विशेष अनलाइन । लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको चलचित्र ‘कल्ली’मा अभिनेताहरु अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन् । केही दिनअघि अभिनेताहरु अर्पण बुद्धि र कमलमणिलाई चलचित्रमा अनुबन्धित गरिएको निर्देशक सुनारले जानकारी दिए ।
पौराणिक कथामा बन्न लागेको चलचित्रको प्रस्तुतकर्ता किरण नेपाली हुन् ।चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन तिहारपछि सुरु हुने भएको छ ।
चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । चलचित्रको छायांकन अघिनै आगामी चैत्र २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
Discussion about this post