BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सुन्दरहरैंचामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको भवन शिलान्यास सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
पुस ६, २०८२, ३:१२ मध्यान्ह
in FEATURE, चलचित्र
सुन्दरहरैंचामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको भवन शिलान्यास सम्पन्न
55
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशले आफ्नै स्थायी भवन निर्माणका लागि शिलान्यास कार्यक्रम सुन्दरहरैंचामा भव्य रूपमा सम्पन्न गरेको छ। महासंघका केन्द्रीय अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानको जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलिया स्थित फ्युचर कोलोनी एण्ड रियल स्टेट परिसरमा सम्पन्न भएको हो।

कार्यक्रमको संयोजन फ्युचर कोलोनी एण्ड रियल स्टेटका प्रबन्धक याम लामाले गर्नुभएको थियो। सो अवसरमा महासंघका लागि १ कट्ठा जग्गा उपलब्ध गराउने तथा उक्त जग्गामा एक तल्ले भवन निर्माण गर्ने प्रतिबद्धता फ्युचर रियल स्टेटले जनाएको छ।

शिलान्यास कार्यक्रममा चलचित्र, गीत–संगीत तथा कला क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नायक तथा निर्देशक गजित बिष्ट, निर्देशक सौगात बिष्ट, इन्द्र परियार, बिनोद पुडासैनी, पुष्प श्रेष्ठ, विजय सम्योग सुब्बा, सुरेन्द्र भुजेल, लाखमान योञ्जन, भिम लामा, सौगात रिजाल, श्रीकृष्ण लुइटेल ‘बोकेदारी’, मनोज दाहाल, जय चौधरी, जानकी चौधरी, हिमाल दाहाल, झोटन मेहता, सम्झना भट्टराई, गंगा कुँवर, गंगा गौतम आचार्य, उपेन्द्र राई, रञ्जु डाँगी सोनी लगायत कोशी प्रदेशभरिका चलचित्रकर्मी तथा कलाकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले यो अवसर आफूका लागि मात्र नभई सम्पूर्ण कोशी प्रदेशका चलचित्रकर्मीहरूका लागि ऐतिहासिक र स्मरणीय भएको उल्लेख गर्नुभयो। उहाँले महासंघलाई स्थायी थलो उपलब्ध गराउने फ्युचर रियल स्टेट परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्दै निर्माणाधीन भवनले प्रदेशका चलचित्रकर्मीहरूलाई साझा, व्यवस्थित र दीर्घकालीन केन्द्र प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजकका अनुसार भवन निर्माण परियोजना चरणबद्ध रूपमा अगाडि बढाइनेछ। भविष्यमा सोही जग्गामा चलचित्र छायांकन स्टुडियो तथा करिब १५० सिट क्षमताको सिनेमा हल निर्माण गर्ने दीर्घकालीन योजना समेत रहेको जनाइएको छ।

शिलान्यास कार्यक्रममा जन्मोत्सवको उत्साह, कलाकारहरूको एकता र भविष्यप्रतिको प्रतिबद्धता झल्किएको सहभागीहरूको भनाइ छ। उक्त कार्यक्रमसँगै कोशी प्रदेशको चलचित्र क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको अनुभूति गरिएको छ।

Previous Post

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

Next Post

चलचित्र ‘नाम्लो’को सहयोगबाट खाम्लिङ खानेपानी आयोजनाको सर्भे सुरु

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
चलचित्र ‘नाम्लो’को सहयोगबाट खाम्लिङ खानेपानी आयोजनाको सर्भे सुरु

चलचित्र ‘नाम्लो’को सहयोगबाट खाम्लिङ खानेपानी आयोजनाको सर्भे सुरु

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।