बिशेष अनलाइन । अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले नेपाललाई हलिउड चलचित्रको छायांकन गन्तव्य बनाउन पहल गर्ने बताएका छन् ।
भर्चुअल रुपमा सुरु भएको नेपाल(अमेरिका फिल्म फेस्टिभलको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री समेत रहेका खतिवडाले नेपालमा चलचित्र छायांकन गर्न हलिउडका निर्माता तथा निर्देशकसँग आग्रह गर्ने बताएका हुन् ।
केही दिनअघि लस एन्जल्स सहरको भ्रमण गर्दा आफुले केही हलिउड चलचित्रका निर्माताहरुसँग भेट गरेको बताएका छन् । उनीहरु नेपालमा चलचित्र छायांकन गर्न आकर्षित भएको खतिवडाले बताएका छन् । । उनले आफू अर्थमन्त्री हुँदा नेपालमा चलचित्र स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरेको समेत उल्लेख गरेका छन् ।
जुन १७ देखि २० सम्म चल्ने फेस्टिभलमा नेपाल र अमेरिकासहित १४ देशका ३० चलचित्र प्रदर्शन हुनेछन् । स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत् महोत्सवमा प्रदर्शन हुने चलचित्र निःशुल्क हेर्न सकिने बताइउको छ ।
Discussion about this post