BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक: बालगायक अशोक दर्जीको ‘जिरोदेखि हिरोसम्म’को कथा

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक १२, २०८२, ९:३४ मध्यान्ह
in FEATURE, चलचित्र
‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक: बालगायक अशोक दर्जीको ‘जिरोदेखि हिरोसम्म’को कथा
71
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । बालगायक अशोक दर्जीको संघर्षमय र प्रेरणादायी जीवन यात्रामा आधारित बहुप्रतिक्षित चलचित्र ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर हालै युट्युबमा सार्वजनिक भएको छ। ३ मिनेट १३ सेकेन्ड लामो उक्त ट्रेलरमा दर्जीको वास्तविक जीवनका उतारचढावलाई प्रमुखताका साथ देखाइएको छ। सडकको किनारमा बसेर गीत गाउँदै बटुवाहरूसँग सहयोग माग्ने एक सानो बालकले कसरी सांगीतिक सफलताको शिखर चुम्छ भन्ने हृदयस्पर्शी कथाचलचित्रको मूल आधार हो।

ट्रेलरमा देखाइएअनुसार, एक मनकारी व्यक्तिले उनलाई आश्रय दिएर पढाइका साथै गायन करियरमा समेत मलजल गरेको र समयको क्रममा उनी आफ्नो प्रतिभाले गर्दा देशकै लोकप्रिय गायकको रूपमा स्थापित भएको देखाइएको छ।

यो चलचित्र गायक तथा संगीतकार टङ्क बुढाथोकीको पहिलो निर्देशकीय फिचर हो, जो स्वयं अशोक दर्जीको सांगीतिक यात्राको संरक्षक पनि हुन्। चलचित्रको कथा र संगीत निर्देशन पनि बुढाथोकीकै रहेको छ। निर्माता पक्षले यो चलचित्रलाई ‘हिरोदेखि जिरोसम्मको कथा’ भनेका छन्, जसले दर्जीको जीवनमा आएको आमूल परिवर्तनलाई सङ्केत गर्छ।

ट्रेलरले अशोक दर्जीको व्यक्तिगत संघर्षका साथै काठमाडौँमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रहरूको दैनिक संघर्ष, सपना र पैसाको अभावमा विदेशिनुपर्ने बाध्यताको यथार्थलाई पनि कलात्मक ढंगले प्रस्तुत गरेको छ। यसमा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतका अनुभवी र लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रको कार्यकारी निर्मातामा मिनु शर्मा छिन् भने जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता रहेका छन्। चलचित्रका लागि शिवम् अधिकारीले पटकथा तथा संवाद लेखन गरेका छन्।

अशोक दर्जीले पहिलो पटक गाएको चर्चित गीत ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ को बोलबाटै चलचित्रको शीर्षक राखिएको हो, जुन गीतले उनको जीवनमा ठूलो परिवर्तन ल्याएको थियो। अशोक दर्जीको यो प्रेरणादायी कथाले दर्शकलाई ठूलो ऊर्जा र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतिक्षित चलचित्र ‘मनबिनाको धन’ यही २१ कात्तिक बाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनका लागि आउँदैछ।

Previous Post

‘परान’ को प्रवर्द्धनका लागि पूजा चन्द नेपालमा,काकुले गरे स्वागत

Next Post

चलचित्र ‘होस्टेल ३’ को भारतमा ऐतिहासिक सफलता: भारतमा मनायो ५१ दिन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

चैत्र २६, २०८२, ९:५० मध्यान्ह
Next Post
चलचित्र ‘होस्टेल ३’ को भारतमा ऐतिहासिक सफलता: भारतमा मनायो ५१ दिन

चलचित्र ‘होस्टेल ३’ को भारतमा ऐतिहासिक सफलता: भारतमा मनायो ५१ दिन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
0

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।