को नआउने कहिले को नआउने समस्या भइरहन्छ,’ इटहरी वडा नं. २० मा सञ्चालित पूर्वाञ्चल बोर्डिङ् स्कुलका शिक्षक प्रदिप कार्कीले भने । नियमित अनलाइन कक्षामा सहभागी हुने विद्यार्थीलाई पनि प्रत्यक्ष रुपमा जस्तो शिक्षण गर्न नपाएको कार्कीले सुनाए ।

कोरोनाले गर्दा जेठमा हुने भनिएको एसइइ परीक्षा र कक्षा आठको जिल्लास्तरीय परीक्षा सञ्चालन हुन सकेनन् । कक्षा नौंसम्म आन्तरिक मूल्याङ्कनकै आधारमा नजिता सार्वजनिक भइ सकेको छ । इटहरी वडा नं. ५ मा सञ्चालित मकालु माध्यमिक बोर्डिङ् स्कुलमा अध्ययनरत एलिसा पौडेल एसइइ नतिजाको प्रतिक्षामा छिन् । एसइइको परीक्षा दिन नपाउँदा दुःख लागेको उनले सुनाइन् । ‘परीक्षा दिन पाएको भए आफ्नो स्तर मूल्याङ्कन हुने थियो । जसले गर्दा कुन विषय लिएर पढ्दा राम्रो हुन्छ भन्ने थाहा हुन्थ्यो । तर, आन्तरिक मूल्याङ्कनका आधारमा नम्वर आउँदा आत्मसन्तुष्टि हुँदैन,’ उनले भनिन् ।

इटहरी क्षेत्रभर ३४ समुदायिक विद्यालय, दुईवटा मर्दशा र एक सय २१ निजी विद्यायल छन् । यी विद्यालयमा ४६ हजार ९ सय ७२ विद्यार्थी मारमा परेका छन् । पहुँच भएका विद्यार्थीका लागि भिडियो, जुम, टिभी, रेडियोलगायतका माध्यमहरुको प्रयोगबाट अनलाइन कक्षाहरू सञ्चालन भइरहेका छन् । यस्ता समाग्रीको पहुँचमा सबै विद्यार्थी नभएका कारण अहिलेको शिक्षामा एकरुपता आउन सकेको छैन् ।
इटहरी उपमहानगरपालिका शिक्षा महाशाखाकी कुमारी अम्बिका साहले अहिलेको परिस्थितिमा दूरशिक्षामा जोड दिनु नै सबै भन्दा उत्तम बिकल्प भएको बताइन् ।

‘कोभिड–१९ बाट जोगिने र शैक्षिक सत्र खेर नजाने गरी पढाईलाई निरन्तरता दिने सबैभन्दा भरपर्दो उपाय भनेको दूरशिक्षा हो,’ उनले भनिन् । प्रत्यक्ष भेटघाट नगरी अनलाइन, रेडियो, टेलिभिजन, टेलिफोन, पेनड्राइभआदिमार्फत अध्ययन अध्यापन गराउनु नै अहिलेको आवश्यकता भएकाले उपमहानगरपलिका सोही अनुसार अघि बढ्ने साहले बताइन् । त्यसो त सबै विद्यार्थीसँग ल्यापटप, स्मार्टफोन, इन्टरनेट, टेलिभिजनको पहुँच नहुन सक्छ । उनीहरूलाई अनलाइन कक्षामा जोड्नु चुनौतीपूर्ण छ । तर अर्को बिकल्प नहुँदा समस्या छ । अन्य विकल्प नहुँदासम्म दूरशिक्षालाई नै प्रभावकारी बनाउनु पर्ने साहको भनाई छ ।

नगन्य सामूदायिक विद्यालयले अनलाइन कक्षा सुरु गरेपनि अधिकतरले कक्षा सञ्चालन नै गरेका छैनन् । असार १५ गतेसम्म भर्नाको समयावधि तोकिएको छ । त्यही भएर अहिले भर्ना अभियान चलिरहेको छ । ‘अबको शिक्षण सिकाई कसरी अघि बढाउने भएर इटहरी क्षेत्रका सामूदायिक र निजी विद्यालयका सञ्चालकसँग छलफल गर्ने तयारी भएको छ,’ इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव सूर्य सुवेदीले भने । कोरोनाले विद्यालय बन्द हुँदा विद्यार्थी त मारमा हुनै नै भए । शिक्षकलाई पनि उत्तिकै तनाब थपएिको छ । नियमित अनलाइन कक्षा सञ्चालन भइरहेको भए पनि अनलाइन कक्षामा सबै विद्यार्थीको सहभागिता हुँदैन ।

