BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘एक्लो-१’ को प्रचारमा फरक रणनीति: प्रदीप खड्काको टोली कलेज-कलेजमा साक्षात्कार गर्दै

विशेष अनलाइन by विशेष अनलाइन
पुस ९, २०८२, १०:१३ मध्यान्ह
in FEATURE, चलचित्र
‘एक्लो-१’ को प्रचारमा फरक रणनीति: प्रदीप खड्काको टोली कलेज-कलेजमा साक्षात्कार गर्दै
54
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रमै पहिलो पटक भित्रिएको ‘साइन्स फिक्सन’ (विज्ञान–कल्पना) विधाको चलचित्र ‘एक्लो-१’ को प्रचार शैली यतिबेला चर्चाको केन्द्रमा छ। हलिउड र बलिउडमा निकै रुचाइने यो विधालाई नेपालमा पहिलो पटक प्रयोग गर्दै वैज्ञानिक आविष्कार, अन्तरिक्ष यात्रा र भविष्यको परिकल्पनालाई यस चलचित्रमा उतारिएको छ। सार्वजनिक ट्रेलरले नै यसको फरक स्वादको संकेत दिइसकेको छ, जसका कारण दर्शकमाझ यसलाई लिएर ठूलो कौतुहलता छाएको छ।

मुख्यतः युवा तथा ‘जेनजी’ पुस्तालाई लक्षित गरिएको यस चलचित्रको निर्माण टोलीले आफ्नो प्रचार रणनीतिलाई पनि आधुनिक र शैक्षिक संस्थाहरू केन्द्रित बनाएको छ। विज्ञान र प्रविधिमा रुचि राख्ने युवा वर्गलाई हलसम्म तान्न निर्माण समूहका सदस्यहरू यतिबेला काठमाडौँका विभिन्न कलेजहरूमा पुगिरहेका छन्। विद्यार्थीहरूसँग प्रत्यक्ष साक्षात्कार गर्दै चलचित्रको विषयवस्तु र नेपाली सिनेमामा भित्रिएको नयाँ प्रविधिको बारेमा उनीहरूले जानकारी बाँडिरहेका छन्।

प्रचार अभियानकै क्रममा केही दिनअघि टोली मन्डीकाटारस्थित ‘गेट कलेज’ पुगेको थियो, जहाँ टुरिजम र हस्पिटालिटीका विद्यार्थीहरूले कलाकारहरूसँग अन्तर्क्रिया गरे। त्यस्तै, मंगलबार ललितपुरको ‘च्यापियन कलेज’ मा पुगेर पनि टोलीले आफ्नो उपस्थिति जनाएको छ। कलेज पुग्दा अभिनेता प्रदीप खड्का, अभिनेत्री कविता नेपाली र निर्देशक प्रदीप शाहीले विद्यार्थीहरूको प्रश्नको उत्तर दिँदै नेपाली चलचित्रमा भइरहेको यो नयाँ प्रयोगको आवश्यकतामाथि प्रकाश पारेका थिए।

आगामी १७ पुसबाट प्रदर्शनको तयारीमा रहेको यस महत्वाकांक्षी चलचित्रमा कलाकारहरूको जम्बो र प्रभावशाली टोली छ। प्रदीप र कविताका साथै दिग्गज कलाकारहरू विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी र सुरजसिंह ठकुरीलगायतकोकलाकारहरुको अभिनय रहेको छ। साथै, बेलायती अभिनेता जेमी बेकनको उपस्थितिले यस चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको समेत बनाएको छ।

एनआरएन समूहको लगानी रहेको यस चलचित्रका निर्माता स्वयं अभिनेता प्रदीप खड्का हुन्। परम्परागत प्रेमकथा र एक्सनभन्दा केही भिन्न हेर्न चाहने नेपाली दर्शकका लागि ‘एक्लो-१’ एउटा नयाँ अनुभव हुने दाबी गरिएको छ।

Previous Post

देशव्यापी सांगीतिक यात्रामा ‘कुमारी’ टोली: माघ १ देखि ६ सहरमा ‘लाइभ कन्सर्ट’ को धमाका

Next Post

निर्देशकको कुर्सि बाट अभिनयको यात्रा : ‘जिरो डिग्री’ मा अभिनेताका रूपमा देखिने राजन भुसाल

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
निर्देशकको कुर्सि बाट अभिनयको यात्रा : ‘जिरो डिग्री’ मा अभिनेताका रूपमा देखिने राजन भुसाल

निर्देशकको कुर्सि बाट अभिनयको यात्रा : 'जिरो डिग्री' मा अभिनेताका रूपमा देखिने राजन भुसाल

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।