विशेष अनलाइन । दशैंको फूलपातीमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः स्थगित भई नयाँ मिति तय गरिएको छ। निर्माण टिमले आइतबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार फिल्म अब असोज २४ गतेदेखि हलमा प्रदर्शन हुने भएको हो।
यसअघि जेनजी आन्दोलनका कारण १३ असोजमा निर्धारित प्रिमियर रोकिएको थियो। त्यसपछि फूलपातीलाई लक्ष्य गरी रिलिज गर्ने भनिए पनि वितरक र प्रदर्शकको आग्रहअनुसार सो मितिबाट पछि हटिएको हो।
निर्धारित नयाँ मिति असोज २४ मा यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जनाइएको छ। सो मितिमा अन्य कुनै नेपाली फिल्मले प्रदर्शन घोषणा नगरेकाले ‘अभिमन्यु : च्याप्टर १’ ले एकल प्रतिस्पर्धा पाउने सम्भावना छ।
सुशान्त गौतम निर्देशित फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल प्रमुख भूमिकामा छन्।
निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता हुन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।










Discussion about this post