‘वैकल्पिक पठनपाठन विधि अघि नबढाए धर छैन’
परम्परागत पठनपाठन पद्धतिबाट दायाँबायाँ गर्न नचाहने शिक्षक–विद्यार्थीका लागि अनलाइन शिक्षा झन्झटिलो र खर्चिलो भएपनि अब बैकिल्पक विधि अप्नाएर अघि नबढे उपाय नहुने विज्ञले बताएका छन् ।

कोरोना महामारीले उत्पन्न गराएको अहिलेको परिस्थितीमा वैकल्पिक पठनपाठन विधिलाई आत्मसात नगरी धर नहुने प्राध्यापक डाक्टर टंक न्यौपाने बताउँछन् । कोरोना संक्रमण र मृत्यु दर उच्च रहेको यस घडीमा अनलाइन कक्षा, भर्चुअल कक्षा वा अन्य बैकल्पिक विधि पठनपाठन सुचारु गर्नु पर्ने प्राध्यापक डाक्टर टंक न्यौपानेले बताए । ‘अहिलेको समयमा कि अनलाइन कक्षा नै हो कि त विद्यार्थी आफैले गर्ने स्वःअध्ययन,’ न्यौपानेले भने, ‘रेडियो-टिभी पनि त्यति प्रभावकारी हुँदैन् । बरु अनलाइन नै ठीक छ।’

पूर्णरुपमा प्रभावित बनेको शिक्षा क्षेत्रलाई कोरोनाले नँया सिकाइको विकास गरेको महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रध्यापक डाक्टर रामजी तिम्सिनाको भनाइ छ । कोरोना कहरपछि पनि अनलाइन र अफलाइन दुबै कक्षालाई निरन्तरता दिनुपर्ने डाक्टर तिम्सिना बताउछन् । ‘अनलाइन कक्षाको अध्ययनले विद्यार्थीलाइ प्रविधिसँग नजिक बनाएको हुनाले प्रविधिको प्रयोगलाई सरकारी स्तरबाट नै अभिबृद्दि गरेर अघि बढ्नुपर्छ,’ उनले भने । डाक्टर तिम्सिनाको भनाईबाट अनलाइनबाटै पठनपाठन गराउने र परीक्षा पनि सञ्चालन गर्न सकिने अवसरको उपयोग गर्न सरकारले देशभर प्रविधिको पहुँच विस्तार गर्नु जरुरी छ।

उनका अनुसार अहिलेसम्मको नेपालको शिक्षण प्रणाली पाठ्यपुस्तकमा निहीत हुने गरेको छ । कोरोना भाइरसकाले अबको शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित हुनु हुँदैन भन्ने पाठ सिकाएको छ । ‘मुख्य गरि विद्यार्थीलाई व्यावहारिक शिक्षामा जोड दिनु अहिलेको सबै भन्दा महत्वपूर्ण विषय हो,’ उनले भने, ‘इन्टरनेटको पहुँच भन्दा बाहिर रहेका विद्यार्थीका लागि भने शिक्षण सामाग्री तयार पारेर विद्यार्थीको घरसम्मै पु¥याउने वातावरण मिलाउनुपर्छ ।’ आजको प्राविधिक युगमा सिकाइको माध्यम फगत शिक्षक मात्र हो भनेर कहिले विद्यालय खुल्ला र पठनपाठनमा जुटौँला भनी बस्ने समय हुँदै नभएको डाक्टर तिम्सिनाले बताए ।

 

Tags: डाक्टर टंक न्यौपानेडाक्टर रामजी तिम्सिनामेदन घिमिरेयोगेन्द्र निरौला
Previous Post

सिन्धुपाल्चोकका बाढी पीडितको आसा जगाँउदै कलाकार, एकैदिन उठ्यो ३२ लाख

Next Post

सिन्धुपाल्चोकका बाढीपीडितको सहयोगका लागि बर्षा सिवाकोटीको छुट्टै अभियान

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
सिन्धुपाल्चोकका बाढीपीडितको सहयोगका लागि बर्षा सिवाकोटीको छुट्टै अभियान

सिन्धुपाल्चोकका बाढीपीडितको सहयोगका लागि बर्षा सिवाकोटीको छुट्टै अभियान

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।