विशेष अनलाइन । नेपालको पहिलो साइन्स फिक्सन भनिएको फिल्म ‘एक्लो’ ले प्रचारप्रसारलाई तीव्र बनाउँदै नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। ताजा रूपमा, फिल्म युनिटले नायिका दिया पुनको पोस्टर सार्वजनिक गर्दै उनको भूमिका ‘एस्ट्रोनट’ भनेर चिनाएको छ।
निर्देशक प्रदीप शाहीले निर्देशन गरेको यो बहुप्रतिक्षित फिल्मले यसअघि पनि विभिन्न पात्रहरूको लुक्स क्रमशः सार्वजनिक गरिसकेको छ। आमाको मुख हेर्ने दिनको अवसर पारेर, सगरमाथा आरोहण गरेकी दियालाई समर्पित गर्दै उनको विशेष लुक्स सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, कृष्णभक्त महर्जन, विकास अधिकारी लगायतका चर्चित कलाकारहरू पनि देखिनेछन्।
राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुनको लगानी रहेको फिल्ममा विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता हुन्। वावु श्रेष्ठको छायांकन रहेको फिल्ममा, राजु तामाङले एक्सन निर्देशन, राजु पेन्टरले सेट डिजाइन र सन्तोष लामाले कला निर्देशन सम्हालेका छन्।
Discussion about this post