BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अभिमन्यु’को हिन्दी टिजरमा: रहस्य, दबाब र भावनात्मक संघर्षको मिश्रण

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर ९, २०८२, ८:३३ मध्यान्ह
in FEATURE, चलचित्र
अभिमन्यु’को हिन्दी टिजरमा: रहस्य, दबाब र भावनात्मक संघर्षको मिश्रण
85
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘अभिमन्यु’को हिन्दी संस्करणको टिजर सार्वजनिक भएको छ, जसले दर्शकहरूमाझ ठूलो कौतुहल जगाएको छ। १ मिनेट ४० सेकेन्ड लामो यो टिजरले चलचित्रको सस्पेन्स-थ्रिलर कथावस्तुलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। कथामा प्रेम, रहस्य, अपराध, र मनोवैज्ञानिक द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको छ। पैसाको लागि गरिएको अपहरणको योजना र त्यसको छानबिनमा जुटेको प्रहरीको अनुसन्धानलाई टिजरको केन्द्रमा राखिएको छ ।

टिजरको अर्को महत्त्वपूर्ण पक्ष यसको हिन्दी स्वरांकन हो, जुन निकै प्रभावशाली बनेको छ। अभिनेता कामेश्वर चौरासियाले निभाएको मुख्य पात्रलाई सुपरहिट चलचित्र ‘केजीएफ’को हिन्दी भर्सनमा आवाज दिने चर्चित भ्वाइस आर्टिस्ट सचिन गोलेले आफ्नो दमदार आवाज दिएका छन्। स्वरांकनको क्रममा गोलेले निर्माण टिमको मिहिनेतको प्रशंसा गर्दै चलचित्र उत्कृष्ट बनेको विश्वास व्यक्त गरेका थिए, जसले हिन्दी भाषी दर्शकहरूलाई पनि ‘अभिमन्यु’ प्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।

चलचित्र ‘अभिमन्यु’ आगामी मंसिर १८ गतेबाट नेपाली र हिन्दी गरी दुवै भर्सनमा एकैसाथ प्रदर्शनमा आउँदैछ। यसमा कामेश्वर चौरासियासँगै लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, किरण श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो चलचित्र संगीतकारको रूपमा ख्याति कमाएका सुशान्त गौतमको निर्देशनमा बनेको हो। चलचित्रको पटकथा मुकेश खनालले लेखेका हुन् भने छायांकन शरद महतोले गरेका हुन् ।

चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। निर्माता विनोद पौडेलको अघिल्लो चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बक्स अफिसमा ऐतिहासिक कीर्तिमान बनाएको थियो। रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माताको रूपमा रहेका छ्न् । चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, र मदन घिमिरेको सम्पादन रहेको छ ।

Previous Post

चलचित्र ‘अभिमन्यु’ को गीत ‘मरौ ज्यानले’ ले पायो ५ लाख भन्दा बढी भ्युज

Next Post

चलचित्र ‘परालको आगो’ को ४० दिनमा सकियो छायाङ्कन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

बैशाख १४, २०८३, ४:२८ मध्यान्ह
नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

बैशाख १४, २०८३, ३:३४ मध्यान्ह
के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

बैशाख १४, २०८३, २:४३ मध्यान्ह
इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
Next Post
चलचित्र ‘परालको आगो’ को ४० दिनमा सकियो छायाङ्कन

चलचित्र 'परालको आगो' को ४० दिनमा सकियो छायाङ्कन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
0

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
0

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

by विशेष अनलाइन
बैशाख १४, २०८३, ४:२८ मध्यान्ह
0

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

by विशेष अनलाइन
बैशाख १४, २०८३, ३:३४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।