BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home साहित्य

लघु उपन्यास – भोगाई

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १६, २०७७, ४:३८ मध्यान्ह
in साहित्य
लघु उपन्यास – भोगाई
122
SHARES
Share on FacebookShare on Twitter

लघु उपन्यास
शीर्षक भोगाई
भाग एक

आफू भन्दा धेरै माया गर्ने आमा वुवा टाढा हुन्छन भन्ने कसले सोचेको हुन्छ र त्यसैले निस्वार्थ माया गर्छन छोराछोरी पनि उतिवेला अहिले जस्तो नेट मोवाईल टिभी केही हुन्नथ्यो मुस्किलले कसैकसैको घरमा रेडियो हुने गर्दथ्यो । सामान्य परिवारका हुर्कने छोरी चेलीलाई अलि दुख थियोे । विहान वेलुका दाउरा घाँस गरेर पढ्नु पर्ने धेरै हुन्थे कसैको नगदे वाली हुन्थ्यो नगदे वाली लगाउनेको लागि खासै वजार थिएन सानो वजार धेरै किसान हुदा विहान ५ वजे वजार पुग्ने गरि आधा घन्टा हिन्नु पर्दथ्यो ।

खै किन हो आधा रातको सुताई आधा रातको उठाईमा पनि कुनै पीडा हुन्नथ्यो वरु खुशी मिल्थ्यो आमाको भारी आफुले वोक्न सकेकोमा ।डाह गर्नेहरु भन्थे नानी माईतीमा जति दुख गरे पनि खोकिलामा हात राखेर जानुपर्छ ज्यानको आँत राखेर काम गर तर रुविलाई अनौठो लाग्थ्यो किन यस्तो पाठ सिकाउछ यो समाज ।कसैको कुराले भन्दा पनि आमाको मायाले जित्ने गर्दथ्यो । यसरी काम भ्याएर पढ्नु पर्दा रुवीको पढाइमा कमी हुनु नौलो कुरा थिएन रंग विभेद गर्ने समाज र परिवारले आखिर आफ्नो रंग देखाउन थाले ।

उतिवेला छोरी १४र१५वर्षको भएपछि विवाह गर्न हतार हुने गर्दथ्यो ।यही कारणले रुवीले निकै मानसिक यातना भोग्नु पर्यो । वावाआमाले छोरीको पढाइ पनि कमजोर र काली भएकै कारण दाइजो दिएर विवाह गरिदिने हल्ला फिजिए संगै माग्न आउनेको कमी भएन ।यतिवेला उनको काम भन्दा रंग हेरिने धेरै थिए ।दाइजोको कुरा सुनेर धनी घरका धेरै राम्रो मान्छे आउन थाले तर रुवीलाई तिनीहरुको रुप र धनले आकर्षण गर्न सकेन किनकी धनकै लागि अर्काकी छोरी विवाह गर्ने ती दरिद्रि स्वभावसित उनको मन मिल्लैनथ्यो ।

मनको कालो नदेख्ने समाजलेअनुहारको कालो सजिलै देख्न सक्छ भन्ने पाठ पढेपछि रुवीले आफ्नो जिवनको निर्णय भाग्य र आफन्तमा भन्दा पनि आफ्नै हातमा थमाउन थालिन । कोही थियोे रंग भन्दा स्वभाव हेर्ने उसैको हातमा जिवन सुम्पिनु उचित थियोे तर एकै गाउँ थियो फुपुहरुको अपमान भएको देख्दा लाग्थ्यो मेरो पनि त्यही हाल हुने होला तर रुवीले कर्मले भाग्य वदल्न सकिन्छ भन्ने पाठ आमावुवा वाटै सिकेकी थिईन त्यसैले माया गर्छु भन्ने सित विवाह गर्नु उचित ठानेर उसैलाई जिवनको सारथि मान्न थालिन ।

रुवि र रुपक एकअर्कालाई माया गर्न पाएकोमा खुशी थिए ।भोलि मिलन होला नहोला यो त समयले वताउने कुरा महिनामा एक पटक चिठी आदन प्रदान हुदा पनि उनीहरु खुशी थिए । रुपक जागिरे हुनाले घर बाहिर शहरमा वस्ने गर्दथ्यो भने रुवी गाउँ कै स्कुलमा पढ्ने र आमावावालाई काम सघाउने गर्दथिन ।आमाले भोगेका हरेक दुख र आमाले पाएका मानसिक र शारिरीक यातनाले गर्दा रुवीलाई आमाको पिर लाग्ने गर्दथ्यो म भईन भने मेरो आमाको भारी कसले वोकिदेला घाँस कसले काटिदेला यस्तै यस्तै प्रश्नले घरी घरी रुने रुवीको विवाह वाध्यता थियो । भाइ बहिनी आमावुवा छाडेर वस्न सक्ने नसक्ने थाहा थिएन यति थाहा थियोे कि विवाह गरेर जानै पर्छ।

