विशेष अनलाइन। दश वर्षदेखि मोडलिङमा सक्रिय मोडल अञ्जना पुन अब चलचित्रमा अभिनय गर्ने भएकीछिन्। उनी नेपाली चलचित्र ‘यानीमाया’ मार्फत डेब्यु गर्न लागेकी हुन्।
चलचित्रको निर्माण चर्चित अभिनेता पल शाह ले आफ्नै ब्यानर ‘पल शाह फिल्म्स’ बाट गर्न लागेका छन्। यो चलचित्र उनको पहिलो निर्माण परियोजना हो।
अञ्जना पुन मोडलिङ क्षेत्रमा परिचित नाम हुन्। उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ का उपाधि जितिसकेकी छन्। साथै, उनी ‘मिस नेपाल २०२४’ की प्रतिस्पर्धी थिइन् जहाँ उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ का ताज जितेकी थिइन्।
उनले ‘बधाई तिमीलाई’, ‘ना छोएर यौवन काटियो’, ‘मायालाई पाको पात’, ‘१०० प्रतिशत सही हो’, ‘आगो लाग्यो’ र ‘आँखैले बोलन’ जस्ता गीतहरूमा अभिनय गरिसकेकी छन्। तीमध्ये केही भिडियोमा पल शाहसँगै उनी देखिएकी छन्।
विकास सुवेदी को लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘यानीमाया’ पारिवारिक कथामा आधारित रहनेछ । चलचित्रको छायांकन साउन महिनाबाट सुरु गर्न लागिएको हो । चलचित्र बागलुङको ढोरपाटन र हङकङ का सुन्दर स्थानहरूमा चलचित्रको छायांकन गरिनेछ। चलचित्रमा निर्माता पल शाहलाई चन्द्रज्योति आलेले साथ दिनेछिन्।
Discussion about this post