BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

महानायक हमालको आज जन्मदिन, कति वर्ष पुगे हमाल ?

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २५, २०७८, १२:१६ मध्यान्ह
in FEATURE, चलचित्र
महानायक हमालको आज जन्मदिन, कति वर्ष पुगे हमाल ?
407
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली चलचित्र जगतको एउटा अजर अमर नाम हो राजेश हमाल । उनको आज जन्मदिन परेको छ। उनी ५७ वर्ष पुगेका छन् । नेपालको महानायकको परिचय बनाएका अभिनेता हमालको जन्म ९, जुन, १९६४ मा पाल्पाकाे तानसेनमा भएकाे हाे । कुनै समय थियो जतिबेला चलचित्र चलाउनका लागि पोष्टरम भए पनि राजेश हमालको तस्बिर देखाउनु पर्थ्यो ।

महानायक हमालले स्व.दीपक रायमाझी निर्देशित चलचित्र ‘युगदेखि युगसम्म’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका थिए । उनको पहिलो चलचित्रलाई नै दर्शकले रुचाएका थिए ।

नेपाली चलचित्र उद्योगलाई व्यवसायिकता तर्फ डोर्‍याउन महानायक हमालको महत्त्वपूर्ण भूमिका रहेको छ । महानायक हमालले नेपाली चलचित्रमा २ दशक भन्दा लामो समय बिताइसकेका छन् ।

चलचित्र नगरी भन्दा केही पर्व रहेर पनि नेपाली दर्शकको मन-मनमा बस्न सफल भएका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनलाई बिभिन्न पुरस्कारहरूले सम्मानित गरिएको छ । Rajesh hamal

चलचित्र नगरीमा पुर्याएको योगदानको कदर गरेर नै उनलाई महानायकको उपाधी दिइएको हो । राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) को उपाधी समेत महानयक हमाललाई नै प्रदान गरिएको थियो । महानयक हमाल अभिनयमा मात्र नभएर समाज सेवामा पनि उत्तिकै सक्रिय छन् ।

अभिनेता हमालले पछिल्लो समय अभिनय गरेको चलचित्र हो ‘सकुन्तला’ । ‘सकुन्तला’मा उनले एउटी सशक्त महिलाको भुमिका निर्वाह गरेका छन्। उक्त चलचित्रले अपेक्षाकृत ब्यापार भने गर्न सकेन ।

शुरूवाती जीवन
महानायक हमाल एक सम्पन्न परिवारमा जन्मिएका हुन् । उनका पिता नेपालका राजदूत थिए ।

राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।

rajesh hamal अभिनय यात्रा
सर्वप्रथम सन् १९८५ मा भारतको फेसन नेट म्यागजिन र सन् १९८६ मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश गरेका थिए । सुरुवात बाट नै उनको अभिनयले नेपाली दर्शकको मन जितेको थियो । पहिलो चलचित्र युग देखि युगसम्ममा काम गरे पछि उनी चलचित्र नगरीमा थप ब्यस्त बन्न थाले ।

बिस्तारै उनी यति ब्यस्त बने उनले एक एक वर्षमा औषत १०-१२ वटा सम्म चलचित्रहरूमा अभिनय गर्ने अवसर पाए । उनले एक वर्षमा १६ वटा सम्म चलचित्रमा अभिनय गरेका थिए ।

महानायक हमालले करिब १७० भन्दा धेरै चलचित्रहरुमा काम गरेका छन् । हमालले १ पाकिस्तानी चलचित्रमा समेत अभिनय गरेर आफुलाई चिनाएका थिए । आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् ।    Rajesh hamal & madhu Bhattarai

वैवाहिक जीवन
सन् २०१४ मा मधु भट्टराइसँग प्रेम विवाह गरेका हमाल पछिल्लो समय चलचित्र अभिनय भन्दा बढी समाजसेवा, म्युजिक भिडिया र स्टेज कार्यक्रममा देखिने गरेका छन् । एकसमय महानायक हमालको नाम सुन्दरी अभिनेत्रीको उपमा पाएकी अभिनेत्री करिष्मा मानन्धर संग जोडिएको थियो । उनका समयकस केही अभिनेत्रीहरु संग पनि यदाकदा उनको नाम जोडिने गरेको थियो ।

अन्तत अभिनेता हमालले सुनसरीको चकरघट्टी स्थायी घर भएकी मधु भट्टराईसंग प्रेम विवाह गरेका थिए । मधुलाई हमालले पहिलो पटक हयात रिजेन्सीमा भेटेका थिए । भेटपछि बिस्तारै उनीहरु एक अर्कासंग नजिक बन्दै गए ।

काठमाडौको लाजिम्पाटस्थित शंकर होटलमा महानायक हमालले स्वर्गीय आमाका गहना सेट मधुका लागि उपहार दिँदै बिहेको प्रस्ताव राखेका थिए । मधुले पनि महानायक हमालको प्रस्तावलाई सहर्ष स्वीकार गरेकी थिइन् ।                                                      Rajesh hamal

आफूभन्दा कम्तीमा २२ वर्ष कान्छी मधु भट्टराई संग महानायक हमालले हिन्दु परम्परा अनुसार बिहे गरेका थिए । सन् २००४ मा भएको लक्स ब्युटी स्टारमा मधु सहभागी हुँदा त्यसको निर्णायकमा अभिनेता हमाल पनि थिए । मोडलिङमा करिअर बनाउँदै गरेकी मधुले अभिनेता हमाल संगको सम्बन्ध पछि भने मोडलिङ क्षेत्रबाट नै टाढिएकी थिइन् ।

हमाल अभिनित मुख्य चलचित्रहरू
युगदेखि युगसम्म, बसन्ती, जीवनदाता, देउता, गोरेटो, द युगदेखि युगसम्म, ढुकढुकी, अर्जुन, अल्लारे, आफन्त, धर्मा, खान्दान, चमत्कार, अधिकार, सन्यास, दुलही, हामी तीन भाइ, सडक, चट्याङ, पृथ्बी, अपराध, परिभाषा, कवच, सपनाको नौलो संसार, राजनीति, अजम्बरी नाता, पालेदाई, किन किन, सपना, तडप, बरदान, छबिलाल कन्जुस छैन, दु:ख, आशीर्वाद, जंगवाज, को भन्दा को कम, प्रतिक्षा, संघर्ष, बाटूली, मैदान, करन अर्जुन, कर्णबीर, कर्म योद्दा, भगवान सबैको, स्वाभिमान, चोर सिपाही, मेरो राजेश दाई, बागमती , मुखाेैटा, सकुन्तला

Tags: Newsमधु भट्टराईराजेश हमालराजेश हमाल जन्मदिन
Previous Post

अन्तरजातीय प्रेमको कथामा ‘तिरस्कार’ (भिडियो)

Next Post

गीतकार मिनाको पहलमा क्यान्सर पिडितका लागि सहयोग जुट्दै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
गीतकार मिनाको पहलमा क्यान्सर पिडितका लागि सहयोग जुट्दै

गीतकार मिनाको पहलमा क्यान्सर पिडितका लागि सहयोग जुट्दै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।