सोचे जस्तो जिन्दगी सवैको भईदिने भए मानिस किन रुनु पर्थ्यो जे सोच्यो त्यही उल्टो वनिदिदा मानिसको जीवन मृत्यु सम्म पुग्नु नौलो कुरा थिएन ।आमावुवालाई पनि अंशमा मारेर यो दुख गर्नु परेको भन्ने कुरा सुन्दा लाग्थ्यो एकै कोखका सन्तानलाई कसरी फरक व्यवहार गर्न सक्छ मान्छे अनि एकै कोखका दाजुभाइले कसरी एक्लै खान सक्छन किन माया लाग्दैन होला र ? यस्ता कैयौ प्रश्नले मनमा डेरा जमाए पनि उत्तर थिएन । जीवन कर्कलाको पानी हो नानी तिमीमा क्षमता छ साहित्यमा कलम चलाउने गर भोलि त्यही साहित्यले दुनियाँ माझ तिमीलाई चिनाउन सक्छ भनेर आदरणीय गुरु वद्री दाहालले भन्दा रुवीको आँखाभरी आँहु झर्दा गुरुको आँखा छल्न पछाडी फर्केर सर्टको वाहुलाले आँसु पुछेर फिस्स हाँसो छर्थिन ।

तरकारी नविकेर स्कुल जान ढिला हुदा स्कुलकै सरहरुको मुखमा हेर्दै गहभरी आँसु वनाएर सर तरकारी किनिदिनोस न म पढ्न आउन पर्छ भन्दा सायद सरहरुलाई पनि दया लाग्थ्यो होला तरकारी किनिदिन्थे । कहिल्यै लाज मानिनन रुवीले त्यसैले पढाउने सरहरुले आत्मवल थपिदिन्थे गुरुको आग्रहमा रचना रच्न मन भए पनि पारिवारिक वातावरणले खासै उपलब्धि भने मिल्न सकेन तर पनि साप्ताहिक कार्यक्रममा गुरुले लिएर जाँदा पुरस्कार पाएका ती पल अझै पनि रुविको आँखामा ताजै रहेको उनी वताउँछिन ।

संगै घरमा हुर्कने दाजुभाइ रुवीको रचनालाई प्रोत्साहन भन्दा निरुसाहित वनाउने हर प्रयास नगरेका हैनन। छोराले काम गर्न नहुने भन्ने चलन रुवीको घरमा थियोे खासै दुख गर्नु परेन भाइ वहिनीलाई तर रुवीको भने हड्डी समेतखिईएको थियोे कलिलो उमेरमा त्यो यस्तो उमेर हुने रहेछ जहाँ आफ्नो भन्दा धेरै माया आमा वुवा र भाईवहिनीको हुन्छ ।भोली कसले कस्तो रंग देखाउछ त्यो त समयको हातमा थियोे तर उतिवेला माईती घरको दुखमा निकै आनन्द मिल्ने गर्दथ्यो।यो आनन्द कहिले सम्म मिल्छ त्यो समयले वताउने कुरा रुवीले भोगेका दुख सुख ले कसको नयन नरसाउला र

क्रमश,,,

लेखक– विमला ढकाल आँशु
काठमाण्डौ

Previous Post

पत्रकार= गजलमा

Next Post

मुक्तक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

फाल्गुन २२, २०८१, ११:३३ मध्यान्ह
मेरो सपना र मेरो परिवारको सपना

मेरो सपना र मेरो परिवारको सपना

चैत्र ७, २०८०, ९:४० मध्यान्ह
इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

जेष्ठ ३१, २०७९, २:१४ मध्यान्ह
tikaram bhandari

तिम्रो र मेरो मायाको फरक (कविता)

अशोज २६, २०७८, ५:४४ मध्यान्ह
मुक्तक

मुक्तक

चैत्र १८, २०७७, १२:३४ मध्यान्ह
आमा

आमा

चैत्र १७, २०७७, १२:५९ मध्यान्ह
Next Post
मुक्तक

मुक्तक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।