इटहरी / चलचित्र ‘चिसो मान्छे’ को छायांकन सम्पन्न भएको छ । फागुन १७ गतेबाट सुरु भएको चलचित्रको छायांकन शनिवारबाट सम्पन्न गरिएको निर्देशक दीपेन्द्र के खनाल जानकारी दिए ।
चलचित्रको छायांकनमा २७ दिन लागेको निर्देशक खनालको भनाई थियो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य भूमिका रहेको छ । स्वस्तिमा र अर्पणको अलावा चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारलाई देख्न सकिने छ ।
शर्मिला पाण्डेको लगानीमा निर्माण भएको चलचित्रको कथा, पटकथा, संवाद र छायांकन निर्देशक खनाल स्वयंले गरेका हुन् ।
आउँदो भदौ ११ गते प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘चिसो मान्छे’ मा लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्याउँदाको कथालाई समेट्ने प्रयास गरिएको छ ।
Discussion about this post