विशेष अनलाइन । अभिनेत्री पूजा चन्द आफ्नो आगामी चलचित्र ‘परान’ को प्रवर्द्धनका लागि सोमबार बिहान काठमाडौं आइपुगेकी छन्। अमेरिकामा बसोबास गर्दै आए पनि चन्दलाई आफूले अभिनय गरेका चलचित्रको प्रचार-प्रसारमा भने निकै व्यस्त रहन्छिन्।
पछिल्लो पटक ‘भूठान’ मा देखिएकी चन्दको नयाँ चलचित्र ‘परान’ यही शुक्रबारदेखि प्रदर्शनको तयारीमा छ। सोही चलचित्रको प्रचार गर्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्, जहाँ उनलाई चलचित्रका निर्देशक दीपक आचार्य ‘काकु’ ले स्वागत गरे।
‘परान’ चलचित्रमा चन्दले अभिनेता नीर शाहको पत्नीको भूमिका निर्वाह गरेकी छिन्। शाहले मुख्य भूमिकामा रहेर अभिनय गरेको यो चलचित्रले मुख्यगरी अभिभावक र सन्तानबीचको भावनात्मक र स्नेहपूर्ण कथावस्तुलाई दर्शकमाझ प्रस्तुत गर्नेछ।










Discussion about this post