विशेष अनलाइन । फिल्म ‘तीनतारा’को छायांकन सम्पन्न भएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध र परिवर्तनको कथा प्रस्तुत गरिने छ ।
जीवन दाहालको डेब्यु निर्देशन रहेको फिल्ममा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नवीनचन्द्र अर्याल, सविन भट्टराई, भरत कार्की, सुष्मा निरौलामुख्य कलाकारहरूमा घनश्याम जोशी, उत्तम पाण्डे, दिपेन्द्र शाही, सबिन भट्टराई, नविन चन्द्र आर्याल, अशोक गौतम, मोहन राई, सन्जिप योगी, बेदना राई, रुपेश लामा, सुनिल तामाङ, डेभिड बिष्ट , सन्तोष सरकार, सुस्मा निरौला, गोपाल कृती, रस्मी विश्वकर्मा, अम्शु कार्की, प्रलाद खत्री, संस्कृती कार्की, श्रवण राणा मगर, ललिता विश्वकर्मा, रोजिका नेपाल, भरत कार्की, , विकास श्रेष्ठ, प्रदीप दाहाल, देवेंद्र यादव, अमृत काउचा, जयराम ढकाल, रस्मी थापा, समुन तिमलसिना , हिमाल निरौला , करण प्याकुरेल , आसिस पुरी , जिवन दाहाल लगायतको अभिनय छ ।
उत्तम पाण्डे, नविन चन्द्र आर्याल, अशोक गौतम , दिपेन्द्र शाही, सबिन भट्टराइ फिल्मका कार्यकारी निर्माता हुन् ।
माउण्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक दाहाल आफैँले लेखेका हुन् । कथाले मित्रताको महत्व, जीवनका उतारचढाव र समयले ल्याउने परिवर्तन देखाइने छ । छायाँकार पवन सिग्देल रहेको फिल्मको पोस्ट–प्रोडक्सनको काम आरपी प्रोडक्सन्सले गर्ने जनाइएको छ । फिल्मको सम्पादन जीवन दाहालले गर्ने छन् । प्रदर्शन मिति चाँडै घोषणा गर्ने बताइएको छ ।
Discussion about this post