विशेष अनलाइन । प्रदीप शाहीले निर्देशन गरिरहेको चलचित्र ‘एक्लो’को छायाङ्कन रोकिएको छ। मुस्ताङको कागबेनी क्षेत्रमा छायाङ्कन भइरहेको सेट बाढीले बगाउँदा चलचित्रको छायाङ्कन रोकिएको हो । कार्यकारी निर्माता विनोद सुवेदीले बाढीले सेटमा क्षति पुर्याउँदा आर्थिक नोक्सान भएको बताएका छन् ।
लोमान्थाङ गाउँपालिकामा छायांकनपछि अहिले कागबेनी क्षेत्रमा छायांकन भइरहेको थियो । ४० लाख मूल्य बराबरको सेट बनाएर चलचित्रको छायांकन भइरहेको जनाइएको छ । एक साता रोकिएको छायाङ्कन सेटको पुननिर्माणपछि पुनः सुरु भएको सुवेदीले जनाए ।
यस चलचित्रमा प्रदीप खड्का, जेमी बेकन, वेनिशा हमाल, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, कविता नेपाली लगायत कलाकारहरुको अभिनय रहेको छ ।मुस्ताङमा चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ । जसमध्ये १० प्रतिशत छायांकन काठमाडौंमा गर्ने तयारी छ ।
Discussion about this post