BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

को हुन् ‘कोशेढुंगा’मा सुरक्षाको अपोजिटरमा रहेका कलाकार ?

विशेष अनलाइन by विशेष अनलाइन
साउन २९, २०८२, ९:१० मध्यान्ह
in FEATURE, चलचित्र
को हुन् ‘कोशेढुंगा’मा सुरक्षाको अपोजिटरमा रहेका कलाकार ?
71
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक सिनेमा हो । महिला चरित्रले यो सिनेमा लिड गर्नेछ । यसको थिम पोस्टरले नै यो संकेत गरिसकेको थियो ।

पोस्टर र गीतले पनि यसलाई प्रष्ट पारिसकेको छ । सुरक्षाको अपोजिटमा को छ ? पोस्टर र टिजरमा सुरक्षाको अपोजिटमा को छ भन्ने देखाइसकेको छ ।

निर्माण टिमले केही दिन अगाडि सार्वजनिक गरेको प्रेमिल गीत ‘भंगेरा भगेरी’सार्वजनिक गरेको थियो । त्यसअघि ‘नत्र भने जिन्लगी व्यर्थ छ’ सार्वजनिक भएको थियो । जुन गीत अहिले टिकटकमा हिट छ । यी दुवै गीतमा सुरक्षाको अपोजिटमा नयाँ अनुहार देख्न सकिन्छ ।

त्यो नयाँ अनुहार मन्जिल कुमारको हो । जसले ‘कोशेढुंगा’मा सुरक्षाको जोडी भएर स्क्रिन सेयर गर्दैछन् । केही नाटकमा अभिनय गरेका उनले यो चलचित्रमा लिड रोलमा काम गरेका छन् । गाउँले भूमिकामा उनी फिट देखिएका छन् । होल सिनेमामा भने उनले कति स्क्रिन अकुपाई गर्छन् र कस्तो पफर्मेन्स गर्छन्, त्यो भने सिनेमा रिलिज भएपछि नै थाहा हुनेछ ।

केही सीमित सट र पोस्टरबाट अहिले नै उनको अभिनयको मूल्यांकन गर्न कठिन हुन्छ । चितवनका मन्जिल कुमार ‘कोशेढुंगा’बाट उनले अभिनयमा करियर खोज्ने प्रयास गरेका छन् ।

“अभिनयमा रुचि रहेको अवस्थामा मैले राम्रो कथा र टिम पाएँ, त्यसैले यो चलचित्रमा अभिनय गरेँ,” मन्जिल भन्छन्, “ऐतिहासिक सिनेमाका निर्देशक र अब्बल र अनुभवी कलाकारसँग काम गर्न पाएँ, यो मेरा लागि ठूलो मौका हो ।”

आफूले दर्शकलाई नबिजाउने खालको अभिनय गरेको उनको दाबी छ । अनुभवी र सफल निर्देशक तथा कलाकारसँग आफूले सहकार्य गर्ने मौका पाएको बताउँदै उनले सक्दो प्रयास गरेका बताए ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदै छ ।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको यो चलचित्र ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त र मन्जिल कुमारसँगै आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् ।

बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ ।

पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।

Previous Post

आर्यन र नीतिको प्रेम झल्किने ‘कोशेढुंगा’को नयाँ पोस्टर सार्वजनिक

Next Post

‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध, फागुन १५ मा प्रदर्शन हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध, फागुन १५ मा प्रदर्शन हुने

‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध, फागुन १५ मा प्रदर्शन हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।