विशेष अनलाइन । अभिनेता तथा निर्देशक आशान्त शर्माको निर्देशनमा बनेको नेपाली चलचित्र ‘ताराहरू’ यही भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ।सोमबार सार्वजनिक गरिएको पोस्टरमार्फत निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति औपचारिक रूपमा सार्वजनिक गरेको हो। पोस्टरमा देखिएको दृश्यले चलचित्रको कथावस्तु गहिरो भावनात्मक संघर्षमा आधारित रहेको संकेत गर्छ।
पोस्टरमा देखिएका आशान्त शर्माको अनुहार अशान्त, अस्थिर र मानसिक द्वन्द्वमा परेको देखिन्छ भने उनीसँगै देखिएकी अभिनेत्री मेनुका प्रधानको उपस्थितिले कथा अझ रहस्यमय बनाएको छ। चलचित्र ‘ताराहरू’ राजधानीको निम्न मध्यमवर्गीय परिवारको वास्तविकता र भावनात्मक जीवन सङ्घर्षको चित्रण हो। निर्देशक शर्माका अनुसार, यो कथा यथार्थ र संवेदनाले भरिएको छ, जुन आम दर्शकसँग गहिरो सम्बन्ध बनाउनेछ।
चलचित्रमा कुन्दुन शाक्य, मिरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोदबाबु, विकास खनाल जस्ता कलाकारहरूको अभिनय देख्न सकिनेछ। गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीद्वारा निर्मित चलचित्र वेज प्रालिको ब्यानरमा निर्माण गरिएको हो।









Discussion about this post