बिशेष अनलाइन । सिन्धुपाल्चोक जिल्लमा आएको बाढीका कारण घरबार गुमाएका बाढी पीडितलाई सहायता उपलब्ध गराउन कलाकार्मी लागि परेका छन् । पिडितलाई राहत उपलब्ध गराउनका साथै भत्किएका संरचनाहरुको पुर्ननिर्माणका लागि सिन्धुपाल्चोकका कलाकारहरुको पहलमा ‘सिन्धु सहयोग कोष’ खडा गरेको छ ।
काठमाडौंको बत्तीसपुतलीमा एक कार्यक्रमको आयोजना गरी बिभिन्न कलाकारहरु भेला भएका थिए । कलाकारहरुको भेलाले कोष स्थापनाको घोषणा गर्नुका साथै देश तथा बिदेशमा रहने नेपालीहरुलाई आर्थिक सहयोगका लागि अपिल समेत गरेका छन् । ।
कलाकार कृष्ण मल्ल यस अभियानका संयोजक हुन् भने सह संयोजक अभिनेत्री करिश्मा मानन्धरलाई चयन गरिएको छ । कोषाध्यक्षमा जितु नेपाललाई चयन गरिएको छ । कोष खडा भएको पहिलो दिन नै करिव ३२ लाखभन्दा बढी संकलन भएको संयोजक कृष्ण मल्लले जानकारी दिएका छन् । पहिलो दिन प्राप्त भएको रकमले उत्साहित बनाएको संयोजक मल्लको भनाई थियो ।
कोषमा कलाकारहरु करिष्मा मानन्धर, जितु नेपाल, किरण केसी,भुवन केसी,चेतन सापकोटा, दीपाश्री निरौला, गोपालकाजी कायस्थ, जनकदीप पराजुली, सुभाष खड्का, सुरेन्द्र केसी, शिवहरी नेपाल, मदनदास श्रेष्ठ लगायतले आर्थिक सहयोग गरेका छन् । कलाकारहरुले स्वतः स्फूर्त सहयोग गरिदिन सबैलाई अपिल गरेका छन् ।
Discussion about this post