BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सुपरहिट फ्रेन्चाइजको निरन्तरता: मुस्ताङमा ‘कबड्डी ५’ को छायाङ्कन तीव्र

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक १२, २०८२, ९:५२ मध्यान्ह
in FEATURE, चलचित्र
सुपरहिट फ्रेन्चाइजको निरन्तरता: मुस्ताङमा ‘कबड्डी ५’ को छायाङ्कन तीव्र
74
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली कथानक चलचित्रको सर्वाधिक सफल फ्रेन्चाइज ‘कबड्डी’ को पाँचौँ संस्करणको छायाङ्कन यतिबेला मुस्ताङको थासाङ गाउँपालिकास्थित थाक सात सय क्षेत्रमा तीव्र गतिमा भइरहेको छ। बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रले मुस्ताङको थकाली कला, संस्कृति, रहनसहन, परम्परा, वेशभूषा र सामाजिक चरित्रलाई मुख्य कथावस्तुमा समेटेको निर्माता कम्पनीले जनाएको छ।

निर्माता मणिराम पोखरेलका अनुसार, यसअघिका लगातार चार संस्करण पनि सोही स्थानमा छायाङ्कन भएकाले थकाली कथावस्तुको मौलिकता र स्थानीय समुदायको प्रेमले गर्दा पाँचौँ संस्करणको छायाङ्कनलाई पनि यही क्षेत्रमा निरन्तरता दिइएको हो। गत असोज २६ गते मुक्तिनाथ मन्दिरमा शुभारम्भ गरिएपछि ‘कबड्डी ५’ को छायाङ्कन थासाङका कोवाङ, नाउरीकोट, लार्जुङ र टुकुचेलगायत स्थानमा भइरहेको छ।

रामबाबु गुरुङको निर्देशन रहेको यस चलचित्रको कथावस्तुमा थकाली संस्कृतिमा आधारित ‘काजी’ को जीवनमा आइपर्ने आरोहअवरोहलाई विशेष महत्त्व दिइएको सहनिर्देशक सोमनाथ खनालले जानकारी दिए। चलचित्रका मुख्य पात्र दयाहाङ राई काजीको भूमिकामा रहेका छन्, भने नायकको भूमिकामा वीरकाजी शेरचन रहेका छन्।

‘कबड्डी ५’ मा पुराना कलाकारहरूका साथै केही नयाँ कलाकारहरूको पनि संग्लनता रहेको छ। चलचित्रमा दयाहाङ राईका साथै बुद्धि तामाङ, विजय बराल, रेश्मा गुरुङ (मैयाँ), अरुणा कार्की, कमलमणि नेपाल, विपिन कार्की, पुस्कर गुरुङ, कविता आले, सृजना गुरुङ, शिशिर वाङ्देल, विष्णु मोक्तान र प्रमिला राई लगायतका कलाकारहरूको अभिनय रहनेछ।

निर्देशक रामबाबु गुरुङ र निर्माता पोखरेलका अनुसार, लगातारको छायाङ्कनका कारण मुस्ताङको यो क्षेत्र चलचित्रकर्मीका लागि ‘आफ्नै परिवार’ जस्तै बनिसकेको छ। सुरुवाती चरणभन्दा कबड्डी ५ सम्म आइपुग्दा सडक यातायात सहज हुनु र झन्डै १०० भन्दा बढी जनशक्ति परिचालन हुँदा पनि स्थानीय समुदायले गरेको मायाप्रेम र स्नेहले छायाङ्कन कार्यमा निकै सहजता आएको छ।

काजीकी आमाको भूमिकामा रहेकी कलाकार अरुणा कार्कीले मुस्ताङमा कबड्डीको निरन्तर छायाङ्कन हुनुलाई दर्शकको माया र यहाँका समुदायको विश्वासको प्रतिफल बताएकी छन्। यस्तै, मैयाँको भूमिकामा रहेकी रेश्मा गुरुङले यहाँको नाउरीकोटमा ‘मैयाँको होटल’ भनेर परिचित हुनुमा गर्व व्यक्त गर्दै यो फ्रेन्चाइजले पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन्।

Previous Post

चलचित्र ‘होस्टेल ३’ को भारतमा ऐतिहासिक सफलता: भारतमा मनायो ५१ दिन

Next Post

‘हिमालयन गोल्ड’ को घोषणा, नोभेम्बरबाट छायाङ्कन सुरु

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
‘हिमालयन गोल्ड’ को घोषणा, नोभेम्बरबाट छायाङ्कन सुरु

'हिमालयन गोल्ड' को घोषणा, नोभेम्बरबाट छायाङ्कन सुरु

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।