विशेष अनलाइन। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना (अधिकारी) चलचित्र निर्देशन गर्ने भएकी छिन् । चलचित्र ‘सुख दुःख’ बाट नीताले निर्देशनमा डेब्यु गर्न लागेकी हुन् ।
शनिबार नीताले चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्देशनमा डेब्यु गर्ने घोषणा गरिन् । पोस्टरमा उनको नाम ‘निर्देशक’ को रूपमा उल्लेख गरिएको छ । चलचित्र अर्को वर्षको दसैँको अवसरमा रिलिज गरिने बताइएको छ ।
नीता फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्रको कलाकार चयन अझै टुंगो लागेको छैन । अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ । यसअघि नीताले एक ह्रस्वदीर्घ चलचित्र निर्माण गरिसकेकी छन् ।
‘मितिनी’ चलचित्रबाट बाल कलाकारको रूपमा अभिनय सुरु गरेकी नीताले ५० भन्दा बढी नेपाली चलचित्रमा काम गरिसकेकी छन् । अब भने उनी निर्देशन मार्फत नयाँ अध्याय सुरु गर्न लागेकी हुन् ।
Discussion about this post