इटहरी / नेपालमा कोरोना भाइरसले महामारीको रुप लिए पछी बिभिन्न कलाकारहरुमा सहयोगमा जुटिरहेका छन् ।
यसै बिच अभिनेता पुष्प खड्काले पनि कोरोना संक्रमित भएर अक्सिजन आवश्यक परेकाहरुका लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन् । उनले, आफ्नो जन्मस्थान अर्थात कैलालीको मैनादेवी फाउन्डेशनसँग सहकार्य गरेर अक्सिजन सहयोग गरेका हुन् ।
अभिनेता खड्काले यो समयमा सबैले आ आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए समेत बताएका छन् ।
उनले, आफू सहयोगका लागि सधै तयार रहेको बताउँदै आगामी दिनमा पनि आफूले सक्ने सहयोग जारी राख्ने बताएका छन् । म्यूजिक भिडियो हुदै फिल्म अझै पनिबाट नेपाली फिल्म क्षेत्रमा उदाएका अभिनेता खड्काले पछिल्लो समयमा आफूलाई कलाकारका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन्।
Discussion about this post