इटहरी / नेपालको पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनमा निर्णायकको भुमिकामा रहेकी अभिनेत्री ऋचा शर्मा गर्भवती छिन् । गर्भवती भएको कुरा उनि सोयमले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । यसै बिच कमेडी च्याम्पियनको १५ औ एपिसोडमा आगान्तुक निर्णायकका रुपमा अभिनेत्री केकी अधिकारी र मोडल तथा अभिनेता निराजन प्रधान श्रेष्ठलाई आमन्त्रण गरिएको छ । स्मरण रहोस अभिनेत्री केकी अधिकारी कमेडी च्याम्पियनका निमार्ताहरु मध्यकी एक हुन् ।
अभिनेत्री केकी अधिकारी चलचित्र बोक्सीको घर को छायांकन सम्पन्न गरेर फर्किएका हुन् । यस्तै उनले केही समय अगाडी बिशाल भण्डारीको निर्देशनमा निर्मााण भएको चलचित्र काहानी तिम्रो मेरो को छायांकन सम्पन्न गरेकी थिइन् । जस्मा केकी र निराजनको मुख्य भुमिका रहेको छ । सोही चलचित्रको प्रमोसनका लागी पनि उनिहरुलाई आगन्तुक निर्णायकको भुमिकामा निम्त्याएको थियो ।
कार्यक्रममा स्वागत गर्दै गर्दा कार्यक्रम सञ्चालिका रिमा विश्वकर्माले अभिनेत्री केकीलाई लकडाउनको समयमा पनि निकै व्यस्त र क्रियाशिल भएर चलचित्रको छायांकन सम्पन्न गरेको कुरा उल्लेख गर्छिन् । अभिनेत्री केकी अधिकारीले भने रिमाको प्रश्नको जवाफ फर्काउदै अभिनेत्री तथा कमेडी च्याम्पियनकी निर्णायाक ऋिचा शर्मालाई गर्भवती भएको कुरामा व्यंग्य गर्छिन् । उनले ऋचालाई इंगित गर्दै लकडाउनको समयमा म व्यस्त र क्रियाशिल छु भन्ने सोचेको थिँए, तर म भन्दा व्यस्त त अरु २ जना व्यस्त र क्रियाशिल रहेछन् भनेर मजाक उडाउछिन् । उनको उक्त अभिव्यक्तीले कमेडी च्याम्पियनमा केही समय निकै हासो मच्चिएको छ ।
Discussion about this post