विशेष अनलाइन । चन्द्र पन्तको कथा, पटकथा र निर्देशन रहेको चलचित्र ‘आ बाट आमा’को सार्वजनिक टिजरले ४ दिनमै १३ लाखभन्दा बढी भ्यू पाउँदै युट्युबको ट्रेन्डिङ नम्बर २ मा पर्न सफल भएको छ। टिजरले परदेशिन लागेका छोराप्रति नेपाली बुबाआमाको माया, पीडा र भावनालाई अत्यन्त यथार्थ रूपमै प्रस्तुत गरेको छ।
टिजरमा अभिनेता पल शाह सिरानीमाथि पासपोर्ट राखेर घर छाड्ने तयारीमा देखिन्छन् भने उनका बुबा प्रदीप रावत र आमा बिपना थापा छोराको बिदाइका कारण रातभर रोइरहेको देखिन्छ। छोरा विदेश जाने अघिल्लो रात उनीहरू अनिदो हुँदै भावनामा डुबेका दृश्यहरुले दर्शकको ध्यान तान्न सफल भएको छ।
माघ १६ गते रिलिज हुने चलचित्रमा प्रदीप रावत, बिपना थापा र पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट,अंशु महर्जन, बेगम नेपाली लगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकारमा समाइरा थापा र शान अधिकारी रहेका छन् ।
आर्या इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अभिमन्यू निरवीले लेखेका हुन्। चलचित्रको को संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गरेका छन्।
चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन् । चलचित्रलाइ नवराज उप्रेतीले छायांकन गरेका हुन् भने कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखडाले गरेका छन्। गीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी र अभी सुनारले संगीत दिएका छन्। यस चलचित्रको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका हुन्। वितरणको जिम्मा आर आर फिल्म्सका लागि रोहित कट्टेल र रतन श्रेष्ठले लिएका छन्।









Discussion about this post